मलेशियामा नेपाली कामदारलाई-अस्विकार

मलेसियास्थित बहुराष्ट्रिय कम्पनीले राजनीतिक गतिविधिमा लागेको आशंकामा नेपाली कामदार लिन अस्वीकार गर्न थालेका छन्। बहुराष्ट्रिय कम्प्युटर हार्डवयर कम्पनी जेसिवाइएसडिएम बिएचडीमा कार्यरत नेपालीले एक साताअघि एक नेपालीको मुत्युको विरोधमा तोडफोड गरेका थिए। उच्च ज्वरो आएका नेपाली कर्णबहादुर घर्तीमगरको उपचारमा ढिलाइ भएको भन्दै गरिएको हड्ताल हिंसात्मक बनेको थियो। यसपछि यो कम्पनीले नेपाली कामदार लिन अस्वीकार गरेको छ। ’यो कम्पनीले ३८ जना कामदार माग गरेको थियो। यसमध्ये ९जना जान बाँकी थिए,’फ्युजन इन्टरनेसनलका प्रबन्ध निर्देशक कुमुद खनालले... 



नागरिकसँग भने,‘अहिले आएर कामदार नलिने जानकारी दिएका छन्।’ उनका अनुसार सबै कामदारको भिसा आइसकेको थियो। खनालका अनुसार यो कम्पनीमा भएको हिंसात्मक प्रदर्शनलाई बहुराष्ट्रिय कम्पनीहरुले राजनीतिक गतिविधिको रुपमा लिएका छन्। मलेसियामा अहिले राजनीतिक र अन्य गरी नेपाली कामदारका ७३ संगठन खोलिएका छन्। उनले अन्य बहुराष्ट्रिय कम्पनीले समेत नेपाली कामदार लिने/ नलिने बारे अहिले छलफल गरिरहेको जानकारी दिए। मलेसियामा नेपाली कामदार पठाएका अन्य कम्पनीले समेत राजनीतिक गतिविधि प्रवेश भएकाले सचेत भएर नेपाली कामदार लिने खनालले बताए। 


उनका अनुसार मलेसियामा नेपाली कामदार लिइरहेको होन्टाट, एसकेआई,सोनी लगायतका बहुराष्ट्रिय कम्पनीले समेत हड्तालप्रति चासो देखाउँदै नेपालीबारे पुनर्विचार गर्न सक्ने देखिएको छ। मलेसियाका श्रम सहचारी सूर्य भण्डारीले हड्तालले कामदार लिनै छाडेको भन्ने जानकारी नआएको बताए। ‘कुनै कम्पनीले कामदार लिन छाडेको भन्ने छैन। तत्कालै ठूलो समस्या आउलाजस्तो लाग्दैन,’उनले मलेसियाबाट टेलिफोनमा भने,‘तर, मलेसियाका सरकारी अधिकारीले हड्तालप्रति चासो देखाएका छन्।’व्यवसायीहरु भने सरकारले तत्काल पहल नगरे नेपाली कामदारको प्रमुख एक गन्तव्य मलेसियाको रोजगारी खोसिने बताउँछन्। मलेसियाको कानुनअनुसार कामदारले कुनै पनि हड्ताल गर्दा सात दिनअघि प्रहरीलाई र ७२ घन्टाअगाडि कम्पनीलाई जानकारी गराउनुपर्छ। 


जेसिवाइएसडिएम कम्पनीमा कार्यरत नेपाली अचानक हड्तालमा उत्रिएका थिए। उनीहरुले कानुनको पालना नगरी तत्काल प्रदर्शन गरेका थिए। आठ हजार कामदार रहेको यो कम्पनीमा तीन हजार नेपाली छन्। प्रदर्शनकारीले उनीहरु बस्ने आवास गृहमा तोडफोड गर्नुका साथै सुरक्षा गार्डको क्वाटर भत्काइ दिएका थिए। उनीहरुले सिसाका बोतल, पानीका भाँडा,फलामे क्याबिन, जुत्ता र कुर्सी सडकमा फ्याँलेका थिए। प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन अंश्रुग्यास प्रहार गरेको थियो। हड्तालमा कम्पनीमा कार्यरत अन्य मुलुकका कामदारसमेत नेपालीको आन्दोलनमा सहभागी थिए। 


अन्य मुलुकका कामदारलाई नेपालीले उक्साएको आरोप छ। कम्पनीमा भएको मुद्दा सडकसम्म ल्याउनु राजनीतिक गतिविधि हो भन्ने मलेसिया र कम्पनीको ठहर छ,’खनालले भने,‘श्रमिकको मुद्दालाई काम बहिस्कारलगायतका दबाब कार्यक्रम गर्ने अवस्था रहँदा रहँदै तोडफोड गर्नु राजनीतिक संस्कारको रुपमा उनीहरुले लिएका छन्।’उनले सरकारले तत्काल कुटनीतिक पहल नगरे मलेसियाले नेपालीप्रति गम्भीर निर्णय गर्न सक्ने बताए। ’सरकारले मलेसियामा भएको घट्नापछि उत्पन्न परिस्थितिको उच्चस्तरीय टोली पठाएर तत्काल समाधानको प्रयास गर्नुपर्छ,’उनले भने,‘होइन भने नेपाली कामदार धेरै जाने गन्तव्य रोकिनसक्छ।’सन् २००८ देखि मलेसिया सरकारले बंगलादेशी कामदारलाई प्रतिबन्ध लगाएपछि नेपाली कामदार बढी जाने मौका पाएका हुन्। बंगलादेशले पछिल्लो समयमा प्रतिबन्ध खुल्ला गर्न उच्चस्तरीय कुटनीतिक पहलसमेत गरिसकेको छ। बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले केही महिनाअघि मलेसियाको भ्रमण गरेर प्रतिबन्ध खुल्ला गर्न आग्रह गरेकी थिइन्। स्रोत: न।र।नेक्सा

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel