अमेरिका, बेलायत र फ्रान्सको गठबन्धन फौजले लिवियाका नेता कर्णेल मुम्मर गद्दाफीका समर्थक फौज बिरुद्ध संयुक्त सैन्य कारवाही सुरु गरेका छन् ।उडान निषेधित घोषणा गरिएको राष्ट्र संघीय निर्णयलाई लागु गराउन आक्रमण गरिएको बताइएको छ ।बीबीसीका अनुसार अमेरिकी रक्षा मन्त्रालयले अमेरिकी र बेलायती फौजले १ सय १० वटा मिसाइल गद्दाफी समर्थक फौजमाथी प्रहार गरिएको जनाएको छ । गद्दाफीको फौजले राष्ट्र संघको उडान निषेधित क्षेत्र घोषणाको अबज्ञा गर्दै बिद्रोहीहरुको पकडमा रहेको बेङ्गाजी क्षेत्रमा शुक्रबारदेखि हवाइ तथा थल आक्रमण सुरु गरेको थियो ।कर्णेल गद्दाफीले भने संयुक्त फौजको आक्रमणको प्रतिरोध गर्ने उल्लेख गर्दै
आम जनताका लागि हतियार भण्डार खुला गरिने बताएका छन् ।
आम जनताका लागि हतियार भण्डार खुला गरिने बताएका छन् ।
संयुक्त फौजले लिवियाको राजधानी ट्रिपोली र मिसताराका हवाइ सुरक्षा अखडाहरुमा प्रहार गरिएको थियो ।
एक सैनिक प्रबक्ताका अनुसार फ्रेञ्च लडाकु विमानले पहिलो पटक लिवियाको सैनिक अखडामा आक्रमण गरेको र त्यसबाट सैनिक सवारीहरु ध्वस्त भएको बताए । बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले बेलायती लडाकु विमानहरुले लिवियामाथि आक्रमण गरिरहेको पुष्टि गरेका छन् ।
४२ बर्षदेखि शासन गरिरहेको कर्णेल गद्दाफीको बिरुद्धमा करिव एक महिना अघि लिवियामा बिद्रोह सुरु भएको थियो । विद्रोहीहरुले राजधानी ट्रिपोली बाहेक प्रमुख शहरहरु कब्जामा लिएका थिए । तर, बिस्तारै पुन गद्दापी समर्थक फौजले ति सहरहरु लिने क्रम सुरु गरेको थियो । यही प्रयासमा शनिबार गद्दाफी समर्थक फौजले बेङ्गाजीमा आक्रमण सुरु गरेका थिए ।
राष्ट्रसंघले आफ्नै नागरिक माथी दमन नगर्न चेतावनी दिंदै आएको थियो । लिवियालाई उठान निषेधित क्षेत्रको रुपमासमेत घोषणा गरिएका थिए । सुरु देखि नै विद्रोहीहरु प्रति कडा रबैया अपनाउँदै आएका गद्दाफीले राष्ट्रसंघीय चेतावनीकोसमेत कुनै पर्वाह नगरी दमन गरिरहेको थियो । लिवियाको सरकारी टेलीभिजनले गठबन्धन फौजको आक्रमणमा ४७ जना मारिएको जनाकएको बीवीसीले उल्लेख गरेको छ ।















Nepalese Rupee Converter
