नेपाली चलचित्र प्रति प्रशान्तको मोह बढ्यो

नेपाली चलचित्र उधोगका कलाकारहरु मौका पाए भने बलिउडमा प्रबेश गर्न पछि पर्दैनन् । उनिहरू कहाँबाट कसरी ठूलो चलचित्रको उधोगमा प्रबेश गर्ने दाउ हेरेर बसिरहेका हुन्छन् । यसको प्रत्यक्ष उदाहरण भर्खरै मुम्बई छिरेका नायक द्वय बिराज भट्ट र निखिल उप्रेतीलाई लिन सकिन्छ ।हुनत यस अघि थुप्रै कलाकारहरूले पनि बलिउडमा छिर्ने जमर्को नगरेका हैनन् । केहीले त फाट्टफुट्ट चलचित्रमा पनि अभिनय गरे । अहिले बिराज भट्ट भोजपुरी चलचित्रमा जमिरहेका छन् भने निखिल पनि बलिउडमा जम्ने कोशिस गर्दैछन् । तर भारतमा राम्रो प्लेटफर्म पाएका इन्डियन आइडल प्रशान्त तामाङ भने नेपालमा संघर्ष गर्दैछन् । त्यो...


पनि गायनमा नभएर अभिनयमा ।चलचित्र गोर्खा पल्टनबाट अभिनय आरम्भ गरेका नायक तथा गायक प्रशान्त एक पछि अर्को गर्दै नेपाली चलचित्रमा अभिनय गरिरहेका छन् । आखिर किन प्रशान्तले किन गायन पेशा भन्दा बढि अभिनय तर्फ झुकाव बढाएका छन् ? के प्रशान्तलाई भारतबाट कुनै  अफर नआएका हुन् त ? या प्रशान्तलाई नेपाली चलचित्र प्रति साँच्चिकै मोह जागेको हो ? यो प्रश्न अहिले हरेक नेपाली दर्शकको मनमा पैदा भएको हुनसक्छ ।
केहि समय अगाडि चलचित्र गोर्खापल्टनको प्रचार प्रसारको क्रममा धरानमा पुग्दा एक पत्रकारले भारतमा कुनै अफर नआएर नेपालमा नायक हुन आउनु भएको हो भनि प्रश्न गर्दा प्रशान्तले उल्टो प्रश्न गर्दै भनेका थिए, 'के तपाईंलाई मैले नेपाली फिल्ममा अभिनय गरेको मन परेन ?' यसबाट के प्रष्ट हुन्छ भने उनलाई नेपाली चलचित्रको मोहले तानेको छ जसले गर्दा उनी बलिउड छाडेर नेपालमा आएका छन् ।
प्रशान्तले अभिनय गरेको दोस्रो चलचित्र हो 'अंगालो यो मायाको' । सिक्किममा छायाँकन गरिएको चलचित्र 'अंगालो यो मायाको' यतिबेला सिक्किमको बज्र सिनेमामा प्रर्दशन भइरहेको छ । बिनोद सेरेङद्धारा निर्देशित तथा किशोर दुङमाली राईद्धारा निर्मित सो चलचित्रमा प्रशान्त तामाङ प्रमुख भुमिकामा छन् । चलचित्रमा प्रशान्तका अलावा हर्शिका श्रेष्ठ, प्रेम सुब्बा, पन्नु गजमेर, विजयता बराइली आदिले अभिनय गरेका छन् ।
प्रशान्तको पहिलो चलचित्र गोर्खापल्टनले त राम्रै व्यापार गरेको थियो भने यो चलचित्रले पनि सफलता प्राप्त गर्ने कुरामा निर्माण युनिट बिश्वस्त छ । चलचित्र चाँडै नै नेपाल, इजरायल, हङकङ, अमेरिका, कतार, दुबई, अष्ट्रेलिया लगायतक देशमा प्रदर्शन गर्ने योजना रहेको निर्माण पक्षको भनाई छ । स्रोत: फिल्मी खबर 

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel