नेपाली चलचित्रहरु हिन्दी चलचित्रहरुवाट प्रभावीत

नेपाली चलचित्रहरु हिन्दी चलचित्रहरुवाट प्रभावीत भएका या हुबहु कपि नै गरिएका उदाहरण त हामी सवैले भोगेकै  छौं  तर नेपाली चलचित्रवाट पनि हिन्दी चलचित्रहरु प्रभावीत हुनेरहेछन् भन्ने कुरा प्रकाशनमा वाहीर आएको थाहा पाइदैन । किनकी हामी चलचित्रमा हिन्दीवाट मात्र नेपालीले कपि गर्छन् भन्ने सोच राख्छौं। भर्खर मात्र प्रदर्शनमा आएको एक हिन्दी चलचित्रमा "देसी व्वाईज"  को कथा बस्तु नेपाली चलचित्र "पल पलमा" सँग हुबहु मिल्न गएको छ। जागिर नपाएपछि यौन पेशामा लागेका पुरुषहरुको कथावस्तुमा तयार भएको नेपाली चलचित्र "पलपलमा" निर्माण भएको करिव चार  वर्ष जति भयो । तर भर्खर मात्र तयार भएको चलचित्र...


"देसी व्वाईज" ले पनि यही कथावस्तुलाई मुख्य आधार वनाएको छ । चलचित्र ‘पलपलमा’ मा नायक रमित ढुङ्गाना र दिलीप रायमाझीले अभिनय गरेका छन् भने हिन्दी चलचित्रमा "देसी व्वाईज" मा अक्ष कुमार र जोन ईव्राहीमले अभिनय गरेका छन् ।

चलचित्र ‘पलपलमा’ मा नायक रमित ढुङ्गाना र दिलीप रायमाझीले आफ्नो डेराको भाडा तिर्न नसकेर र राम्रो खाउँ मिठो लाउँ भन्ने चाहना पुरा गर्न नसकेर पुरुष वेश्या वन्न थाल्दछन् । त्यस्तै  चलचित्र "देसी व्वाईज" मा आफ्नो शिक्षा अनुसारको जागीर नपाएपछि  नायक अक्ष कुमार र जोन ईव्राहीम पनि पुरुष वेश्या वन्न थाल्दछन् । जहाँ नायक अक्ष कुमार एक वच्चाको पालनपोषण र भाडा तिर्नकै लागि पुरुष वेश्या वनेका छन् । उनले विभीन्न युवतीसँग रात विताउछन् र यसको वापत उनी पैसा लिने गर्दछन् । चलचित्र "पलपलमा" मा रमित र दिलीपको जिवनस्तर सुधि्रएजस्तै, "देसी व्वाईज" मा पनि पुरुष वेश्या वनेपछि अक्ष र जोनको जिवन स्तरमा फेरवदल आएको देखाईन्छ । चलचित्र "पलपलमा"मा सुरुमा रमितले आग्रह गरेको पुरुष वेश्या वन्ने आग्रहलाई दिलीपले नकारेजस्तै "देसी व्वाईज" मा पनि अक्षले गरेको आग्रहलाई जोनले सुरुमा नकारेका हुन्छन् तर पनि अन्तत उनी पनि पुरुष वेश्या वनेको देखाईन्छ। यसरी, हेर्दा हिन्दी चलचित्र "देसी व्वाईज" नेपाली चलचित्र "पलपलमा" वाट पूर्ण रुपमा प्रभावीत रहेको पाईन्छ।

यदि, नेपाली चलचित्रमा हिन्दी चलचित्रवाट यति मात्र पनि प्रभावीत भएको भए चोरीएको आरोप लगाईन्थ्यो तर नेपाली चलचित्रवाट हिन्दी चलचित्र प्रभावीत भएको वारेमा कसैले पनि मुख फोरीहाल्दैनन् ।उकेश दाहालले केही वर्ष अघि वनाएको चलचित्र "पलपलमा" को कथावस्तुको मुख्य धारसँग हिन्दी चलचित्र "देसी व्वाईज" को कथावस्तु मिल्दो जुल्दो छ । चलचित्र "देसी व्वाईज" वन्ने वेलामा यसका निर्माता र निर्देशकले चलचित्र "पलपलमा" हेरे या आफ्नै धारले चलचित्र को कथा लेखे, त्यो त आफ्नो ठाउँमा छ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel