नैकापका रमेश बुढाथोकीले बजारबाट ल्याएको तरबुजा खाएपछि परिवारका पाँच सदस्य बेहोस भए। खाएको विषाक्त अर्थात् 'फुड प्वाइजनिङ्' भएपछि रमेशको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। उनको परिवारले यस विषयमा उजुर गर्ने ठाउँ नै पाएन। रमेशकी श्रीमती बालिका बुढाथोकी भन्छिन्, "कसैले हाम्रो कुरा सुनेन। बजारमा विषालु फलफूल बेच्न रोक्ने कसले?"काठमाडौँको वीर अस्पतालमा मात्रै खराब फलफूल र त्यसप्रकारका उत्पादन खाएर बिरामी परेका दैनिक दुई जनाको उपचार हुन्छ। आकस्िमक शाखाकी इन्चार्ज डा समा शाक्य भन्छिन्, "अस्पतालहरूमा यस्ता बिरामीको संख्या बढ्न थालको छ।" फलफूलमा
प्रयोग भएका रसायनले मिर्गौलासमेतलाई असर गर्ने डा शाक्य बताउँछिन्। त्रिपुरेश्वरस्िथत शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालको आकस्िमक शाखाका डा हुम थापा पनि फलफूल वा अन्य त्यस्तै वस्तु उपभोगका कारण 'फुड प्वाइजनिङ्' हुनेहरूको संख्या बढिरहेको स्वीकार्छन्। भन्छन्, '"हामीकहाँ भन्दा अरूतिर यस्ता बिरामी बढेका छन्।"अनुगमन र नियमन गर्ने निकायको अभावमा आमउपभोक्ताले स्वास्थ्यवर्द्धक ठानेर उपभोग गररिहेका कतिपय फलफूल खतरनाक रसायनका कारण विष सावित भइरहेका छन्। उपभोक्तालाई सचेत पार्ने त कुरै छाडौँ, कुनै पनि निकायले सञ्चालनमा रहेको फलफूल बजारतिर नजर मात्र पनि लगाउन सकेको छैन। सबै प्रकारका खाद्यवस्तुको गुणस्तर जाँच गर्ने जिम्मा पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फलफूलको गुणस्तर जाँच गर्ने जिम्मेवारी निर्वाह गर्दैन। फलतः रसायन मिसिएका तर खुलेआम बिक्री भइरहेका फलफूलले आमउपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पाररिहेका छन्। विभागका खाद्य अनुसन्धान अधिकृत नवराज दाहाल भन्छन्, "विभागले फलफूल जाँच्दैन।