राष्ट्रिय नाचघरमा मिस ग्लोबल-२०१० को प्रतिस्पर्धा हुने

अफिसियल मिडिया साप्ताहिकको सहभागितामा आगामी सोमबार काठमाडौंको राष्ट्रिय नाचघरमा मिस ग्लोबल-२०१० को अन्तिम प्रतिस्पर्धा हुँदैछ । नाचघरमा हुने प्रतिस्पर्धामा २८ जना प्रतियोगी मिस ग्लोबल-२०१० को उपाधिका लागि र्‍याम्पमा भिड्दैछन् । प्रतिस्पर्धीहरूलाई कोरियोग्राफर अश्विनी झाले दुई सातादेखि प्रशिक्षण दिइरहेका छन् । कोरियोग्राफर झाले मिस ग्लोबलको टाइटलअनुरूप प्रतिस्पर्धीहरूलाई नौलो प्रकारले र्‍याम्पमा उतार्ने तयारी गरिरहेका छन् । मिस ग्लोबलको उपाधि जित्नेले चीनमा हुने मिस ग्लोबल इन्टरनेसनलमा समेत सहभागी हुन पाउने भएकाले सोहीअनुरुपको प्रशिक्षण प्रदान गरिएको... 



कोरियोग्राफरले झाले बताएका छन् । त्यस्तै प्रशीक्षार्थीहरूलाई ग्रुमिङ तथा प्रस्तुतीकरणसम्बन्धी प्रशिक्षण रोजिन शाक्यले दिँदै आएका छन् भने कार्यक्रमलाई भव्य बनाउन गायक-गायिकालगायत देशका विभिन्न राष्ट्रिय व्यक्तित्वहरूले उनीहरूलाई प्रशिक्षण दिएका थिए । गायक निर्णय श्रेष्ठ, रेश्मा सुनुवार, आईटी निर्देशक सुदीप सत्याल, मार्केटिङ डाइरेक्टर अजय मल्ल,ब्युटिसियन मञ्जु थापा, चलचित्र निर्देशक दीपक श्रेष्ठ, पूर्व मिसनेपाल जेनिषा मोक्तान,पूर्व उपसभामुख चित्रलेखा यादव, वातावरणविद् यादव भण्डारी आदिले प्रशिक्षार्थीहरूलाई शैक्षिक,अनुशासन तथा व्यक्तित्व विकाससम्बन्धी तालिम दिएका थिए भने ती हस्तीहरूसँगको प्रत्यक्ष कुराकानीद्वारा प्रतिस्पर्धीहरूमा आत्मविश्वास तथा जिम्मेवार बढाउने कार्य गरिएको थियो । 


फाइनल राउन्डमा निर्णायकहरूबाट टुङ्गो लगाइने विजेताहरूलाई मिस ग्लोबलको उपाधिसँगै फस्ट रनर्सअप, सेकेण्ड रनर्सअप, मिस क्याटवाक, मिस ट्यालेन्ट, मिस फोटोजेनिक,मिस पर्सनालिटी,मिस ग्लामरस, मिस कल्चर, मिस पपुलर, वेस्ट स्माइल, बेस्ट फिगर, बेस्ट डिसिप्लिन तथा बेस्ट हेयरको उपाधिद्वारा पुरस्कृत गरिनेछ । मिस ग्लोबलको उपाधि विजेतालाई अन्नालिफान स्कुटी, फस्ट रनर्सअपलाई ल्यापटप, सेकेन्ड रनर्सअपलाई डेक्सटव कम्प्युटर पुरस्कार प्रदान गरिनुका साथै तिनै जनालाई एसियन कलेजका तर्फबाट निःशुल्क ब्याचलर कोर्स पढाइने व्यवस्था मिलाइएको छ । यसबाहेक सबै सहभागीले आयोजकका तर्फबाट थप सहयोग पाउने भएका छन् । 


सहभागी २८ जनालाई नै उनीहरूको रुचि तथा योग्यताका आधारमा आवश्यक रोजगारीको समेत व्यवस्था मिलाइएको ईएस क्रिएसनका मार्केटिङ डाईरेक्टर अजय मल्ल ठकुरीले बताए । असोज १८ गते हुने फाइनल राउन्डको प्रत्यक्षप्रसारण एबीसी टेलिभिजनले गर्ने भएको छ । प्रशिक्षार्थीहरूलाई बालाजु औद्योगीक क्षेत्रभित्र एक दिने रोमाञ्चक वाल क्लाइम्बिङसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो । गत शुक्रबार आन्तरिक पर्यटनमा सहभागी भै पर्यटन वर्षलाई सफल पारौं भन्ने उद्देश्यले सहभागीहरूलाई पर्यटकीय नगरी पोखरा लागिएको थियो । दुईदिने भ्रमणमा प्रशिक्षार्थीहरूले सारङकोट, विन्ध्यवासिनी मन्दिर,फेवाताल, डेभिड फल्स आदि महत्त्वपूर्ण पर्यटकीय स्थलहरूको भ्रमण गरेका थिए । 


पोखरा भ्रमणकै क्रममा एक पत्रकार सम्मेलन गरी आयोजक ईएस क्रिएसनका सुदीप सत्यालले एसएमएस भोटिङबाट आउने सम्पूर्ण रकम फेवातालको सरसफाइका लागि प्रदान गर्ने बताएका छन् । देशकै प्रमुख पर्यटकीय स्थलको सरसफाइमा मिस ग्लोबल-२०१० का प्रतिस्पर्धीहरूको उपहारका रूपमा उक्त रकम प्रदान गर्न लागिएको सत्यालले जानकारी दिए । सोमबार हुने अन्तिम प्रतिस्पर्धामा विराटनगर, रसुवा, दोलखा, काठमाडौं, स्याङ्जा, इटहरी, पाल्पा, बुटवल, सोलुखुम्बु तथा झापाका २८ जना युवती सहभागी हुनेछन् । स्रोत: ई-कान्तिपुर

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel