हास्य कलाकार दिपक र दिपाको जमेको जोडी

विवाह गर्ने होइन ? दीपाश्री बोलिन्- 'ला फेरि विवाह गर्नु ? हाम्रो त विवाह भैसक्यो ।' छेवैमा रहेका दीपक गम्भीर भए- 'सबैलाई हाम्रो  विवाहकै चिन्ता छ ।' 'नहोस् पनि किन ?' 'तीतो सत्यमार्फत आठ वर्षदेखि सबै नेपालीलाई श्रीमान्-श्रीमती भन्ने अनि विवाहचाहिँ नगर्ने ?  कसले भन्यो हामीले विवाह गरेका छैनौं भनेर,' दीपकले भने- 'विवाह त गरेकै हो ।' दीपालाई मन पराएकै कारण दीपक उनको हात माग्न गएका रहेछन्, दीपाले पनि सहमति जनाएपछि यी प्रेमीले विवाह गरेर सुहागरात  मनाएका रहेछन् । 'हो, हामीले सुहागरात मनाइसकेकै हो,' दीपक र दीपाले संयुक्त रूपमा भने- 'चलचित्र सुन्दर मेरो नाममा ।' लामो हाँसो  गुन्जियो... 
। जिन्दगीको यो मोडमा आएर दीपक र दीपा आफ्नो सम्बन्धलाई नारायणगोपालको एउटा गीतसँग दाँज्छन् ।'जहाँ वरले पीपल अँगालेर बस्छ, तिम्रो हाम्रो साइनो त्यतैतिर खोज ।'
समाजले विवाहको ट्याग खोज्छ, जुन उनीहरूसँग छैन, तर कतै प्रेम पनि छैन कि ? जिज्ञासामा दुवै भावुक हुन्छन्, प्रेम नहुँदो हो त यति  लामो सहकार्य सम्भव छ र ? वास्तवमा दीपक र दीपा आकर्षक मित्रताका उदाहरण हुन्, यो मित्रतालाई उनीहरूले समर्पण भन्न रुचाउँछन्,  आत्मीय प्रेमको नाम दिन्छन् । 

कसरी यो जोडी टिकेको छ त ? दीपक भन्छन्- 'पहिलो कारण त लिंग नै हो, म पुरुष र उहाँ महिला नभैदिएको भए सायद निरन्तरता दिन  गाह्रो हुन्थ्यो, पुरुष मनले सोच्दा दीपा महिला भएकाले जतिसुकै लोकप्रिय हुँदा मलाई अप्ठयारो पर्दैन, यही वास्तविकता दीपामा पनि लागू  हुन्छ । अर्को कारण पैसा हो, पैसामा हामी प्रस्ट छौं, एक-एक पैसाको हिसाब-किताब छ ।' 

मन, पेसा र पैसाको उदाहरण दिए पनि नेपाली समाज दीपक र दीपाको सम्बन्धको यथार्थ खोज्न चाहिरहेको छ । 'उत्तर हो वा होइनमा म  जवाफ दिन सक्दिनँ,' दीपक भन्छन्- 'प्रेम त छ तर यसलाई बढी शंकालु दृष्टिकोणले हेरिएको मात्र हो ।' कुनै एउटा घटनामा एक वृद्धले  उनीहरूलाई भनेछन्- 'नानीहरू, राम्रा छौं, बूढा-बूढी रै'छौं, राम्रोसँग मिलेर काम गर्नु है,' बूढाका ती भनाइले उनीहरू चकित खाए र  स्पष्टीकरण दिँदै भने, 'होइन बा, हामी श्रीमान्-श्रीमती होइनौं,' बूढा एकाएक रन्किए— 'झूट बोल्छौ, बूढो मानिससँग जिस्कने ।'  दीपक र  दीपाले आफ्ना सम्बन्धका बारेमा हरेक अन्तर्वार्तामा जवाफ दिँदै हिँड्नुपरेको छ । दीपक भन्छन्- 'अन्तर्वार्ता दिँदा भावनात्मक वा हँस्यौली  कुन जवाफ दिने भन्ने कुरा आउँछ । हामी दुईबीच आकर्षण छ, माया-प्रेम छ, एक प्रकारको सम्बन्धको अनुभूति पनि छ, तर त्यो अनुशासित  छ ।दीपक र दीपाले हाँस्दै भने- 'सधैं सँगै हिँड्ने नाममा सम्बन्धमा शंका नै गर्ने हो भने मदन दाइ र हरि दाइलाई तेस्रोलिंगी भन्ने त ? उहाँहरू  त खुसी हुँदा अँगालो मार्न सक्नुहुन्छ, हामी त त्यसो पनि गर्न सक्दैनौं ।' दीपाको के मन पर्छ ? दीपकले भने- 'उहाँ राम्री हुनुहुन्छ, उहाँको हाँसो मन पर्छ, बोली मन पर्छ, कामप्रतिको समर्पण मन पर्छ ।' अनि तपाईंलाई नि ? दीपाले भनिन्- 'दीपकको राम्रो मात्र होइन, नराम्रो बानी  पनि मलाई मन पर्छ, ऊ अल्छी छ, मलाई त्यहि मन पर्छ, ऊ व्यावहारिक छ, विवेकशील छ त्यो मन पर्छ । एक-अर्कालाई मन पराउनेहरूले  सम्बन्धको सहारा लिए हुन्न र ? दीपकले हाँस्दै भने- 'मेरो पुरुष मन दीपालाई देख्दा दीपासँग लहसिन खोज्छ, तर चाहना र मन पराएका  सबै कुरा पाइँदैन भन्ने मैले बुझेको छु ।' दीपक थुप्रै पटक दीपाको घर विराटनगर पुगेका छन् । ससुराली गएजस्तो अनुभूति हुँदैन ? दीपक  भन्छन्- 'उहाँको घर जाँदा मैले ससुराली गएको अनुभूति गर्नै पर्दैन, त्यहाँ भेटिनेहरूले आफैं ससुराली आएको भनेर जिस्क्याउँछन् । 

सुटिङका क्रममा धेरै पटक दीपा र दीपक साथै सुतेका छन् ? दीपा भन्छिन्, कतिपय साथीहरू त आज यिनीहरूको बेड सिन छ कि छैन  भनेर कुर्छन् रे । दीपक थप्छन्, 'हामी असहज ढंगले होइन, सहज ढंगले नै बेड सिन दिइरहेका हुन्छौं ।' माया श्रीमतीको बढी लाग्छ कि  दीपाको ? दीपकले भने- '३ करोड नेपालीको दीपकराज गिरीलाई श्रीमतीको र कलाकार दीपकलाई दीपाको माया लाग्छ । दीपासँग फेरि सोधियो, विवाह नगर्ने ? दीपाले भनिन्- 'म भाग्यमा विश्वास गर्ने भएकाले विवाह हुन सक्दैन भन्न सक्दिनँ । दीपकसँग विवाह  भैदिए हुन्थ्यो जस्तो लाग्छ ? 'लाग्छ, किनभने ऊ मायालु छ, राम्रो साथी हो, उसको हरेक व्यवहार मन पर्छ, म उसको नराम्रो बानीमा समेत  अभ्यस्त भैसकेकी छु । दीपक मेरा लागि अभिन्न छ ।' दीपककै कारण विवाह नभएको हो कि ? दीपाले भनिन्- 'दीपकका कारण भएन भन्दा  पनि सबैभन्दा मुख्य कुरा म हो नि, मैले कस्तो मानिससँग विवाह गर्ने  भन्ने कुरा हो ।' दीपाका अनुसार उनलाई दीपकजस्तै श्रीमान्  चाहिएको छ, त्यो पाइएन भने दीपकलाई नै साथीका रूपमा लिएर उनी बाँकी जीवन बिताउन तयार छिन् । दीपाले भनिन्, 'म अहिलेकै  जीवनमा सन्तुष्ट छु ।'

कुनै दिन तपाईंहरूको विवाह भएको खबर सुनियो भने ? दीपकले भने- 'विवाह भएको खण्डमा तपाईंलाई चिया खान बोलाउँला र दुइटी  स्वास्नी पाल्न गाह्रो रहेछ भनेर खर्च मागौंला ।' दीपाले भनिन्- 'यसमा सम्भावना ५० प्रतिशत भएकाले त्यो बेला फेरि जवाफ दिउँला ।'एकअर्काका बारेमा दीपक र दीपा 

दीपक र दीपाको भेट १५ वर्षअघि रेडियो नेपालमा भएको थियो । दीपक रेडियो नाटकका कलाकार दीपाश्री टेलिश्रृंखलाकी नायिका उनीहरू  फरक धारका व्यक्ति थिए । 'मैले पहिलो पटक देख्दा यो केटी मधेसी मूलकी रै'छे जस्तो लागेको थियो,' तत्कालीन टेलिश्रृंखला अग्निपथकी  चर्चित अभिनेत्री दीपाश्रीलाई मधेसी चरित्रमा देखेका दीपकले भने- 'पहिलो पटक मदनदास श्रेष्ठले नाटक खेल्न बोलाउँदा दीपा रिजर्भ  टाइपकि घमन्डी केटी रै' छ जस्तो लाग्यो ।'

तपाईंले पहिलो पटक देख्दा कस्तो दीपक देख्नुभएको थियो नि ? दीपाश्रीले भनिन्- 'ख्याउटे केटो, लामो पाइन्ट लगाएको, चुस्स दार्‍ही पालेको, राजेश हमालको डुप्लिकेट भएर हिँड्न रुचाउने दीपक दे खेको हो ।' रेडियो नाटक गर्ने क्रममा यो जोडीले एक-अर्कालाई बुझ्ने अवसर पाए । 

'घमन्डी भनेकी केटी त पूरै अपोजिट निस्किई,' दीपकले भने- 'झन् बढी बोल्नुपर्ने, हाँसखेल गर्नुपर्ने बिन्दास केटी पो रै छ' हेर्दा पंक्सजस्तो  लुक बनाएर हिँडे पनि दीपाले पनि दीपकको चरित्रमा उल्टोपन पाएको बताइन् । 'सुरुवातमै नारीसँग कसरी प्रस्तुत हुनुपर्छ कुरा भन्ने यो के टालाई थाहा रहेछ जस्तो लाग्यो,' दीपाले सम्झिइन्- 'तर दीपकको व्यवहार डेढ दशक लामो यात्रामा परिवर्तन नभएको देख्दा ऊ साँच्चै नै  राम्रो मानिस हो भनेर ठोकुवा गर्न सक्छु ।' 

रामविलास अर्थात दीपकराज गिरी रेडियो कार्यक्रम रामविलास-धनियाँका हिरो, अनि धनियाँ अर्थात् दीपाश्री निरौला, त्यही कार्यक्रमकी हिरोइन,  उनीहरूलाई जोडीका रूपमा बाँध्न उक्त कार्यक्रम सफल भएको हो । रेडियो कार्यक्रम सञ्चालन गर्ने क्रममा मधेसको रामविलास बनेर  कल्पनामा आधारित प्रेमकथा बुन्ने दीपकराजलाई रेडियोका हजारौं श्रोताले तिम्री धनियाँ कहाँ छे भनेर सोधे, जसका कारण उनी कल्पनाकी  धनियाँ खोज्न निस्किए । अग्निपथकी मधेसी नायिका दीपाश्री सोच्ने मौका मागेर धनियाँ बन्न सहमत भइन्, त्यसपछि निरन्तर चार वर्ष  उनीहरू चर्चित रामविलास र धनियाँ पात्रका रूपमा देखा परे । दीपा भन्छिन्- 'दीपकको सिर्जनशील क्षमताले मलाई प्रभावित तुल्याएको  थियो ।' सात महिना एक्लै कार्यक्रम चलाएका दीपकले पनि दीपासँगको सहकार्यमै अघि बढ्न सकिने यथार्थ बुझेको बताए । 'रेडियो कार्यक्रममा हिट भए पनि दुवैको लक्ष्य अनुहार नै लोकप्रिय बनाउने थियो,' दीपक र दीपाले भने- 'हामी टेलिभिजनमा पनि यसरी नै  हिट हुने लक्ष्यका साथ बढेका थियौं, तर भनेजस्तो सजिलो थिएन । टेलिभिजनमा मह र सन्तोष पन्त मात्र कलाकार हुन भन्ने धङधङीका  कारण उनीहरूले अवसर पाउन गाह्रो थियो । 'दोस्रो पुस्तालाई पत्याउने आधार पनि थिएन,' दीपकले भने- 'टेलिश्रृंखलाको डमी बनाउन  लगाइन्थ्यो, अनि डस्टबिनमा फ्यालिन्थ्यो ।' दीपक र दीपाले चार वर्षसम्म यो संघर्ष गरे । 'मानिसहरूले रामविलास र धनियाँ भनेर चिन्थे'  दीपाले भनिन्- 'तर टेलिभिजनमा मौका पाउन हाम्रो उक्त परिचय पर्याप्त भएन ।' यसबीच केही समय दीपाश्री केही चलचित्रमा नायिकाका  रूपमा समेत देखा परिन् भने दीपक सानो-सानो जुँगा राखेर ड्राइभर वा भान्छेको चरित्रमा नायकको पछाडि दौडिने जोकरका रूपमा देखा  परे । दीपकका अनुसार यो जोडीले गाईजात्रामार्फत हास्यप्रस्तुति दिने जमर्को पनि गर्‍यो । फरक धारबाट हिट हुन दुवैल फेरि नेपाल टे लिभिजनको ढोका ढकढकाए । 

बारम्बार टेलिभिजनमा डमी सिरियल लिएर जाने दीपक र दीपाको प्रस्ताव डस्टबिनमै सीमित भयो । 'मलाई डमी डाइरेक्टरको ट्याग दिइयो,'  दीपकले भने- '६ महिनामा एउटा डमी बुझाउने हिसाबले झन्डै ७ वटा डमी कार्यक्रम बुझाएँ ।' ०५७ सालताका नेपाल टेलिभिजनमा  शम्भुजित बास्कोटाको प्रवेश दीपक र दीपाको जोडीका निम्ति टर्निङ प्वाइन्ट बन्यो । शम्भुजितले तत्कालीन डिजिएमलाई उनीहरूमा प्रतिभा  छ, मौका दिनुहोस् भनेपछि दीपक फेरि हास्यश्रृंखलाको डमी बोकेर दीपक टेलिभिजनमा पुगे । 'शम्भुजित दाइले रामविलास धनियाँ नै बनाउने  कि भन्नुभयो,' दीपक सम्झन्छन्- 'तर हाम्रो महत्वाकांक्षा रामविलास धनियाँबाट पूरा हुने थिएन, त्यसैले अर्को कुनै नाममा हास्यश्रृंखला प्रस्तुत  गर्ने बताए ।' शम्भुजितले नै जुराइदिएको 'तीतो सत्य' शीर्षकको टेलिश्रंृखलाले उनीहरूलाई हास्यकलाकारको ट्याग लगाइदियो ।

तीतो सत्यको डमी पनि पाँच महिनासम्म प्रसारण नहुँदा उनीहरू चिन्तित थिए, तर एक दिन टेलिभिजनले ०६० साल भदौ ४ गतेदेखि तीतो  सत्य प्रसारण हुने सूचना दियो । 'हामी दुवै त्यो दिन रोयौं,' भन्दै दीपाश्रीले रुदै भनिन्- 'त्यो हामीले आफ्नो प्रतिभा देखाउने मौका पायौं भन्ने  खुसी थियो ।' धेरैले यो कार्यक्रम १० भागसम्म मात्र चल्छ भनेका थिए, तर तीतो सत्य ७ भागमै नेपालभर लोकप्रिय भएपछि १० भागमै  सीमित हुन्छ भन्नेहरू पनि चकित भए । हामीले यो सफलतालाई दर्शकको माया र आफ्नो भाग्यका रूपमा लियौं, दीपाले भनिन्- 'त्यसपछि  निरन्तर मेहनत गर्ने प्रतिबद्धता पनि जाहेर गर्‍यौं । 

तीतो सत्य अहिले ८ वर्ष पुग्न लागेको छ । ३ सय ९० भाग प्रसारण भैसकेको तीतो सत्यको निरन्तरताले अब दीपक र दीपा एक-अर्काका  लागि पनि परिपूरक बनिसकेका छन् । 'केही वर्ष अघिसम्म म एक्लै कार्यक्रम गर्थें,' दीपक भन्छन्, 'तर अब त्यो सम्भव छैन, दुई जनाकै  डिमान्ड आउँछ, एकाध कार्यक्रममा एक्लै हुँदा जोडी नभएकामा खल्लो महसुस हुन्छ ।'

दीपक र दीपाश्रीले विवाह गरे भने तपाईंको प्रतिक्रिया

यो विषयमा कसरी बोलौं खै ! उहाँहरूको अनस्क्रिन जोडी त असाध्यै मिलेको छ । उहाँहरूको जोडी मिलेकैले तीतो सत्य अत्यन्त लोकप्रिय  छ, तर व्यवहारिकता आफ्नो ठाउँमा हुन्छ । पर्दामा जोडी मिल्यो भन्दैमा वास्तविक जीवनमा पनि जोडी नै बाँधिनुपर्छ भन्ने हुँदैन । दीपकजी  विवाहित हुनुहुन्छ । उहाँले दोस्रो विवाह गर्न कानुनी रूपले नै मिल्दैन । कतिपय सम्बन्ध मित्रतामै सीमित राख्नुपर्छ । मलाई लाग्छ, उहाँहरूले  यही गरिरहनु भएको छ । 

रामकृष्ण ढकाल (गायक)

हाँसो... रमाइलो प्रश्न । समाजका दृष्टिकोणले हेर्ने हो भने यो कुरा असम्भव नै छ, किनभने दीपक दाइ पहिलेदेखि नै विवाहित हुनुहुन्छ ।  तपाईंले भन्नुभएजस्तो उहाँहरूले विवाह नै गर्नुभयो भने मलाई चाहिं भोलिको दिन याद आउनेछ । म उहाँहरूको भावी सन्तान कस्तो होला  भन्ने कल्पना गर्दैछु । 
प्रसन्न पौडेल (निर्देशक)
'ह्याप्पी एन्ड पर्फेक्ट कपल,' मेरो पहिलो प्रतिक्रिया यही नै हुनेछ । उहाँहरूसँगै काम गरिरहनुभएको छ, दर्शकले उहाँहरूको जोडीलाई मन  पराइरहनुभएको छ । एक-अर्कालाई नजिकबाट चिन्नुहुन्छ । योभन्दा सुखद कुरा हुनै सक्दैन जस्तो लाग्छ । 
रुबी भट्टराई (नायिका)
हा हा हा...यदि उहाँहरूको विवाह भयो भने सर्वप्रथम त म मुरी-मुरी शुभकामना दिन्छु । त्यसै पनि 'तीतो सत्य' का लागि त उहाँहरूले  विवाह गरेजस्तै नै छ, अर्थात् रिहर्सल भैसकेकै स्थिति हो अब, फाइनल टेक मात्र त बाँकी हो नि ! 
जितु नेपाल (हास्यकलाकार)
ओहो... उहाँहरू विवाह नगर्दै पर्फेक्ट कपल हुनुहुन्छ । झन् विवाह गरेर सँगै बस्न थाल्नुभयो भने त गजबै हुन्छ । अभिनय, हाउभाउ, कमेडी  सबै कुरा सुहाएको छ, विवाह भयो भने उहाँहरूको जस्तो मिलेको जोडी कसैको हुनेछैन । सुनिलसिंह ठकुरी (गायक) 
स्रोत: कान्तिपुर  

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel