हङकङमा मध्यराती फेसन प्रतिस्पर्धा 'गेल्म नाइट'

आश्विन २५ - दक्षिण एसिसाकै पहिलो फेसनेबल सहर हो हङकङ । न्यूयोर्क, रोम र पेरिसलाई पछ्याउदै यस्तो मानक स्थापित गरिरहेको हङकङको रङमा नेपाली युवापुस्ता कसरी सरोबर भैरहेको छ ? त्यो जान्नेबुझ्ने अवसर थियो आइतबार मध्यराती आयोजित फेसन प्रतिस्पर्धा 'गेल्म नाइट' । हङकङमा नेपाली तन्नेरीहरुबीच बर्षेनी सुन्दरी प्रतियोगिता आयोजना हुँदै आएको छ । अधिकांश तिनैमध्येका सुन्दरीहरु नै सहभागी थिए उक्त रात । यिनले विभिन्न पहिरनमा प्रस्तुत गरेका बिरालो चालले करिब तीन घण्टा माहौंललाई तताउनु ततायो । अधिकांश सुत्ने तरखरमा लागिरहेका हुदाँ हुन तर फेसन पारखी युवाहरुको लर्को भने...



वानचाइस्थित भर्टिगो अल्ट्रा लङ बारमा जुटेको थियो । युवाहरु लक्षित कार्यक्रम भएपनि उक्त साँझ त्यहाँ सहभागी हुनेहरुमा पाकाहरु पनि कम थिएनन् । कार्यक्रम सुरु हुन अगावै सिमित संख्यामा मात्र दर्शक अटाउने बार भरिभराउ थियो । टिकट सँगै एक पेय पदार्थ सित्तैमा दिइएकाले प्रवेश पाउनासाथ चुस्की लिन सुरु नगर्ने विरलै देखिए । चाहे ति युवा हुन वा युवती । घडीले मध्यरातको संकेत दिन करिब दश मिनेट मात्र बाकी हुदो हो, प्रस्तोता क्यारोन लिम्बूले मोडलहरु र्‍याम्पमा उत्रन लागेको संकेत गरिन । स्थानीय वेबपत्रिका बगैचा डट कम द्वारा आयोजित फेसन प्रतिस्पर्धामा पाँच बुटिकहरुको सहभागिता थियो । सुरुमै करिश्मा फेसनको पहिरनमा मोडलहरु पालैपालो स्टेजमा देखिए । गत बर्ष आयोजित सुन्दरी प्रतिस्पर्धा मिस पर्ल हङकङकी विजेता दिपा गुरुङ, सेकेण्ड रनर अप ज्योति गुरुङ र सोही प्रतियोगितामा सहभागी बनेकी सुनिता गुरुङ लगायतको आकर्षक पहिरन र बिराला चालले सुरुमै दर्शक लयायो । 


त्यसपछि लगालग माया फेसन, स्पाइस बस्त्र, नभ्यता कलेक्सन, डि्रम्स फेसनका तर्फबाट पन्ध्र युवतीहरु फरक-फरक पहिरनमा देखिए । हङकङकी एक्ली व्यावसायिक मोडल बोना राई आफ्नै डिजाइनमा प्रस्तुत भइन् । केही समय अघि उनले स्पाइस बस्त्र खोलेकी हुन् । हालै कान्तिपुर सहप्रकाशन साप्ताहिकको ब्लो अपमा टु-पिस पहिरनमा देखिएकी एलिजा पुन यहाँ साडीमा समेत उत्तिकै मादक देखिइन् । यिनको बिरालो चाल र कम्मर मर्काइमा ताली र सिठी बजाउनेहरुको कमी रहेन । सहभागी मोडलहरु साडी, इभनिङ गाउन र क्याजुयल पहिरनमा प्रस्तुत भएका थिए । त्यसो त उक्त रात सहभागी दर्शकहरुका पहिरन समेत मोडलहरुका भन्दा कम थिएनन् । फेसन शोमा स्थानीय गायक टोपराज लामा, मञ्जु श्रेष्ठ, सृष्टि सुनुवार, सरद श्रेष्ठ लगायतका सांगीतिक प्रस्तुतिले वातावरणलाई अझ मादक बनाउन सघायो । 


तर अधिकांशको आकर्षण भने फेसन शो नै रह्यो । सुन्दरी मोडलहरुका पहिरन र प्रस्तुति जाच्न निर्रणायक हरुमा मिस हङकङ नेपालकी पहिली सुन्दरी जुनु पुन, चर्चित एक्स ब्याण्डका गिटारिष्ट सरद श्रेष्ठ, ब्युटिसियन इन्द्र गुरुङ लगायतका थिए । रात छिप्पिदै जाँदै बियर, वाइन, ह्वीस्की र टकिलाको चुस्की थपिने क्रम अझै बढ्दै थियो । अब पाँच बुटिकहरु मध्येबाट उत्कृष्ट छान्ने पालो आयो । सबैले आ-आफ्ना थिममा तयार पारिएका डिजाइन सहित एक-एक मोडल स्टेजमा उतारे । अन्ततः बुट्टे नेपाली ढाकाको वन पिस इभनिङ गाउनमा लाली गुराँस जडित पहिरन प्रस्तुत गरेकी नभ्यता फेसनकी रेनु श्रेष्ठ उत्कृष्ट डिजाइनर छनौट भइन् । एसियन थिममा तयार पारिएको उनको पहिरन मोडल इशा लिम्बूले लगाएकी थिइन् । ज्योति गुरुङ बेष्ट मोडल घोषित भइन् । स्रोत: ई-कान्तिपुर

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel