एक नेपाली गोर्खालिले देखाएको महान् बहादुरीता

मनोज अधिकारी/सन्तोष पोखरेल, पोखरा, पुस २७- मध्यरात घना जंगलमा यात्रुबाहक रेलभित्र दर्जनौं डाँकासँग एक्लै भिडेर एक गोर्खा सैनिकले देखाएको बहादुरीलाई भारत सरकारले उच्च सम्मान दिने भएको छ।चार महिनाअघि कैयौंको जिउधन जोगाएर बहादुरी देखाउने ती सिपाहीलाई भारत सरकारले उच्च कदरस्वरूप तीन सर्वोत्कृष्ट अवार्डले सम्मान गर्दैछ।पोखरा-६ बैदामका ३५ वर्षीय विष्णु श्रेष्ठ त्यस्ता बहादुर हुन्, जो भदौ १७ गते मध्यरात राँची-गोरखपुर रेलयात्राका क्रममा डाँका समूहसँग एक्लै भिडे, एउटै खुकुरीको भरमा। तीन डाँका मारिए, लुटिएका लाखौं मूल्यको धनमाल फिर्ता भयो।श्रेष्ठले धेरैलाई जीवनदान मात्र दिएनन्, बाबुआमाकै... 

`सामुन्ने डाँका समूहबाट बलात्कृत हुन लागेकी युवतीको इज्जत पनि जोगाइदिए।वीरताको बदला भारत सरकारले आफूलाई सौर्यचक्र, ब्रेभरी अवार्ड र सर्वाेत्तम जीवनरक्षा मेडलबाट सम्मान गर्न लागेको श्रेष्ठले जानकारी दिए। त्यसका लागि उनी शनिबार भारत जाँदैछन्।'ती अवार्डको औपचारिक घोषणा भारतीय स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा यही जनवरी २६ र अगस्ट १५ मा हुँदैछ,' श्रेष्ठले सोमबार नागरिकसँग भने, 'भारतमा यस्तो अवार्ड कमैले पाउँछन्।'अवार्डसँगै उनले भारत सरकारका तर्फबाट ठूलो धनराशिको पुरस्कार र विभिन्न मुलुक जाँदा हवाई तथा रेलयात्रामा विशेष सुविधासमेत पाउँदैछन्।गोर्खा रेजिमेन्ट ७/८ जिआर पल्टनमा नायक पदमा १७ वर्षदेखि सेवारत उनी स्वेच्छिक अवकास लिएर सेप्टेम्बर २ मा घर फर्कंदै थिए। उनी चढेको 'मोहरिया एक्सप्रेस' को रेलमा मध्यरात जंगलमा डाँका समूहले भीषण डकैती गर्‍यो।राँची-गोरखपुर चल्ने उक्त रेल छुटेको चार घन्टापछि राति १२ बजे पश्चिम बंगालको चित्रगन जंगल आइपुग्दा करिब ४० जनाको डाँका समूहले रोकेर लुटपाट मच्चायो। सबै यात्रुबाट एकेक गरी गहना, मोबाइल, नगद, ल्यापटपलगायत धनमाल लुटेको उनी टुलुटुलु हेरिरहे। तर, आफ्ना कुनै सामान दिएनन्।जब डाँकाहरूले जबर्जस्ती कपडा उतार्न थालेपछि बाबुआमासँगै रहेकी १८ वर्षीया युवतीले गुहार मागिन्, त्यसपछि उनले मन थाम्न सकेनन्। एक्लै खुकुरीको सहाराले डाँकासँग भिड्न थाले।उनले सुरुमा एकजनालाई कब्जामा लिएर खुकुरीको सहारामा अरूमाथि आक्रमण गरेका थिए। 


एक-एक गर्दै तीनजनालाई मारेर अन्य आठजनालाई घाइते बनाएपछि अरू डाँका भागेको उनले सुनाए। त्यस क्रममा डाँकाको खुँडा प्रहारबाट उनको बायाँहातमा गहिरो चोट लाग्यो भने युवतीको गर्धनमा समेत खुँडाले सामान्य चोट पुर्‍यायो।झारखण्ड राज्यको नक्सलवादी प्रभावित उक्त क्षेत्रमा रेल सेवामाथि पटकपटक यस्ता डकैतीका घटना हुने गरेका छन्। 'तिनैमध्येका पेशेवर डाँका समूहले दाप, खुँडा र पेस्तोल देखाएर उक्त रेलका यात्रुमाथि डकैती गर्‍यो,' श्रेष्ठले भने, 'उनीहरूतर्फ ज्यान जाँदा पनि गोली चलाएनन्, सायद पेस्तोल नक्कली हुन सक्छ।'२० मिनेट रक्तपातपूर्ण भिडन्तपछि डाँका समूह तितिरबितर भएको थियो। रेल चित्ररन्जन स्टेसन पुग्दा श्रेष्ठलाई लिन प्रहरी र सञ्चारकर्मी पुगे। रेल यात्रुका ४ लाख रुपैयाँ नगद, ४० थान सुनका सिक्री र औंठी, २ सय थान मोबाइल सेट, ४० थान ल्यापटपलगायत धनमाल प्रहरीले फेला पारेको थियो। त्यसमध्ये घाइते अवस्थाका आठ डाँकालाई प्रहरीले समात्यो।प्रहरीले हातमा चोट लागेका श्रेष्ठलाई उपचारका लागि सुरक्षासहित तत्काल रेलवे अस्पताल पुर्‍यायो। 


भारतका प्राय सञ्चारमाध्यमले पनि उनलाई पछ्याए। श्रेष्ठका घाइते अवस्थाको फोटो र बहादुरीको वर्णनसहितका समाचार टाइम्स अफ इन्डिया, हिन्दुस्तान टाइम्स, दैनिक भाष्कर, स्टार न्युजलगायत सञ्चारमाध्यममा प्राथमिकतासाथ प्रकाशन-प्रसारण भयो। एमबिबिएस अध्ययन गर्न हिँडेकी छोरीलाई आफ्नै आँखाअगाडि बलात्कार हुनबाट जोगाएबापत युवतीका बाबुआमाले श्रेष्ठलाई ३ लाख रुपैयाँ इमान दिने तत्कालै घोषणा गरेका थिए। यद्यपि, उनले त्यो पाइसकेका छैनन्। घटनायता उनीहरूसँग श्रेष्ठको भेट हुन पाएको छैन।'हातको गहिरो चोटले नशामा समेत असर गरेपछि तेस्रोपटक कमान्ड अस्पताल कोलकातामा दुई महिना नसासम्बन्धी उपचार गराएपछि निको भयो,' श्रेष्ठले भने।गोर्खाली सिपाहीको बहादुरीलाई उच्च मूल्यांकन गर्दै भारत सरकारले उनको अवकास रद्द गरी पुनर्बहाली गरेको छ। 


एकमहिने घरबिदामा पोखरा रहेका उनलाई नेपाल आउँदा र फर्कँदा भारत सरकारका तर्फबाट दुई सुरक्षागार्ड उपलब्ध गराइएको छ।श्रेष्ठलाई पल्टनले तत्कालै ५० हजार नगद पुरस्कारले सम्मान गरिसकेको छ। भारत सरकारको औपचारिक सम्मानपछि उनले बढुवासमेत पाउनेछन्।'१७ वर्षे सेवाअवधिमा कैयन् लडाइँ लडे पनि यस्तो भिडन्त झेलेको थिइनँ,' उनले भने, 'अहिले पनि उक्त घटना सपनाजस्तै लागिरहेछ।'डाँका समूहसँगको साहसिक भिडन्तलाई उनी मानवीय कर्तव्य भन्न रुचाउँछन्। 'त्यो अवस्था सहन सक्ने खालको थिएन, ती डाँकालाई मुला काटेजस्तो कसैको ढाड, छाती, घाँटीमा खुकुरीले छप्काएँ,' उनले भने, 'गोर्खालीको चिनो खुकुरी भएपछि साँच्चै बहादुर हुन सकिने रहेछ। त्यो नहुँदो हो त केही उपाय थिएन।'विष्णुका बाबु गोपाल पनि भारतीय सोही पल्टनबाट २०२८ सालमा अवकासप्राप्त सिपाही हुन्। विष्णु बाबुकै प्रेरणाले सिलोङ पुगेर सिपाहीमा भर्ना भएका थिए। उनका एकमात्र भाइ रमेश पनि १३ वर्षदेखि सोही पल्टनमा छन्।श्रेष्ठलाई पोखरास्थित 'मितेरी आमा समूहले' हालै पोखरामा सम्मान गरेर स्वदेशमा सम्मानको सुरुआत गरेको छ। स्रोत: नागरिक न्युज 

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel