
मेरो जीवन यात्रा
समयको रफ्तार अनी गति सगै जीवन यात्राको पनि त्यतिनै गतिशिल अनी परिवर्तनशिल हुदो रहेछ अनी जिन्दगिका हरेक मोडहरु पनि आफ्नै गन्त्ब्यमा अगाडि बढीरहदो रहेछ। शायद तेसैले होला "यात्रा रहेछ जिदगी एक्लै म हिडि दिन्छु" यो गीतको भावले पनि यहिनै कुरालाई समेटेको जस्तो भान हुन्छ।
जिन्दगीका हरमोड-हरक्षण अनी हरपलमा जीवन यात्राका क्रममा आइ पर्ने सङ्घर्ष
र कठिनाईहरु सँग पनिसामाना गर्दै अघी बढन वाध्य हुनुपर्दोरहेछ।
न चाहदा-नचाहदै पनि आफ्नो जन्मभुमी अनी घरपरिवार,साथी सङी सबै छोडेर बिदेशी भुमिमा एक्लै तड्पिएर बाच्नुपर्ने बाध्यता आइपर्दो रहेछ।अनी जिन्दगीले सोचेको र चाहेकोजस्तो न भएपनी एउटा झिनो आशा लिएर जीवन यात्रालाई निरन्तर अगाडी बढाउन वाध्यवस बन्नुपर्दो रहेछ...
ईन्डिया
सर्बप्रथम जीवन यात्रा ईन्डिया को दार्जीलिङ, शिक्किम,शिलोङ,देल्ली अनी मुम्बईबाट सुरुवात भएर मलेशिया र अन्त्यमा साउदीअरेबियाको मरुभुमिमा आएर अहिले सम्मलाई यहिनै थोरै-धेरै जे-जस्तो कमाएतापनी मेरो जीवनको कर्म थलो झै बनेको छ। मेरो मात्रै हैन यो मरुभुमी म जस्ता लाखौं नेपाली दाजु-भाइहरु अनी दिदी बैनीहरुको पनि यो कर्मथलो अनी जिन्दगीको साहारा बनेको छ। कती नेपाली आमाका सन्तानहरुले यहाँ आफ्नो त्याग र जिन्दगीको बलिदान दिएपनी आफुले भनेको जस्तो आय-आर्जन गर्नसकिरहेका छैनन। एउटा बाध्यता र परिस्थितीले गर्दा यो मरुभुमिमा आशु पिएर भएपनी बाच्नु पर्ने हामी नेपाली आमाका सन्तान अनी वीर-गोर्खाली सगरमाथाजस्तो विश्वको शिरलाई पनि झुकाउन वाध्यहुनु परेको छ। कारण त हाम्रो देश,हाम्रो देशको परिस्थिती अनी राजनीति र राजनेताहरुले गर्दा कयौ नेपाली शिप,नेपाली श्रम र नेपाली पशिना बिदेशको भुमिमा बेच्नलाई वाध्य बन्नुपरेको छ।
मलेशिया
लाखौं नेपालीहरु आफ्नो श्रम र शिप अनी पसिना यो मरुभुमिमा पोख्नलाई वाध्य बनिरहेका छन। त कयौ नेपाली चेलीहरुले यौन शोषणको शिकार बन्नु परेको छ यो मरुभुमिमा। कस्ले देख्ला उनीहरुको दु:ख? कस्ले सुन्ला हुनिहरुको चित्कार? अनी कस्ले देला उनी हरुलाई शही न्याय र निसाफ? (नेपाली दुतबास)एम्बेसीले पनि खासै केही पनि गर्न सकिरहेको छैन केवल आफ्नो दुनो सोझ्याउने काम मात्रै गरिरहेको छ। यस्तै छ नेपालीहरुको जिन्दगीको काहानी मरुभुमिमा। हुन त मेरो त्यस्तो खासै गार्हो त छैन नै तैपनी नेपाली दाजु भाई अनी नेपाली चेलीहरुले पाएको दु:ख र कष्ठ देख्दा आफ्नै जीवनमा,आफ्नै यथार्थ मा भएको जस्तो मलाई भान हुन्छ।अनी भावनामा बहकिन्छ यो मन अनी छाती पोलेर आउछ ।

आखिर किन? हामी नेपालीहरुले मात्रै जहागएपनी ठगिनुपर्ने अनी दु:ख झेल्नु पर्ने हो? आफ्नै नेपाली दाजुभाइहरुले त नेपालमा ठगिरहेका छन कयौ नेपालीहरुलाई बिदेशको मिठो-मिठो सपना अनी बिदेशमा राम्रो काम र दामको प्रलोभन देखाएर उनिहरुले कतिको घरबहारबिहिन परेका छन त कतिको घरपरिवार र बाल-बच्चाहरुको बिचल्ली पारेका छन भने झन बिदेश्को ठाउमा आफ्नो भन्ने को नै पो हुन्छर!कती नेपाली दाजुभाई अनी दिदीबैनीहरुको कामको तलब नदिएर महिनौ,बर्षौ दिनसम्म पनि झुलाएर राखेका छन केही मालिक भनौदाहरुले त कसैलाई आफ्नो कामको तलब माग्दा पनि उल्टै जेल-र झेलको याताना दिएर राखेको पनि छन। यहाँ मात्रै नभएर नेपालीहरु पुगेको सबै मुलुकमा नै धेरै जसो एस्तै घटनाहरु घटिरहेका हुन्छन। किन होला मान्छेले मान्छेलाइनै ठगिरहेका छन। अनी हत्या आतङ्क जस्ता जघ्न्य अपराधका घट्नाहरु घटाइरहेका छन। शायद यहिनै होला मानबताको परिचय पनि।
यो मेरो दन्ते कथा होइन यो यथार्थ हो
यो मेरो रहर होइन यो त एउटा बाध्यता हो
यो मेरो जीवन होइन यो त कसैको दासता हो
यो मेरो मुलुक होइन यो त शोषकहरुले शोषण गर्ने राज्य हो
"म मरे पनि मेरो देश बाचीरहोस्"
सलीम सुब्बा
मोरङ पथरी-१, नेपाल