मानिसमा डिप्रेसन हुने केही प्रमुख कारणहरु

रामकृष्ण शर्मा -(नाम परविर्तन) आफ्नो व्यवसायमा सफल थिए। तर, केही वर्षयता उनी निराश र विरक्त हुनथाले। खानामा अरुचि हुने मात्रै होइन, निद्रा नलाग्ने, लागिहाले डरलाग्दा सपना देखिने र जहिले पनि सुतिरहन मन लागे पनि निद्रा नपुगेजस्तो हुन थाल्यो उनलाई। बिनाकारण मुटुको ढुकढुकी बढ्नेदेखि त्यसै डर लाग्ने र शरीर थाकेको/गलेको जस्तो महसुस हुनेसम्मको समस्या झेल्नुपर्‍यो शर्माले। टाउको भारी हुने, शरीर झमझमाउने, पोल्ने तथा बिनापरश्रिम पसिना आउने लक्षणले ग्रस्त हुन थाले उनी।सबैसँग रमाइलो गर्ने बानीका उनी एकाएक टोलाउने रसोचिरहने गर्न थाले।पहिलेका सामाजिक व्यक्ति विस्तारै एक्लै बस्न रुचाउँदै गए।
जसले गर्दा उनी परिवार तथा समाजबाट एक्लिँदै गए। उनमा अरूप्रति शंका एवं अविश्वास गर्ने स्वभाव पनि बढ्दै गयो र अरूले आफ्नो कुरा काटेको वा षड्यन्त्रका लागि पिछा गरेको आभास हुन थाल्यो। सामाजिक कार्यमा जान मन नलाग्ने भएपछि उनको मित्रमण्डली साघुरिदै गयो। घरभित्र पनि उनले अरूको वास्ता गर्न छाडे। उनमा झर्किने तथा सानो कुरालाई पनि तीलको ताड बनाउने बानी भयो। गीत सुन्ने, फिल्म हेर्ने, पुस्तक पढ्ने, भ्रमण गर्ने, जमघट गर्ने उनका रुचिहरू अरुचिमा परविर्तन भए। उनमा यौनसम्पर्क गर्ने इच्छा घट्यो भने यौन क्षमतामा शिथिलता आउने तथा बारम्बार दिक्क लागिरहने हुन थाल्यो। लगातारको बेचैनी, निराशा तथा एक्लोपनका कारण उनले रक्सी, चुरोट तथा लागूपदार्थ सेवन गर्न सुरु गरे।


शर्माले आफूलाई चारैतर्फबाट समस्याले घेरेको महसुस गर्न थाले। उनीभित्र यस्तो जीवन बाँच्नुभन्दा मर्नु बेश भन्ने भावना जागृत हुन थाल्यो। त्यसपछि उनी आत्महत्याको योजना बनाउन थाले। त्यसो त उनी उपचारका लागि अस्पताल, क्लिनिक, धामीझाँक्री आदि ठाउँमा नगएका पनि होइनन्। उनले रगत, एक्स-रे, अल्ट्रासाउन्ड, सीटीस्क्यान, एमआरआईलगायत सबै परीक्षण पनि गरे। तर, उनको रोग पत्ता लागेन। एक जना चिकित्सकले उनलाई मानसिक अस्पताल वा मानसिक रोग विशेषज्ञकहाँ जान सल्लाह दिए। त्यसपछि उनमा चिकित्सकप्रतिको विश्वास पनि समाप्त भयो। किनभने, उनको विचारमा आफूलाई मानसिक रोग लागेको होइन। "म बहुलाएको छु र मानसिक विशेषज्ञलाई देखाउने ?" उनी निकै आक्रोशित भए। अपमानित महसुस गरे। रामकृष्ण त हाम्रो समाजका प्रतिनिधि पात्र मात्र हुन्। आजको आधुनिक एवं प्रतिस्पर्धी युगमा 'डिप्रेसन' -अवसाद) सर्वत्र फैलिएको समस्या हो।


बिहानदेखि रातीसम्म प्रत्येक मान्छेले प्रत्यक्ष तथा अप्रत्यक्ष तनाव झेलिरहेको हुन्छ। आर्थिक समस्या, बेरोजगारीको समस्या, आवश्यकता र उपलब्धिबीचको दूरी, प्रतिस्पर्धा, महत्त्वाकांक्षा, प्रदूषण आदि दर्जनौँ तनावलाई सामान्यीकरण तथा व्यवस्थापन गर्न नसक्दा मान्छे डिप्रेसनको जालोमा फस्छ। विश्वमा ३४ करोड मानिस डिप्रेसनको सिकार भएका छन्। गरबि तथा विकासोन्मुख राष्ट्रमा भन्दा विकसित राष्ट्रमा, गाउँभन्दा सहरमा, अशिक्षितभन्दा शिक्षित समूहमा तथा द्वन्द्वग्रस्त मुलुकहरूमा डिप्रेसनको मात्रा बढ्दो छ।


अमेरिका जस्तो विकसित राष्ट्रमा त वाषिर्क दुई करोडभन्दा बढी मानिस डिप्रेसनको सिकार भइरहेका छन्। युरोप, अस्ट्रेलिया, अफ्रिका तथा एसियामा पनि डिप्रेसनको प्रभाव अत्यधिक रहेको छ। नेसनल इन्स्चिच्युट अफ मेन्टल हेल्थ अमेरिकाको तथ्यांक अनुसार,अमेरिकी प्रत्येक चार जना प्रौढहरूमध्ये एक जना डिप्रेसनले ग्रस्त छन्। त्यस्तै, दीर्घ डिप्रेसन भएकामध्ये १५ प्रतिशतले आत्महत्या गर्छन् भने महिलामा आत्महत्या यसको दुई गुणा बढी पाइएको छ। एक अध्ययन अनुसार, पाकिस्तानको सहरी क्षेत्रमा ४५.९ प्रतिशत, बंगलादेशको ग्रामीण क्षेत्रमा २९ प्रतिशत, भारतमा १५.१ देखि २५ प्रतिशत तथा नेपालमा ३० प्रतिशतमा कुनै न कुनै रूपको डिप्रेसन छ। स्रोत:नेपाल

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel