फेसबुकमा रेजिना उप्रेती - नायिका

मैले बाध्य भएर फेसबुक एकाउन्ट खोलेको हुँ । मेरो नाममा आधा दर्जन फेसबुक एकाउन्ट सञ्चालित छन् । ती मैले खोलेका भने होइनन् । मेरो नाममा सञ्चालित ती सबै 'फेक एकाउन्ट' हुन् । काम नपाएका मानिसहरूले मेरो नाममा खोलिएका ती फेसबुक  एकाउन्टमा मेरा बारेमा छाडा कुरा लेखिदिएका छन् । मेरो चरित्रहत्या गर्ने किसिमका कुरा लेखिन थालेपछि आठ महिनायता मैले आफ्नै फेसबुक एकाउन्ट सञ्चालनमा ल्याएकी छु । मेरा बारेमा सञ्चालित 'फेक एकाउन्ट'मा मेरो थरको स्पेलिङमा सबैभन्दा  पछाडि अंग्रेजीको 'आइ' लेखिएको छ भने म मेरो थरको अन्तिममा 'वाई' लेख्छु । मेरो वास्तविक एकाउन्टमा मैले काम गरेका...


चलचित्रका तस्बिरहरू छन्. भने गलत एकाउन्टमा साइबरसंसारका लागि खिचाइएका तस्बिरहरू मात्र छन् । 

मलाई प|mेन्ड रिक्वेस्ट त धेरै जनाको आउँछ, तर म नाम हेरेर र प्रायः चिनेजानेकाहरूलाई मात्र साथी बनाउँछु । अहिले फेसबुकमा मेरा ३ सय ३३ जना साथी छन् । फेसबुक चलाउन थालेपछि मैले फुर्सदको सदुपयोग गर्न थालेकी छु जस्तो लाग्छ । घरमा हुँदा  कम्प्युटरमा चलाउँछु भने बाहिर कहिलेकाहीं मात्र मोबाइलमा फेसबुक खोलेर हेरिन्छ । नेटवर्कको समस्या हो कि, मोबाइलमा हत्तपत्त फेसबुक चलाउन गाह्रो पर्छ । जे-जसो भए पनि दिनको कम्तीमा एकपटक फेसबुक चलाउँछु । फेसबुकले गर्दा १०-१५ वर्षदेखि  नभेटिएका स्कुलका साथीहरूसँग भेट भएको छ । त्यसैले फेसबुकजस्तो सोसियल नेटवर्कका फाइदा पनि धेरै छन् । 

भाइरस जहाँ पनि पुग्छ भनिएजस्तै साथी बनाउने र विछोड भएकाको पुनर्मिलन गराउने फेसबुकलाई 'मिसयुज' गर्ने मानिसहरू पनि धेरै रहेछन् । तिनीहरूबाट बचेर फेसबुक चलाउनुपर्ने रहेछ । फेसबुकलाई मैले आफ्नो प्रचारको माध्यम पनि मानेको छु ।  पत्रिकाका साथीहरूले मेरो कुनै नयाँ तस्बिर चाहियो भने फेसबुकबाट डाउनलोड गर्न सक्नुहुन्छ । फेसबुकले भेट्टाएर कतिपयको विवाह पनि भएको छ रे । मेरो पनि त्यस्तै हुने हो कि भनेर साथीहरूले नसोधेका होइनन् । यदि त्यस्तो भयो भने त्यो एउटा दुघर् टनाजस्तै हुनेछ।  स्रोत: ईकान्तिपुर 

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel