मेरी प्यारी नेपाल आमा,
समयको परिस्थिती र जिन्दगीको परिवेस सगै तिम्रो न्यानो मायाको काख बाट चट्टक्कै अलग्गिएर आँखा भरी आशुर पुस्दै मुटु भरी माया सँगालेर कोलाहल भिड र मानब सँघर्ष गर्दै अनी कती दु:ख, कष्ठ र हन्डहर खाँदै आज यो सात समुद्र पारी बाट नेपाल आमा तिमीलाई अनी तिम्रो न्यानो मायाको स्नेहालाई सम्झदै तिमी समक्ष्य २ शब्द भएपनी यो इन्टर नेटलाई साहारा बनाइ तिम्रो सामु पुर्याउने कोशीस गरेको छु। नेपाल आमा: गल्ती तिम्रो होइन नत मेरोनै हो केवल यो त समयको खेल हो अनी बाध्यता र परिस्थितीको सँगम हो । बिगत ४ बर्ष देखिको तिम्रो न्यानो काखको स्पर्ध नपाउदा यो मनलाई कती दु:ख भएको हुदो हो अनी त्यसरीनै तिमीलाई पनि आफ्नो सन्तान सात समुद्र पारी यसरी तड्पिएर बसेको सुन्दा कती तिम्रो मन रुदो हो। खै आमा आज-भोली भन्दै ४ बर्ष पनि बिती सक्यो। घर फर्कन पनि सकिएको छैन। नत पैसानै कमाउन सकियो आमा।...
मरुभुमिमा सँघर्ष गर्दा-गर्दा जिन्दगी नै थाकी सक्यो तैपनि आफ्नो सपना केवल सपना मै मात्र सिमित रहयो बिपना कहिल्यै पनि हुनसकेन। नत आमा तिम्रो इच्छा र आकान्क्षा नै पुरा गर्न सके।
अनी आमा म सुन्दै छु, त्यहाँ भएका जान्ने जेठा बाठा सन्तानहरुले पनि तिमीलाई धेरै दु:ख दिई रहेका छनरे! कहिले राज तन्त्र, कहिले लोक तन्त्र, कहिले प्रजातन्त्र त कहिले जात-जाती तन्त्र जस्ता बिध्वङस राजनिती र षड्यन्त्र गरी तिमीलाई खत्तम बनाउने जाल बुन्दै छन रे! धर्मको नाम मा कलङ्को टिका लागाउदै छन रे!सभासदहरु सम्बिधान बनाउछौ भन्दै आमाको थैलिको पैसा भत्ता र तलब खाँदै महँगो र चिल्ला-चिल्ला गाडीमा दगुर्दै भाषण छाट्दै हिड्छनरे! आफ्नो पास्पोर्ट पनि दुरुपयोग गरी अरुलाई नै भाडामा दिन्छनरे! अनी मन्त्री र केही पार्टी का सान्सदहरु कुर्शिको खुट्टा तानातान गर्छनरे!अनी सुन्दै छु आमा ति सुमधुर भाकामा सुसेली हाल्ने कोइलिले पनि बन जङल मासिनाले आफ्नो बास छोडेर अन्तै बसै सर्दैछेरे! खोला, नाला अनी पधेरोको पानी पिउन लाई पनि भारत र चाइना को अनुमती लिनुपर्छरे आमा !
विश्वको अग्लो शिखर भनेर चिनिने सगरमाथा पनि दिन्दिनै पग्लिएर होचिदै गैरहेको छरे! शान्तिका दुत गौतम बुध्धका अर्थी र उपदेश पनि अब गाली र गलौज बन्दैगा छन रे! धर्म र सस्क्रिती पनि लोप हुदैगा छन रे! नेपाली पोशाक दौरा र सुरुवाल अनी चौबन्दी चोली पनि बिदेसी फेसन मा परिवर्तन भा छन रे! त्यो तल्लो घरे साइलो पनि साइलिको भट्टी छोडेर डिस्को र बारमा मा पो जाना थाल्यो रे! अनी सुन्दै छु आमा डल्लीले पनि अब त नाइटो तिर टाटू र छोटा जिन्स पेन्ट लगएर नाइटो देखौदै हिड्छेरे! दाजु भाईहरु आफु-आफुमा नै झै-झगडा गरी खुनको पोखरी बनाउन तम्सी रहेका छन रे! बाटो र सडक मा टायर बालेर चक्का जाम र हट्ताल गर्दै हिड्छन रे !
अब नेपाल आमा यो त अतिनै भयो अब तिमीले पनि आफ्नो सुरक्षा आँफै गर्ने बेला आएको छ । अब तिमी पनि नेपाल आमा कम्मरमा पटुकी कसेर अगाडि बढ्ने बेला आएको छ, हातमा खुकुरी बोकेर आत्मा सुरक्षा गर्ने बेला आएको छ नत्र बिदेसी सक्तिले पनि भाई फुटे गवार लुटे भन्दै आफ्नो सक्ती पर्योग गर्ने छन। फेरी एक पटक ति तिम्रा वीर सन्तानहरु बलभद्र, भिमसेन , अमरसिङ, गौतम बुध्ध जनक, र सिता जस्ता सन्तान जन्माउने कोशीस गर! नत्र भने जसरी गंगाटाका बच्चाहरुले आमालाई खाएर खोक्रो बनाउदछन त्यसरीनै तिमीलाई पनि नेपाल आमा खोक्रो बनाउने छन! हो नेपाल आमा तिमीलाई ध्वस्त पार्ने छन।
अब त नेपाल आमा गन्थन गर्दा-गर्दै पत्र पनि लामो भए जस्तो छ। फेरी पछी अर्को पत्रमा भेट्दै गरुला। अहिलेलाई यतिकैमा हजुरकोको कोमल चरणमा ढोग गर्दै बिदा हुनचाहन्छु। जय होस् ! बिजय होस् ! नेपाल आमा तिम्रो सधैं !
उही पर्देशी छोरा
नमस्ते संसार