काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारदेखि पूर्वराजाका तस्विर भएका नोट कारोबार नगर्न सर्बसाधारणलाई आग्रह गरेको छ । मुलुक गणतन्त्रमा प्रवेश गरेपछि पूर्वराजाका तस्विर भएका नोट हटाउने निर्णयअनुसार त्यस्ता नोट चलनचल्तीमा नल्याउन राष्ट्र बैंकले आग्रह गरेको हो ।पूर्वराजाका तस्विर भएका र पुराना झुत्रा नोटहरु तोकिएका बैंकहरुबाट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले मुलुकभरका बैंकहरुमा १ सय ४ वटा सटही काउन्टर स्थापना गरिसकेको छ ।राष्ट्र बैंकसहित सरकारी बैंक र नोटकोषको कारोबार गर्ने निजी बैंकहरुमा त्यस्ता नोट साट्न सकिने राष्ट्र बैंकका डेपुटी गभर्नर गोपाल काफ्लेले जानकारी दिनुभयो । राष्ट्रिय...
वाणिज्य बैंकको शाखा थापाथली र नेपाल बैंकका देशभरका शाखाहरुबाट नोट साट्न सकिने उहाँले बताउनुभयो ।
वाणिज्य बैंकको शाखा थापाथली र नेपाल बैंकका देशभरका शाखाहरुबाट नोट साट्न सकिने उहाँले बताउनुभयो ।
यसैगरी एभरेस्ट बैंक, नेपाल बंगलादेश बैंक र ग्लोबल बैंकबाट पनि नोट साट्न सकिने छ । नोट साट्दा कुनै शुल्क तिर्नु नपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ । पूर्वराजाका तस्विर भएका नोट दिएर सगरमाथाको तस्विर भएको नोट लिन सकिन्छ ।
पूर्वराजाका तस्विर अंकित नोट नचल्ने भन्ने हल्लामा विश्वास नगर्न राष्ट्र बैंकले सबैलाई आग्रह गरेको छ । राजाका तस्विर भएका नोट चैत्र १ गतेदेखि कारोबार नगरिए पनि आफूसँग भएका नोट तोकिएका स्थानमा सजिलै साट्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
पूर्वराजाका तस्विर भएका झण्डै १० अर्ब रुपैयाँ बराबरका नोटहरु बजारमा रहेको राष्ट्र बैंकको भनाई छ ।
'तोकिएका सटही काउन्टरमा नोट साट्न सकिन्छ'
स्रोत: अनलाइनखबर
'तोकिएका सटही काउन्टरमा नोट साट्न सकिन्छ'
स्रोत: अनलाइनखबर