युवा बर्गलाई लक्षित गर्दै निर्माण गरिएको चलचित्र 'कोही... मेरो' मा कथा नलम्बिदा निर्देशक आलोक नेम्वाङ्गको व्यथाहरु चलचित्रमा प्रष्टरुपमा झल्केको देख्न पाईन्छ ।कपि मुभि भएतपानि पहिलो चलचित्र सानो संसारलाई जसरी उनले निर्माण गरेका थिए उनको दोस्रो चलचित्रमा कथाको अभावमा धैरै ठाँउमा कमजोरीहरु देख्न पाईन्छ । चलचित्रको कथा प्रविण अधिकारी र आलोकले लेखेका हुन । सम्भावना बोकेका निर्देशकको संज्ञा पाएका आलोकले पहिलो परीक्षाबाट जसरी सफलता हासिल गरेर एउटा उचाई बनाएका थिए दोस्रो चलचित्रबाट उनको उचाई नघट्ला भन्न सकिने अवस्था छैन् ।
तीनजना साथी बीचको सामान्य कथा...
बोकेको चलचित्र'कोही...मेरो'को पहिलो भागमा जसरी आलोकले चलचित्रलाई अगाडी बढाएका छन् दोस्रो भागमा उनी हराउदै गएको देख्न सकिन्छ । रियल लाईफकी घनिष्ट साथी झरना बज्रचार्यको भूमिका कथामा केही आवश्यक भएपनि उनलाई हतार गरेर चलचित्रमा देखाईन खोजिनु निर्देशकको प्रमुख कमजोरी हो जस्तो लाग्छ ।जस्तै अति मिल्ने साथी प्रयास (सुवास थापा),अभि(आर्यन सिग्देल)र आस्ना(संञ्चिता लुइटेल)घुम्नका लागि जोमसोम गएका हुन्छन् तर बाटोमा "बेनीको बजार धिरे मिरे जाली रुमाल "भन्ने गीतमा झरना बज्रचार्यलाई देखाइएको छ जुनकी कुनै पनि एंगलबाट उनलाई त्यहाँ राख्नु पर्ने आवश्यक्ता देखिदैन । दर्शक यहिँ स्थानमा झुक्किन सक्कछन् झरना किन त्यहाँ भनेर ? किन कि पछी त्यही झरना आर्यनको मिल्ने साथी भएको चलचित्रमा देखाईएको छ ।
मुभिज डटकमको ब्यानरमा निर्माण गरिएको यस चलचित्रको सागीतिक पक्ष भने उत्कृष्ट छन् ।सुरेश अधिकारी, बसन्त सापकोटा तथा सुरेश र्राईले दिएको संगीत पक्षमा कहीँ कमेन्ट गर्ने ठाउँ छैन् ।दर्शकहरू गीतमा यति भिज्छनन् कि फिल्म सकिएपछी दर्शकहरू गीत गुनगुनाउदै घर सम्म पनि पुग्न सक्छन् । निर्देशक स्वयम आफै कोरियोग्राफर भएकाका कारण गितअनुसारको कोरियोग्राफी राम्रै मान्न सकिन्छ । चलचित्रका सवै गीतमा आलोकलेनै कोरियोग्राफी गरेका छन् । यध्पी नायक आर्यनले अन्य चलचित्रमा दिएको पूरानो स्टेपहरु यस चलचित्रमा पनि देख्न पाईन्छ ।
आर्यन अभिनयमा पूर्ण रूपले डुबेकाले उनको अभिनय पक्ष राम्रो रहेको छ । यध्पी सपिङ्ग गर्न संञ्चिताले आर्यनलाई लगेको समयमा कुनै एक रेष्टुरेन्टमा आर्यनले बोलेको ल्याङग्वेज पूर्ण रूपमा आलोकको जस्तो लाग्छ । संञ्चिताले कुनै केटालाई आफुले मन पर्राईरहेको छु भन्ने कुरा आर्यनलाई भनेपछी सो समयमा आर्यनले फर्काएको अग्रेजी उत्तर "आई थिकं आई नो हिम" त्यो शब्द र बढी ल्याग्वेज ठ्याक्की आलोकको छ । ल्याङ्गवेजलाई कमजोरी नमानिएतापनि निर्देशकको स्र्टाईल एक्कासी कलाकारहरूले पकड्दा के मा के नमिलेको जस्तो भान हुन्छ ।
कोही मेरोमा आर्यनका कामहरू सवै राम्रो भएपनि उनले ब्यक्तिगत रूपमा केही कुराहरू तुरून्त सुधार गर्नु पर्ने देखिन्छ । जस्तै स्वीमिङ्ग पुलको एउटा गीतमा आर्यन अर्ध नग्न हुन्छ तर त्यो अर्धनग्न संगै उनको छाति र काखीमा देखिएका रौहरूले दर्शकलाई खल्लो बनाउन सक्दछ् । हेयर रिमुभ गरेर उनले त्यो गीत सुट गरेको भए उनको शरिर पनि अझ आकर्षक देखिन सक्थ्यो । एउटा पुरूष र महिला,साथी त हुन सक्छन् तर घनिष्ट भने कहिलै हुन सक्दैनन् भन्ने कटु यथार्थ कुरा चलचित्र'कोही...मेरो'मा देखाईन खोजिएको छ।