आर्यनले अभिनय गरेका सिनेमाले लगानी उठाउन सकेनन्

नायक आर्यन सिग्देल अहिले घरमै वसेका छन्, उनको हातमा सिनेमा छैन। यस्तै हल्लाहरु छन् बजारमा । एक अर्थमा भन्ने हो भने यो कुरा सत्य पनि हो । आर्यन सिग्देलले अभिनय गरेका सिनेमाले लगानी उठाउन सकेनन्, यसैले पनि उनी असफल नायक हुन् धेरैको विश्लेषण हो यो । यदि चलचित्रले लगानी उठाएन् भने त्यो असफल सिनेमा हो र यो सँग जोडिएका हरेक कलाकार पनि असफल हुन् । उनले अभिनय गरेका सिनेमा यो वर्ष दुईवटा असफल भए र बाँकी एक सिनेमा प्रदर्शनको क्रममा रहेको छ । नेपाली सिनेमाले बजार पाएको छैन, यहाँ महङ्गा बजेटका सिनेमा चलेर लगानी उठाउन गाह्रौ पर्दछ । नायक आर्यन सिग्देल पछिल्ला केही...


समय महङ्गा सिनेमाले थिचिएका नायक हुन् । उनले अभिनय गरेको चलचित्र ‘मेरो एउटा साथी छ’ ले करीब ९० लाख निर्माताको हातमा पुर्यायो  । तर, यो सिनेमा असफल भयो, कारण यसको लगानी १ करोडको हारहारीमा थियो । यदि यो सिनेमालाई समयमा सकिकिएको भए यो सिनेमाको बजेट १ करोड पुग्दैनथ्यो र लगानी पनि उठाउथ्यो ।

यही वर्ष प्रदर्शनमा आएको चलचित्र ‘के यो माया हो’को कथा पनि यस्तै नै छ । यो सिनेमा पनि १ करोड भन्दा माथिको लगानीमा बन्यो । छायांकन नगर्ने अन्य काम गर्ने भन्ने आरोप खेपेको यो सिनेमाको बजेट पनि १ करोड पुग्दैनथ्यो । तर, लामो छायांकन सेड्युलका कारण सिनेमाको बजेट आकासियो । सिनेमा व्यापारका हिसाबले यो वर्ष प्रर्दशनमा आएका अन्य सिनेमाभन्दा माथी छ तर सिनेमाले लगानी उठाएन । चलचित्र असफल दर्जामा ठहरियो र नायक आर्यन पनि असफल जस्तै नै देखिए । ‘मेरो लभ स्टोरी’को कहानी पनि उस्तै नै हो । यसपछि, अब आर्यनको चलचित्र ‘आइ एम सरी’ बजारमा आउँदैछ ।

यो सिनेमाको बजेट पनि १ करोड भन्दामाथि नाघिसकेको छ । अव, यो सिनेमाले लगानी उठाउने कुरामा शंका व्यक्त गर्न सकिन्छ । लामो समयसम्म छायांकन हुँदा सिनेमाको बजेट वढ्न गएको हो । तर, यही सिनेमालाई पनि कम वजेटमा छायांकन गरी उही स्तरियता दिन निर्माणपक्षले सक्थ्यो होला तर, यसो भएन । अहिले आर्यनको चलचित्र भविष्य यहि सिनेमासँग जोडिएर हेरिएको छ । तर, सिनेमाको बजेट हेर्दा आर्यनको अभिनय र स्टारक्रेजले मात्र यो सिनेमालाई जोगाउन सक्छ भन्ने देखिदैँन ।

यसैले, नायक आर्यन सिग्देल महङ्गा सिनेमाले थिचिएर असफलताको सूचीमा परिरहेका छन् । उनले अभिनय गरेका सिनेमा महङ्गा हुनु, निर्माताको लगानी आकासिनुको कारणले पनि उनी असफल देखिएका हुन् ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel