बलिउड बादशाह शाहरुख खान उमेरले ४५ लागे तर बढ्दो बुढेसकालसँगै किङखान जवानजस्ता पनि लाग्न थालेका छन् । उनका प्रशंसकहरुले समेत शाहरुखलाई झन-झन् तन्नेरीजस्तो देखिन लागेकोभन्दै ट्वीटरमा लेख्ने गरेका छन् । अक्सर हस्तीहरु आफ्नो लुक्सको राज बताउन मान्दैनन् वा भाग्छन् तर किङ्खानलाई यसो भन्नबाट कुनै कठिनाइ छैन ।साहरुख भन्छन् 'म निकै कम खाना खान्छु । आवश्यकताभन्दा बढी खाँदिन । यसबाहेक धेरैथोरै आराम पनि गर्छु । अरुको बारे कहिल्यै पनि नराम्रो सोच्दिन । यसकारण वर्षेनी म जवान देखिदैं गइरहेको छु ।' शाहरुखले आफ्नो फिट्नेसको राज मुम्बइमा आयोजित 'एनर्जी ड्रीँक्स'को...
मेसोमा पत्रकारसँग गफिदैं बाँडेका हुन् । शाहरुख आफ्ना लागि सन् २०१० राम्रो रहेको बताउँछन् ।
मेसोमा पत्रकारसँग गफिदैं बाँडेका हुन् । शाहरुख आफ्ना लागि सन् २०१० राम्रो रहेको बताउँछन् ।
यो वर्ष उनका दुई फिल्म 'माइ नेम इज खान' र 'दुल्हा मिल गया' प्रदर्शनमा आए । तर साहरुख साल फिल्मबाट नभएर जिन्दगीबाट राम्रो बन्ने बताउँछन् । उनी भन्छन् 'साँचो कुरा त यो हो कि साल फिल्मबाट होइन जिन्दगीबाट राम्रो हुन्छ । मेरो परिवार स्वस्थ, स्वच्छ र खुशि छ । म निकै राम्रो र आरामदायी महसुस गरिरहेको छु । आशा गर्छू कि आगामी साल पनि राम्रो र खुशिमा बित्नेछ ।'
यतिबेला साहरुख आफ्नो होमप्रोडक्सनको फिल्म 'रा.वन' समापन गर्नमा ब्यस्त छन् । भन्छन् 'फिल्ममा तीनचार दिनको सुटिङमात्र बाँकी छ । मलाई लाग्छ हामीले ठीकठाक ढंगले फिल्म बनाएका छौं । सबै परिवारलाई राम्रो लाग्ने फिल्म बनाउने कोसिस गरेको छु ।' फिल्मबाट मात्र होइन आगामी वर्षको आइपीएलमा पनि आफ्नो क्लव कोलकाता नाइट राइडस्रबाट पनि उनलाई आशा छ । स्रोत: मेरो सिनेमा