यति बेला शहरमा हिन्दी फिल्म "द डर्टी पिक्चर"को "उलाला…" गीत र नृत्य खुवै चर्चामा छन् । जवानीको जोस भएकाहरुको जीउमा होस हराउँदै जाँदा पार्टीहरुमा नाच्नका लागि उलाला… सवैभन्दा चर्चामा छ । नेपाली दर्शकलाई मात्र हैन नेपाली सिनेमाकी हिरोइन सुष्मा कार्कीलाई पनि उलाला…को तरङले खुवै झट्का दिएको तथ्य हालैको एक बिहे पार्टीमा सुष्माको नाच देख्नेहरुले पत्ता लगाए ।गत साता कोटेश्वर, महादेवस्थानमा सम्पन्न एक वैवाहिक समारोहमा सुष्माले देखाएको उलाला… र उत्तेजना अहिले सिने क्षेत्रमा चियागफको बिषय बनेको छ । सुष्माले विवाहभोजमा ‘द डर्टी पिक्चर’ मा भर्खरकी कलिली विद्या बालान र वृद्ध अभिनेता नसुरुद्दीन शाहले नाचेको गीत ‘ऊ लाला’ मा सुष्माले पनि नाचिन्, तर भरपुर चर्चा कमाएर फर्किइन् । निर्देशक सुदर्शन थापासँगको प्रेममा हालै बिछोड भएकी उनले सो विवाहमा अत्यधिक मदिरा सेवन गरेर नाचेको जनआस्था साप्ताहिकको समाचार पनि उल्लेख छ ।
नेपाली हिरोइनले नेपाली गीतमै नाचेको भए स्थानीयले निकै तारिफ गर्थेहोला, तर उनले हिन्दी गीतमा नाचिन् र त्यो गीत समावेश भएको फिल्मको कथावस्तुलाई पनि पाँच मिनेटको नाचमा पुष्टि गरिन् ।
‘चुट्की जो तुँने काटे है, चोरी से काटे है, यहाँ-वहाँ, रुठीँ हुँ, मैं तुज से रुठी हुँ, मुझेँ मना लेना, ओ जाने जा…’ भनेर गीत सुरु हुँदासम्म उनले सबैको तारिफ पाइरहेकी थिइन् । तर, केटाको आवाजमा गीत अघि बढ्यो, ‘छेडेङ्गे हम तुझको लड्की तुँ है बढी बुम्बाड..ऊ लाला, ऊ लाला, तु हे मेरी फेन्टसी…’ र यहीँदेखि सुरु भयो सुष्माको उद्दण्डता । उनले शरीरमा लगाएको ज्याकेट विवाहको मण्डपमा फ्याँकिन । यसपछि मदिराले मातेका स्थानीय युवालाई ‘के खोज्छस् कानो-आँखो’ भनेझैँ भयो । गीतको अन्तरामा उनी नाच्दै थिइन्, ‘छुवा जो तुम ने तो दिलने मारी सिठ्ठी…।’ अनि, एकजना स्थानीय युवा नाच्नलाई उनीसँगै पुगे, ‘दे-दे इन गालोँ पे इक पप्पी मिठ्ठी-मिठ्ठी, योवन तेरा सावन भरा भिग गया दिल ए मेरा…।’ सुष्माले पनि नाचेरै जवाफ दिइन्, ‘तु ने ही वर्षत कराई, क्या करे ये यौवन बेचारा…छु नाना-छु नाना, अब मैं हो गयी जवा…।’
यसपछि मदिराले मातेका युवाहरू तँछाड-मछाड गर्दैर् उनलाई समाउन पुगेका थिए । त्यहाँको स्थिति नियन्त्रण बाहिर थियो र त्यसलाई सम्हाल्नसक्ने कोही पनि थिएन । मदिराले होस गुम भएकी सुष्माले नाच्दानाच्दै शरीरका ८० प्रतिशत कपडा उतारेकी थिइन् भने बाँकी कपडा अन्य युवाले तान्ने प्रयास गर्दै थिए । तर, स्थानीय भद्रभलाद्मीको शालिनतापूर्ण प्रयासपछि स्थिति सामान्य भयो । श्रोत: अनलाइन खबर