सम्मेलनले नेपालका युवापुस्तामा टाटुको पुनर्ताजगी ल्याइदियो। त्यसैले पनि सम्मेलन अवधिभर जापानीज, ट्राइबल, बायो मेकानिकल, ओल्डस्कुल, न्युस्कुल, प्रोटेट, कलरफुल आदि विभिन्न डिजाइनलाई आफ्नो सग्लो शरीरमा कुदाउनेहरूको भीड कहिल्यै घटेन। कतिले खाली ठाउँलाई पनि बाँकी राखेनन्। यसबाहेक अब्स्ट्राक, नेचुरल, डेडिकेसन, सिम्लिसिटी तथा कम्प्लेक्सका रूपमा विभिन्न प्रकारका टाटु शरीरमा खोपाउनेहरू कम पनि देखिएनन्। उनीहरूले लिएर गएको यो कोसेली भने जीवनभरका लागि थियो। मर्दासँगै लाने भनेको टाटु मात्रै हो— यसका पारखीहरू भन्छन्। अन्तराष्ट्रिय टाटु सम्मेलन भएकाले विभिन्न मुलुकका...
आर्टिस्टहरू आफ्ना देशको संस्कृति झल्कने खालका विभिन्न डिजाइन नेपाली युवापुस्ताको शरीरमा कुँद्न तम्तयार थिए। आफ्नो भावना शरीरबाट व्यक्त गर्न पनि टाटु खोपाइन्छ। सम्मेलनमा काठमाडौं कोटेश्वरका मनीष श्रेष्ठले छातीमा आफ्ना आमाबुबाको तस्बिर बनाएको दृश्य पनि देखियो। दुवै हत्केलामा आमाबुवाको नाम आफ्नै मातृभाषामा लेखाउनेमा काठमाडौंका दिनेश घले पनि थिए।
आर्टिस्टहरू आफ्ना देशको संस्कृति झल्कने खालका विभिन्न डिजाइन नेपाली युवापुस्ताको शरीरमा कुँद्न तम्तयार थिए। आफ्नो भावना शरीरबाट व्यक्त गर्न पनि टाटु खोपाइन्छ। सम्मेलनमा काठमाडौं कोटेश्वरका मनीष श्रेष्ठले छातीमा आफ्ना आमाबुबाको तस्बिर बनाएको दृश्य पनि देखियो। दुवै हत्केलामा आमाबुवाको नाम आफ्नै मातृभाषामा लेखाउनेमा काठमाडौंका दिनेश घले पनि थिए।
होटल याक एन्ड यतीमा आयोजित तीनदिने अन्तर्राष्ट्रिय टाटु सम्मेलनकी सहभागी चाबहिलकी आस्था श्रेष्ठले भनिन्— आफ्ना भावनाहरू स्वतन्त्र रूपमा व्यक्त गर्न पनि टाटुक्रेजीहरू शरीरमा चित्रहरू कुदाउँछन्।
काठमाडौंमा सम्पन्न अन्तराष्ट्रिय टाटु सम्मेलनमा विदेशी टाटु क्रेजीहरूको पनि बाक्लो उपस्थिति थियो। कता कता विदेशीहरूले निर्धक्क टाटु खोपाइरहेको देखेर नेपाली युवापुस्ता पनि जोसिएको होकी भन्ने लाग्थ्यो। अन्तर्राष्ट्रिय स्तरका ख्याति प्राप्त टाटु आर्टिस्टहरूको हातबाट समाजका लब्धप्रतिष्ठित व्यक्तिहरू पनि टाटु कुँदाइरहेका भेटिए। युवापुस्ताले सम्मेलनमा आफूलाई मन पर्ने टाटु खोपाए पनि उनीहरूको मनमा भने उनको एउटै पीर छ। टाटु खोपाएपछि समाजको नजर फरक हुने उनीहरू बताउँछन्।
कानमा (ईयर प्लग)टनेल, नाकमा मुन्द्री, आँखीभौ तथा ओठमा पिअर्स गरेको देख्दा जो कसैलाई रमिता लाग्छ भने प्रहरीले यस्ता युवालाई बाहिर कतै भेटे सीधै जुल्फे, गंजडी, ट्यापे, झगडिया भन्दै गाडीमा कोच्याउँछ। टाटुक्रेजीहरूका लागि यस्ता क्रियाकलापमा आफ्नै प्रकारको फिलिंग्स हुने बताउँछन्। उनीहरू टाटुलाई आर्टका रूपमा बुझ्न अनुरोध गर्छन्।
पुराना मूल्य-मान्यतालाई हेर्ने नजर बदल्नु पनि अन्तर्राष्ट्रिय टाटु सम्मेलनको उद्देश्य रहेको आयोजक समितिका सदस्य तथा वरिष्ठ टाटु आर्टिस्ट मोहन गुरुङले बताए। सम्मेलनमा युवाभन्दा युवतीहरू बढी टाटु कुदाइरहेका थिए। युवतीहरू टाटुलाई आफ्ना देखाउन मिल्ने अंग, छाती, गर्धन एवं तिघ्रामा कुँदाइरहेका भेटिए। उनीहरूको च्वाइसमा पुतली, चरा, माछा र फूलहरू नै बढी थिए। टाटुलाई एकथरी ग्ल्यामर भन्न पनि पछि पर्दैनन् तर टाटुक्रेजीहरू त्यसलाई मान्न तयार छैनन्। अर्का आयोजक सदस्य दिनेश घले भन्छन्, 'यो ग्लामरस फेसन होइन यो त कला हो।' उनी भन्छन्, यो कला कुनै पनि हालतमा सेक्स सिम्बोल हुनै सक्दैन।
टाटु सम्मेलनमा स्वदेशी तथा विदेशी गरी सात हजार टाटु क्रेजीको सहभागिता थियो। मोहन टाटुज, मुआज इन्टरटेन्टमेन तथा के गरि'रा डटकमको संयुक्त आयोजनामा सञ्चालित तीनदिने अन्तर्राष्ट्रिय टाटु सम्मेलन टाटुका सम्बन्धमा एउटा छुट्टै पहिचान स्थापित गर्न सफल भएको थियो।
सम्मेलनमा विभिन्न देशका ४० भन्दा बढी प्रख्यात आर्टिस्टको सहभागिता थियो। सम्मेलनमा युके, इंग्ल्यान्ड, भारत, युएसए, फ्रान्स, ग्रीस, इटाली, रूस, जर्मन, स्वीडेन, थाइल्यान्ड तथा नेपालका गरी कुल ५८ वटा स्टल थिए, जसमा नेपालको १८, जर्मनीका ३, भारतका ६, थाईल्यान्डाक ४, फ्रान्सका ४, यूएसएका २ तथा इटालीका ४ स्टल थिए।
सम्मेलनमा २ हजारदेखि लाखौं खर्चेर टाटु कुँदाउनेहरू पनि थिए। हाल नेपालमा टाटु बनाउने संस्थाको संख्या ५० भन्दा बढी छ, जसमा काठमाडौंमा ३०, धरान ३, पोखरा ३ तथा चितवन र हेटौंडामा १/१ छन्।
स्रोत: साप्ताहिक
स्रोत: साप्ताहिक