हिन्दूहरूको महान् चाड बडादसैंको सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्व छ । धार्मिक आस्थासँग जोडिएकाले नै घटस्थापनादेखि धार्मिक विधिहरू अपनाएर यो चाड मनाइन्छ । दसैंमा विभिन्न शक्तिपीठमा निश्चित विधि तथा परम्पराअनुसार शक्तिको पूजा गरिन्छ । नौ स्वरूपकी भगवतीमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी,कालरात्रि,महागौरी एवं सिद्धिदात्रीलाई मानिन्छ । तिनै नौ स्वरूपकी भगवतीलाई समग्रमा नवदुर्गा भनिन्छ । घटस्थापनादेखि मुलुकभरका शक्तिपीठहरूमा भक्तजनको ओइरो लाग्छ । यी पीठहरूमा पूजा गर्नुको पछाडि अनेकां धार्मिक विश्वास र किंवदन्तीजोडिएका छन्।
पूजा गर्न शक्तिपीठहरूमा जाने चलन भए पनि सवै शक्तिपीठको परम्परा भने एउटै छैन । एकथरी मान्यताअनुसार सतीदेवीको अंग पतन भएको स्थान नै शक्तिपीठ हो । रुखको ओत भएको, मसानघाट नजिकै भएको, अष्टमातृकाको बसोबास भएको स्थानलाई शक्तिपीठ मानिनुपर्ने तर्क पनि अर्कातिर छ । त्यसैले शक्तिपीठहरूका बारेमा एउटै धारणा पाइँदैन । काठमाडौंमा यस्ता शक्तिपीठहरू धेरै भए पनि राजाको सवारी हुने नौ वटा मन्दिरलाई शक्तिपीठ मानिँदै आएको छ । उपत्यकाबाहिर पनि थुप्रै शक्तिपीठ छन् । यी शक्तिपीठहरूमा दसैंमा विशेष पूजा गरी बलि दिने चलन छ । दन्तकालीः सुनसरी जिल्लाको धरानमा दन्तकालीको मन्दिर छ । यहाँ सतीदेवीको दाँत पतन भएको विश्वास गरिन्छ । दन्तकालीमा घटस्थापनादेखि नै विशेष पूजा-आराधना हुन्छ ।
यो अवसरमा स्थानीय भक्तजनहरूको ठूलो भीड लाग्छ । जालपादेवीः जालपादेवीको मन्दिर नुवाकोट जिल्लाको सदरमुकाम विदुरदेखि ८ किलोमिटर दक्षिणमा छ । त्रिशूली नदीको किनारमा रहेको जालपादेवीको मन्दिर रहेको स्थानमा सतीदेवीको तल्लो ओठ पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम कामधेनु गाईले पूजा गरेको मानिन्छ । पृथ्वीनारायण शाहको दाहसंस्कार यही मन्दिरको घाटमा गरिएकोले नेपालको इतिहासमा यसको विशेष महत्व छ । यहाँ घटस्थापनादेखि नै भक्तजनको ओइरो लाग्छ । छत्रेश्वरीः सल्यान जिल्लाको छायाक्षेत्रस्थित छत्रेश्वरी मन्दिरमा सतीदेवीका शेष रहेका सबै अंग पतन भएको विश्वास गरिन्छ । त्यसो त छत्रेश्वरी नेपालका सबै शक्तिपीठमध्ये बलि नचढाइने एकमात्र शक्तिपीठ हो । सबैभन्दा पहिले अष्टभैरवले पूजा गरेकाले यहाँ कुनै अवसरमा पनि बलि चढाइँदैन । पूजाकै लागि यहाँ छिमेकी जिल्लाहरूबाट पनि भक्तजनको भीड लाग्छ । मनोकामनाः गोरखाको मनोकामना पनि महत्वपूर्ण देवीस्थान मानिन्छ । दसैंमा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ ।
यहाँ प्रत्येक अष्टमीका दिन बलि चढाइन्छ । मनोकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । केबुलकारबाट ११ मिनेटमै मनोकामना पुग्न सकिन्छ । पैदल यात्रा गर्न रुचाउनेहरू आबुखैरेनीबाट ४ घन्टाको उकालो हिँडेर मनोकामना पुग्छन् । कमलाक्षीः सल्यान जिल्लाको लक्ष्मीपुरमा कमलाक्षीको मन्दिर छ । यहाँ सतीदेवीको बायाँ करङ पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम योगमार्गीहरूले पूजा-आराधना गरेका थिए । एउटा पहाडका रूपमा रहेको यो मन्दिरमा करङको आकृति देखिन्छ । गलेश्वरीः म्याग्दी जिल्लाको राहुघाटमा कालीगण्डकीको किनारमा छ-गलेश्वरी मन्दिर ।
यहाँ सतीदेवीको गला पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम पृथ्वीले पूजा-आराधना गरेको मानिन्छ । ज्वालपादेवीः यो मन्दिर दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकादेखि ५ किलोमिटर पश्चिम र छामगाम खोलाको किनारमा छ । यहाँ सतीदेवीको निधार पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम हनुमानले पूजा गरेको विश्वास गरिन्छ । बागेश्वरीः बाँके जिल्लाको नेपालगञ्जस्थित यो मन्दिर रहेको ठाउँमा सतीदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम किन्नरहरूले पूजा-आराधना गरेका थिए । एउटा ठूलो तलाउको किनारमा रहेको यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कन्चनपुर नेपालमा गाभिएपछि मात्र पत्ता लागेको हो।
देवलहाट मन्दिरः बैतडीको सदरमुकामबाट ५ सय मिटर दूरीमा रहेको देवलहाटको मन्दिर पाण्डवहरूले वनवासको अन्त्यतिर बनाउन लगाएको जनश्रुति छ । युद्धका बेला पाण्डवहरूले असत्यमाथि विजय गर्न पाऊँ भन्ने कामना गर्दै यो मन्दिर बनाएका थिए । विभिन्न समयमा चढाइएका तामाका भाँडा एवं पूराना मूर्ति यो मन्दिरका विशेषता हुन् । गजरा मन्दिरः दसैंमा ठूलो भीड लाग्ने गजरा मन्दिर अछाम जिल्लाको गजरामा छ । जुम्लाका तत्कालीन राजाले अछाम जित्न यही मन्दिरमा पूजाआजा गरेको कुरा इतिहासमा उल्लेख छ । कुनै महत्वपूर्ण काम गर्नुपर्यो भने अछामवासीहरू यो मन्दिरमा पूजा गर्छन् । स्रोत: ई-कान्तिपुरनारी