पोशाक लगाएर ड्युटीमा खटिएको प्रहरीको भन्नासाथ मान्छेहरु त्यसै डराउँछन् । केहि कसुर नगरिकनैपनि प्रहरीले अनेक नाममा फसाउने, मुद्दा लाउने, पैसो झार्ने गर्छन् अनि नडराएर के गर्नु ? तर साह्रै अत्याचारले सिमा नाघ्यो भने हुन्छ के ? मर्ता क्या नहिँ कर्ता । अति भएपछि खति हुन्छ भनेझैं प्रहरीको सास्ती खप्न नसकेपछि अघिल्लो बुधबार बिरगंज जिल्ला प्रहरी कार्यालय अगाडि एक जना मोटरसाइकल चालकले ड्युटिमै रहेका ट्राफिक प्रहरीलाई काँधमा हालेर नालीमा मिल्काउन लागेको द्रिष्य हो यो ।बिरगंज भन्सार न पर्यो, दाम कमाउने, सास्ति खेप्ने हरेक कामको लागि चर्चित छ । त्यसदिनपनि सधैं झैं ट्राफिक प्रहरीले जाँच गर्यो...
लुट्ने, भन्सार मिलाउने, कर छल्ने, छ्याकन हान्ने कालो धन्दा गर्ने कति हुन्छन् । सवारी साधनहरुको कागजपत्र जाँचबुझ गर्ने नाममा बिचरो मोटरसाइकलवालालाई निम्छरो देख्यो । ट्राफिक प्रहरीले तथानाम गाली गरेछ । सबैको मर्यादा हुन्छ, सम्मान र जिम्मेवारी हुन्छ । त्यो नाघेर अमर्यादित शब्द प्रयोग गरेपछि मोटरसाइकल चालकलाई झोंक चल्ने नै भयो । प्रहरी भनेर के गर्ने ? मोटरसाइकलवाला पनि पर्यो नाथे प्रहरीलाई फूलको थुँगो झैं उचालेर झ्यालटुङ पार्न सक्ने बलवान ।

उसले सोच्यो- ए रात्तै हाम्रै करले पालिएको, हाम्रै सुरक्षा र सुविधाका लागि बसेको, हाम्रो सेवा गर्न भनेर कसम खाएको प्रहरीले तथानाम बोल्ने ? अमर्यादित शब्दले होच्याउने ? मोटरसाइकल चालकले प्रहरीलाई काँधमा जरक्कै हालेर नालीमा मिल्काइदिन भनेर हिँड्यो । त्यो देखेर आफ्नो साथीलाई बचाउन अर्को प्रहरी आइपुगेको हो ।
ईटाली निवासी मित्र मुकुन्द पौडेलको फेस बूकमा यो देख्नासाथ रमाइलो लाग्यो, घत पर्यो । उनले यो मेचिकाली डटकमबाट लिएका रहेछन् । यसलाई अलि धेरै पाठकबिच लैजाउँ भनेर फोटो कपी गर्न खोज्दा सकिन । त्यो कुरो त्यहिँ उल्लेख गरिदिएको त मुकुन्दजी, जर्मनीबाट नेत्र पी पौडेल, बेल्जियमबाट क्रिष्णप्रसद रेग्मी, अष्ट्रेलियाबाट रमन घिमिरे लगायतका मित्रले फोटो झिकेर पठाएदिए । अचम्म लाग्यो, फेसबूकमै नजोडिएका मित्रहरुले कसरि थाह पाए ? साँच्चै सूचनाको पहुँच कति फैलिएछ । विदेशमा बसेपनि नेपालीको चासो कति रहेछ आफ्नो देश प्रतीको भन्नेपनि बुझाउँछ यसले ।
त्यसो त मुकुन्द पौडेलजीको फेस बूकमा त्यसमाथि गरिएका प्रतिक्रियापनि कम्ति रोचक थिएनन् । त्यहाँ कसैले लेखेको छ- बिचरा ट्राफिकले चालकलाई नियन्त्रण गर्न नसकेको परिणाम हो । किनभने चालक भुस तिघ्रे परेछ रे । अर्कोले लेख्छ- होइन यो त जनताको हातमा कानुन आउनुको परिणाम हो ।
झन बिक्रमजंग शाहीको प्रतिक्रियाले त सबैलाई हसाउँछ- मोटरसाइकलको पेट्रोल सकिएकोले ट्राफिक प्रहरीले बोकेर लगिदिन लागेको । मुकुन्द आफैंले लेखेका छन् – पुरानो नेपालमा प्रहरीलाई हेर्न त गाह्रो थियो, अहिले त यतिसम्म गर्न सक्ने भए । स्रोत: नेपाल क्लोज