-अस्ट्रेलियाले जित्छ। किनभने, यो टिम सन्तुलित छ। उसको बलिङ्, ब्याटिङ् र फिल्डिङ् तीनै पक्ष राम्रो छ।-भारतले जित्छ। भारतीय टिममा सचिन तेन्दुलकर छन्। र, सबै खेलाडी 'र्फम'मा देखिन्छन्।-श्रीलंका नै यसपटकको विश्व च्याम्पियन बन्छ। किनभने, संगाकाराजस्ता कप्तान, तिलकरत्ने दिल्सान, माहेलाजयवर्द्धनेजस्ता विस्फोटक ब्याट्सम्यान र बलिङ्तर्फ मुरलीधरन र मालिंगा चम्केपछि कसको के लाग्छ र?-दक्षिण अपि|काले जित्छ। किनभने, यो टिम ज्यादै सन्तुलित छ। साथै, सधैँ अभागी टिमका रूपमा चित्रित हुन चाहन्न।नेपालसँगको कुराकानीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, प्रशिक्षक जगत
टमाटा, अभिनेत्री ऋचा शर्मा र व्यवसायी सौरभ ज्योतिले क्रिकेटका बारेमा यस्तै यस्तै आकलन गरेका छन्। यी क्रिकेटप्रेमीमध्ये कसको आकलन सही ठहरन्िछ, त्यो हेर्न अझ केही साता कुर्नैपर्छ। तर, विश्वकप क्रिकेटको पहिलो चरणका खेल समाप्त हुनै लाग्दा यसका बारेमा अनुमान गर्ने र विभिन्न निचोड निकाल्ने क्रिकेट पारखीको संख्या भने ह्वात्तै बढ्न थालेको छ। ६ चैतमा वेस्टइन्डिज र भारतबीचको खेल सकिनासाथ पहिलो चरणका खेल समाप्त हुनेछन् भने ९ चैतदेखि नकआउट चरण सुरु हुनेछ।

क्रिकेट आफँैमा अनिश्चित खेलका रूपमा चिनिन्छ। यसमा अन्तिम बल र विकेट रहेसम्म नतिजा कसको पक्षमा जान्छ भन्ने अनुमान गर्न कठिन छ। तैपनि, खेलाडीको योग्यताका आधारमा कुन टिम कत्तिको बलियो छ भन्ने अनुमान गर्न भने कठिन छैन। नेपाली यू-१९ समूहका प्रशिक्ष्ाक टमाटा यसपालिको विश्वकप क्रिकेटमा भारत र दक्षिण अपि|कालाई बलियो दाबेदारका रूपमा प्रस्तुत गर्छन्। भन्छन्, "दुवै टिममा स्टार खेलाडीको बाहुल्य छ र सन्तुलन पनि त्यही मात्रामा छ।"
४३ दिन लामो यस क्रिकेट यात्रामा पनि 'टस'को स्थान महत्त्वपूर्ण हुने निश्चित छ। मैदानको अवस्था अनुसार ब्याटिङ् र फिल्डिङ् रोज्ने अवसर टस जित्नेलाई हुन्छ। त्यसैले यस विश्वकपमा कसको पल्ला भारी छ भनेर अनुमान लगाउनु अहिले नै कठिन छ। खेल हेरेर आफ्नो रोजाइका टिमका बारेमा लख काट्नेहरूका तर्क आ-आफ्नै ठाउँमा छन्। तीन देशका १३ वटा रंगशालालाई प्रयोगमा ल्याइएको यस विश्वकपका लागि तयार भएका अधिकांश मैदान ब्याटिङ् र स्िपन बलरलाई सघाउने खालका छन्।

Nepalese Rupee Converter