सशस्त्र प्रहरीको भण्डारबाटै हतियार बिक्री हुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ, तर अचम्म नमाने हुन्छ । पोखराको लामपाटनस्थित सशस्त्र प्रहरी महाविद्यालयको भण्डारबाट एकाएक हतियार गायब भएपछि त्यसले राष्ट्रिय चासो उब्जाएको छ । तालिम केन्द्रबाटै हतियार हराएपछि सबैतिर खैलाबैला भयो । सुरक्षाको जिम्मा लिने सुरक्षाकर्मीबाटै राज्यको सम्पत्ति भण्डारबाट हतियार बिक्री भएपछि जनमानसमा समेत प्रहरीप्रतिको विश्वास घट्नु स्वाभाविक हो । हतियार भण्डारण गर्ने भण्डारेबाटै हतियार बिक्री भएको खुलासा भएपछि भण्डारका दीपक गौली तथा चेतबहादुर खत्रीलाई सशस्त्र प्रहरीको विशेष अदालतले.सेवाबाट...
बर्खास्त गरिसकेको छ । गौलीले ०६६ बैशाख तालिमको र खत्रीले ०६६ जेठदेखि महाविद्यालयको हतियारको जिम्मेवारी बुझेका थिए । भण्डारेहरूमाथि कारबाही गरिए पनि हतियार बेच्ने काममा माथिल्लो तहका अधिकृतकै हात रहेको हुन सक्ने आशंका गर्नेहरू कम छैनन् । स्रोतले भन्यो, 'मिलेमतोमै हतियार बेचिएको हुनसक्छ ।' सशस्त्रका ती हतियार सोही तालिम केन्द्रमा कार्यरत भगौडा सशस्त्र प्रहरी कुवेर पुनले खरिद गरेका हुन् ।
बर्खास्त गरिसकेको छ । गौलीले ०६६ बैशाख तालिमको र खत्रीले ०६६ जेठदेखि महाविद्यालयको हतियारको जिम्मेवारी बुझेका थिए । भण्डारेहरूमाथि कारबाही गरिए पनि हतियार बेच्ने काममा माथिल्लो तहका अधिकृतकै हात रहेको हुन सक्ने आशंका गर्नेहरू कम छैनन् । स्रोतले भन्यो, 'मिलेमतोमै हतियार बेचिएको हुनसक्छ ।' सशस्त्रका ती हतियार सोही तालिम केन्द्रमा कार्यरत भगौडा सशस्त्र प्रहरी कुवेर पुनले खरिद गरेका हुन् ।
एक महिनाअघि एउटा मेसिनगन, पेस्तोल र कटुवा पेस्तोलसहित पक्राउ परेका पुनले सशस्त्र प्रहरीबाट आफूले १ लाख ६० हजारमा हतियार खरिद गरेको बताएका छन् । सशस्त्र प्रहरी तालिम केन्द्रबाट हतियार हराएपछि प्रहरीले त्यसको व्यापक खोजी गर्यो । हतियार हराएको छ महिनापछि भगौडा सशस्त्र प्रहरी पुन मेसिनगन, पेस्तोल र कटुवा पेस्तोलसहित मालेपाटन स्थित आफ्नै डेराबाट पक्राउ परे ।
एउटा पेस्तोल भने नम्बर मेटिएको अवस्थामा फेला पर्यो । पुन पक्राउ परेपछि भने सशस्त्र प्रहरीका हराएका चार पेस्तोल र एउटा कटुवा पेस्तोलमध्ये तीनवटा प्रहरीले फेला पारिसकेको छ । उनीबाट एसएमजी, एउटा पेस्तोल र कटुवा पेस्तोल फेला परे पनि बाकी दुई पेस्तोल भने उनले अरूलाई बिक्री गरेको अवस्थामा प्रहरीले खोजतलास गरी बरामद गरेको हो ।
प्रहरीले धमाधम हतियार पक्राउ गरेपछि सशस्त्र प्रहरी तालिम केन्द्र अहिले अप्ठ्यारोमा परेको छ । हामीले पक्रिएका हतियार अधिकांश सुरक्षाकर्मीले चलाउने खालका छन्, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख यादवराज खनालले भने, केही हतियार सशस्त्रले आफ्नो भएको स्वीकार गरे पनि अन्य हतियार सशस्त्रको हो-होइन, अनुसन्धान भैरहेको छ ।'
तालिम केन्द्रबाट हराएकामध्ये केही हतियार बरामद भए पनि अझै केही हतियार हराएको आशंका छ । हतियार किनेर फरार रहेका सशस्त्र भगौडा प्रहरी पुनलाई जिल्ला प्रहरी कार्यालयले हाहातहतियार खरखजानाको मुद्दासहित हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । हतियार लिएर फरार भएका पुन हतियारको दम्भ देखाउँदै लागूऔषध, चोरी र गुन्डागर्दीमा संलग्न हुँदै आएको आरोप छ । उनले भाडामा समेत पेस्तोल दिने गरेको प्रहरीले बताएको छ । पोखराका विभिन्न स्थानमा भएका ठेक्कापट्टामा टेन्डर आह्वानका क्रममा हुने झैझगडामा उनले भाडामा दिएका हतियार प्रयोग हुने गरेको रहस्य खुलेको छ ।
पुनले बेचेका हतियार खरिद तथा लागूऔषध कारोबारको आरोपमा आनन्द केसी तथा नरेन्द्र गुरुङ पनि पक्राउ परेका छन् । पुनले हतियार बेचेका अर्चलबोटका सुजित मुल्मी पक्राउ परे पनि उनले उक्त हतियार तेस्रो व्यक्तिलाई बेचिसकेकाले फेला परेको छैन । पुनले प्रतिपेस्तोल ४० देखि ६० हजारमा बिक्री गरेको प्रहरी समक्ष स्वीकार गरिसकेका छन् ।
को हुन् कुवेर पुन ?
२०६१ सालमा सशस्त्र प्रहरीको जागीर सुरु गरेका कुवेर पुनले गएको असारमा सशस्त्र प्रहरी तालिम केन्द्र लामापाटनमा कार्यरत रहँदा जागिर छाडेका थिए । सुर्खेत मेहलकुनाका २५ बर्शिय पुनले स्वयम्भूबाट सशस्त्र प्रहरीको जागिर सुरु गरेका हुन् । उनी तालिम केन्द्रमा कुनै जानकारी नगराई एकाएक फरार भएका थिए । केन्द्रले सूचना जारी गरी हाजिर हुन आग्रह गरे पनि पुन सम्पर्कमा आएनन् ।
छ महिनापछि भने उनी हतियारसहित प्रहरीको कठघरामा उभिन पुगे । प्रेमचक्करमा परेका पुनलाई प्रहरीले ठूलो प्रयासपछि पक्रिएको हो । पक्राउ परेका पुनले आफूले सशस्त्रका भण्डारेबाट हतियार किनेको स्वीकार गरीसकेका छन् । प्रहरीको जागिरबाट पर्याप्त कमाइ नभएपछि चिल्लो कार चढ्ने र छोटो समयमै करोडौं कमाउने उद्देश्यले जागिर छाडेर आपराधिक क्रियाकलापमा संलग्न भएको पुनले बताए । पुन प्रहरी सहायक निरीक्षकको परिचयपत्र बनाई चोरीडकैती तथा लागूऔषधको कारोबारमा संलग्न हुँदै आएको आरोप छ । पुनले पोखराका विभिन्न स्थानमा सुन पसलसमेत लुटेको बताइन्छ ।
हतियारको सञ्जाल फैलिँदै
खुला सिमानाका कारण सहजै भारतबाट हतियार खरिद गरेर ल्याउन पाएपछि पोखरामा हतियारको सञ्जाल फैलिँदै गएको छ । शक्ति प्रदर्शन, आर्थिक हैसियत बढाउन तथा सौखका लागि पोखरामा हतियारको प्रयोग बढेको छ । गुन्डा र डनहरूले हतियारकै भरमा रकम असुल्ने गरेका छन् ।
केही समयअघि पोखराकै एक प्रतिष्ठित जग्गा व्यापारीले पोखराका एक डनलाई १२ लाख रुपैयाँ बुझाएका थिए । प्रहरीले पक्राउ गरेका ती डनले बयानका क्रममा आफूले १२ लाख बुझेको स्वीकार गरेका थिए । यता डनहरूबीचको झैझगडाकै कारण हतियार मोह पनि बढेको हो । एउटा डनले अर्को डनलाई देखाउन पनि हतियारको संकलन बढेको हो ।
केही समयअघि पक्राउ परेका थलबहादुर गुरुङले आफूलाई थ्रेट आउन थालेपछि सुरक्षाका लागि हतियार राखेको प्रहरीलाई बताएका छन् । आफूले भैरहवाबाट दुई पेस्तोल किनेर ल्याएको गुरुङले बताए । 'पोखरामा अझै धेरैसँग हतियार छ भन्ने आंशका छ,' जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक यादवराज खनालले भने, 'हामी अहिले त्यस्ता हतियारको खोजीमा केन्दि्रत छौं ।' खनालले प्रहरी निरीक्षक रवीन्द्रमान गुरुङको नेतृत्वमा २५ जनाको प्रहरी टोलीले हतियारको व्यापक खोजी गरिरहेको जानकारी दिए । स्रोत: साप्ताहिक