साइकलमा नेपालको राष्ट्रिय ध्वजा फहराउँदै सन् २०१३ सम्ममा विश्व भ्रमण गरिसक्ने लक्ष्य राखेका दमक नगरपालिकाका ५४ वर्षीय साइकल यात्री ढाकेश्वर बुढाथोकी यति बेला जर्मनीमा छन्। बुढाथोकी नेपालका २२ वटा जिल्ला र विदेशमा जापान, अष्ट्रेलिया, थाइल्याण्ड, इजरायललगायतका ३१ देशको यात्रा छिचोल्दै जर्मनी आइपुगेका हुन्। जर्मनी उनको भ्रमण क्रममा ३२औं देश भएको छ। तीन महिने प्रवेषाज्ञामा उनी डेनमार्क, नर्वे, स्वीडेन र नेदरल्याण्डको यात्रा गर्दैछन्। विश्व शान्ति र बन्धुत्वका लागि सन्देश दिन पाँच वर्ष छ महिना पहिलेबाट यात्रा थालेका बुढाथोकीले कहिले झरी, कहिले घाम, कहिले उकाली, कहिले ओराली, कहिले सुनसान अनि...
मानवबस्तीविहीनलामा राजमार्गहरु यात्रा गर्दाका तीता अनुभवहरु संगालेको बताउँछन्। “सयौं नेपाली दिदीबहिनी र दाजुभाइको सहयोगले म सबै समस्या बिर्सेर चुनौतिको सामना गर्दैछु। मलाई विश्वास छ यात्राको कीतिमानसहित नेपाली राजनीतिज्ञहरूलाई विश्वशान्ति र बन्धुत्वको सन्देश दिन पाउनेछु भनेर।” आफ्ना लक्ष्यमा अडिग देखिन्छन् बुढाथोकी ।
यात्राका क्रममा नेपाली संघ–संस्थाहरुबाट र व्यक्तिगत रूपमा निरन्तर सहयोग पाएका कारण खुशी देखिन्छन् उनी। गोरखा बृटिश क्याम्पले एक हजार डलर र खड्गबहादुर कार्की(मोरङ हाल इजरायल) ले तीन सय डलर सहयोग गरेको खुशीका क्षणसँग रमाउँछन् उनी।
“सबै ठाउँमा नेपाली भेटिन्छन्, शुभकामना दिन्छन्, सहयोग गर्छन् अनि त हौसला थपिन्छ। पाइडल चलाउँदा चलाउँदा दुखेका खुट्टा, तिघ्रा र थकित जीऊले कुनै नेपालीसँगको भेटमा सवै थकाइ र दुखाइ बिर्सन्छु”, भावनात्मक कुरा गर्न रमाउँछन् बुढाथोकी। हामी पनि उहाको प्रगती प्रती कामना गरौ। स्रोत: दुबइ नेपाल