तपाईं हामीले गोरु गाडा, रागा गाडा तथा घोडा गाडामा मान्छे चडेर हिंडेको त देखेकै छौ। तर खसी गाडा मा मान्छेले चडेर हिडेको भने कहिल्यै देखेको छैनौ र सुनेको पनि छैनौ र यसो भन्दा अचम्म लाग्न सक्छ तपाईं हामीलाई। तर यो सत्य र वास्तविक हो। भर्खरै सुन्सरी को औरानी गा बि स ५ निवासी नारायण यादवले आफ्नो २ वटा खसी २ बर्ष ८ महिनाको उमेर भएको खसिको सहयोगमा खसी गाडा सन्चालन गर्न सफल भएका छन। उनले रिक्साका २ वटा टायर जडान गरी खसी गाडा बनाएका छन। उनी भन्छन देशमा बिज्ञान र प्रविधिको क्षेत्रमा बिकास भईरहेको समयमा खसिको क्षमताको बिषयमा अनुसन्धान गर्नलाई मैले...
यो खसी गाडा बनाएको.बताउछन। यादवले खसिलाई भारी बोक्न सक्ने वा नसक्ने बिषयमा गोरु जस्तै गाडा सिकाउनु अगाडि केराको थम्वामा सिकाएर नयाँ गाडीको आविस्कार गरी खसी गाडाको बिकास गरेर आश्चर्य जनक कार्य गर्न समेत सफल भई आश्चर्यलाई सहज बनाउनु भएको छ । देशको बिभिन्न्न भागको भर्मण गर्दा नदेखिएको तर १४ बर्षउमेरमा बाबुले केही गरी नाम कमाउनु र समाजमा उदाहरणिय बन्नु भएकोले सोही प्रेरणामा खसी गाडा बनाएको र सफल परिक्षण समेत गरेको यादवको भनाइ रहेकोछ। हाल सुन्सरीको औरवनी ५ आफ्नै घरबाट दुहबी सम्म ७ किलो मिटर सम्म यात्रा गर्न सफल हुनुभएको यादवले इनरुवा, इटहरी, धरान सम्म पुर्याउने योजनामा रहेको बताउछन ।

सप्तरीमा जन्मिनु भएका ६० बर्षिय यादवमा नयाँ कुराको आविस्कार र खोजको उत्सुक्ता रहेको र निकट भविष्यमा कुकुर गाडालाई पनि सन्चालन मा ल्याउने योजनामा रहेको बताउनुहुन्छ। यादवले चैत्रको पहिलो साताबाट खसिको गाडी सफल रुपमा सन्चालनमा ल्याउनुभएको थियो। अरुले आफ्नो कृतिमानी कायम गर्न बिभिन्न काम तथा उपायहरु अपनाउने जस्तै क्रममा यादवले पनि आफ्नो नाम चर्चामा ल्याउनलाई यो कृतिमानी काम गरेको बताउछन। आष्चर्यको कुरा के भने गाडी र चालक गरी दुवैको तौल १३० केजी मात्र हुन्छ तर दुई खसिको तौल भने जम्मा ९० केजी मात्र छ। यहाँ दैनिक जसो खसी गाडा हेर्न यादवको घरमा भिड लाग्ने गरेको छ। यसरी पत्याउन गार्हो तर सत्य भएको कुरा सुन्सरीमा खसी गाडा पनि सन्चालन गर्न एक किसान सफल भएकोले गर्दा सुन्सरीवासीहरु खुशी छन।