नेपाली चलचित्र‘सायद’अब हिन्दी र बंगालीमा पनि

दुर्गिस फिल्म्सको ब्यानरमा सुरज सुब्बा निर्देशित नेपाली फिल्म ‘शायद’ बंगाली र हिन्दी भाषामा पनि बन्ने भएको छ । सायदलाई बंगाली र हिन्दी भाषामा निर्माण र प्रदर्शन गर्ने बारे भएको सम्झौता सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरि सार्वजनिक गरियो । कार्यक्रममा सायदका निर्माता सुनील रावलले देव क्रियटिभका अमर देवलाई सम्झौतापत्र हस्तान्तरण गरेका थिए ।युवा पुस्तामा मौलाएको लागू औषध सेवन तथा अश्लील एमएमस आतंकको बिषयमा बनेको सायदलाई पश्चिम बंगालको देव क्रियटिभले हिन्दी र बंगाली भाषामा प्रदर्शन गर्ने अधिकार लिएको हो । कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष गणेश भण्डारी
चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र निर्देशक समाजका अध्यक्ष केपी पाठक, निर्माता सुनीलकुमार थापालगायतले नेपाली फिल्म बिदेशी भाषामा बन्नु र प्रदर्शन हुनु निकै सुखद कुरा भएको बताए । 
उनीहरुले सायदबाट नेपाली फिल्मको भारतीय बजारको ढोका खुलेको र आगामी दिनमा अन्य नेपाली फिल्म पनि बिदेशी भाषामा बन्नु पर्ने धारणा राखे । सायदलाई सिलगुडीका फिल्म निर्माता तथा बितरक टिकम शर्माको पहलमा अमरदेवले बंगाल र हिन्दी भाषामा निर्माण गर्न लागेका हुन । दाजु र भाइ, दुई पुस्ताको कथा प्रस्तुत गरिएको सायदको दोश्रो पुस्ताका दुश्य भारतीय कलाकार राखेर पुनः सुटिङ गरिने छ । 

निर्माता सुनील, निर्देशक सुरज अनि भारतीय निर्माता अमरदेवका अनुसार सायदको केही सिन भारतीय कलाकार राखेर सुटिङ गरिए पनि स्क्रीप्टमा कुनै पनि परिवर्तन गरिने छैन । बंगाल भाषामा बनाउदा बंगालका चर्चित कलाकार लिइने छ भने हिन्दीमा बनाउदा भने बलिउडका चलेका कलाकार समाबेश गराइने छ । अमरदेवले सायदबाट आफू निकै प्रभाबित भएकाले पुननिर्माण गर्न लागेको बताए ।देब क्रियटिभले दुर्गेश फिल्मस्लाई तीस लाख भारतीय रुपैया तिरेर सायदको हिन्दी भर्सन राइट किनेको निर्माण पक्षले जनाएको छ । सायदलाई हिन्दी र बंगाली भाषामा डबिङ गरिनेछ । रि-सुट गरिने दृश्यको निर्देशन पनि सुरज सुब्बाले नै गर्नेछन् । फिल्मको सुटिङ नेपालमै गरिने निर्देशक सुरजले बताए । निर्माता सुनीलले सायद नेपाल र भारतमा एकैसाथ रिलीज गरिने बताए । हालै इजरायलमा सायद प्रदर्शन गरेर आएका सुनीलले त्यहाँका दर्शकले आफ्नो फिल्म निकै मन पराएकाले आफू अन्य मुलुकमा पनि फिल्म प्रदर्शन गर्ने पहलमा रहेको जानकारी दिए ।
निर्देशक सुरजकै लेखन रहेको सायदमा सुनील रावल, झरना थापा, संयम पुरी, बाबु बोगटी, अनिता दहाल, अराज केशबलगायतले अभिनय गरेका छन् । प्रदर्शन पूर्वनै चर्चामा रहेको यो फिल्म मनोरञ्जनका साथै सन्देशमुलक छ ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel