अभिनेत्री पूजा चन्दले लेखेको दश गीतहरू संगालो एल्बम 'कसरी सम्झाउँ'

चार बर्ष पछि एक महिनाका लागि नेपाल आएकी अभिनेत्री पूजा चन्दले आफुले लेखेका दश गीतहरू संगालो एल्बम 'कसरी सम्झाउँ' को अडियो विमोचन गर्नुको साथै एक म्यूजिक भिडियो समेत तयार पारिन् । मंगलबार केही चलचित्रकर्मीको उपस्थितिमा उनले आफ्नो त्यो दश बर्ष अघिको कथालाई गीत मार्फत दर्शक र श्रोतामाझ  ल्याएकी हुन् । दश बर्षअघि पति सुरज चन्दसँग सम्बन्ध विच्छेद भएपछि उनले तयार पारेको एल्बमको शिर्ष गीतको म्यूजिक भिडियोमा एउटा यस्तो कथा समेटिएको छ जुन कथामा पूजा भ्रममा परेको अन्तिममा थाहा हुन्छ। भनिन्छ साहित्यका रचनाहरू स्वयम रचनाकारको आफ्नै अनुभव र भोगाई हो । यसै गरी पूजाले...


आफूले भोगेका ती अनुभवलाई शिर्ष गीत 'कसरी सम्झाऊ म 'यो नबुझ्ने मन...' मार्फत प्रस्तुत गरेको देख्दा लाग्छ  सुरजसँग सम्बन्धमा बिग्रनुको कारण स्वयम उनी नै  हुन् । प्रशन्न पौडेलले निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा नायक दिवस उप्रेती र आफ्नै भदै रोमिनाको साथमा पूजाले अभिनय गरेकी छिन् । पूजाको जीवनसँग झण्डै मिल्ने उक्त भिडियोमा विजनेशको सिलसिलामा पति दिवसले उनलाई समय दिन भ्याएका हुदैनन् र केही वेवास्था पनि गरेका हुँदैनन् । असिस्टेन एक युवतीसंग हरपल रहिरहने दिवसको त्यो क्रियाकलाप देखि पूजा दिक्क हुन्छिन् । घरमा पुजा नभएको समय  एक दिन  सोही असिस्टेन र दिवस आएका हुन्छन् । घर आएपछी सो असिस्टेन्ट कफि बनाउन भान्छामा गएकी हुन्छिन् । अकस्मात पुजा घर आईपुग्छिन् तर असिस्टेन्ट ती युवतीलाई देखेपछी पूजा झन रिसाउछिन् ।


त्यसपछी दिवसको आग्रहमा त्यो युवतीसंग उनको परिचय हुन्छ र ती युवतीले बनाईरहेको दुई कप कफि पूजा आफैले ल्याउने निर्णय गर्छिन् । तर भान्छा पुगेपछी उनको मुड एकाएक चेन्ज हुन्छ र ती दुवै कफिमा उनले बिष मिसाई दिन्छिन् । आफ्नो पति पर स्त्रीको अगाडी झुम्मिएको देखेपछी मन थाम्न नसकेकी पूजाले नचाहादा नचाहदै पति र त्यो युवतीलाई बिष मिर्साईएको कफि पिउन दिन्छिन् र एकाएक उनीहरूको मृत्यु हुन्छ । तर पूजालाई थाहा हुदैन त्यो क्षण उनको जन्म दिन हो भनेर । आफ्ना पति र त्यो युवती मिलेर उनलाई र्सपर्राईज बर्थडे वीस गर्न लागेको कुरा उनले संगैको टेवलमा राखिएको आफ्नै नाम लेखिएको केक देखेर मात्र थाहा पाउछिन् । तर त्यो समय दिवस र ती युवतीलाई बचाउन निकै ढिलो भैसकेको हुन्छ ।


अनि जेल पर्छिन उनी  र कथा सकिन्छ त्यसै गरि । माथिका कथालाई केही आधार मानेर हेर्ने हो भने र केही तर्कहरू प्रस्तुत गर्ने हो भने कुनै युवतीको कारण पूजाको वास्तविक जिवनमा पनि दरार उत्पन्न भएको थियो । त्यही कारणले  समान्य मन मुटाव उत्पन्न भएपछी  सुरज चन्दसंग उनले छुट्टै बस्ने निर्णय गरेकी थिईन् । सुरजसंग छुट्टिएको केही अन्तरालपछी उनी आफ्नी छोरी च्यापेर अमेरिका पलायन भईन । एक मिहिनामा पूजाको क्रियाकलापहरू हेर्दा सुरजलाई अझै पनि उनी चाहान्छिन् । यसको  उदाहरण यसरी दिउँ, मंगलबार अपरान्ह उनले आफ्नो एल्बम विमोचन गरेकी थिईन् ।


सो एल्बम विमोचनमा उनका शुभचिन्तक देखि लिएर केही चलचित्रकर्मी र सञ्चाकर्मीको साथमा  छुट्टिएका भनिएका उनको  पति सुरज चन्द पनि उपस्थित  थिए । मन नपर्ने मान्छेको त अनुहार पनि हेर्न  मन लाग्दैन, उसका बोली पनि सुन्न मन लाग्दैन अझ शुभकार्यमा त्यस्ता व्यक्तिको पाईला पनि पर्न दिईदैन तर पूजाले आफ्नो त्यो खुशी साट्न सुरजलाई किन निम्ता दिएकी होलिन ? अझ फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार अमेरिकाबाट फर्किएको भोली पल्टै पुजाले सुरज चन्दसंग भेटघाट गरेकी थिईन् । यि कुराहरूलाई मूल्याकंन गर्ने हो भने पूजा र सुरजको सम्बन्धमा प्रश्न गर्ने धेरै ठाँउहरू छन् ।


के अझै पनि पूजाले सुरजलाई चाहन्छिन् ? वा छुट्टिदाको त्यो समयमा पूजाकै गल्ती थियो र पूजाले बारम्बार सुरजलाई भेटिरहेकी छिन् । अनि सुरज पनि के पूजालाई अझै चाहन्छन ?पक्कै पनि यि दुईले एक अर्कालाई  अझै पनि चाहान्छन् नभए पुजाले सुरजलाई किन बोलाउनु ? सुरज लुरूक्क पर्दै जहाँ बोलायो त्यही किन आउनु ? स्रोत:फिल्मी खबर 

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel