मुक्तिनाथ खोलाको बगरका काला ढुंगा-सालीग्राम

मुस्ताङको मुक्तिनाथ मन्दिरमा अहिले दर्शनार्थीहरूको घुइँचो छ । भक्तजनहरूमा भारतीयहरूको संख्या धेरै । सबैले मन्दिरको दर्शन गर्छन्, भेटी चढाउँछन्, भाकल गर्छन् र वर माग्छन् । उनीहरूले यति मात्रै गर्दैनन्, उनीहरूले गर्नैपर्ने अर्को काम पनि छ । आफूसँग लगेको खाली झोलामा कालीगण्डकी नदी र मुक्तिनाथ खोलाको बगरका काला ढुंगा भर्न कसैले छुटाउँदैनन् । किनभने, उनीहरू त्यहाँका सबै काला ढुंगा शालिग्राम हुन् भन्ने ठान्छन् ।केही भक्तजन त यहाँको बगरका काला ढुंगा भ्याएसम्म बटुलेर झोलामा हाल्न पनि पछि पर्दैनन् । बगरभरकिा ढुंगा झोलामा भरेर बोक्नै नसक्ने गरी गह्रँुगो बनाउनेमा भारतीय दर्शनार्थीहरू...

 अग्रपंक्तिमा हुन्छन् । बाहिरबाट आएका दर्शनार्थीहरूले ठानेजस्तो त्यहाँका सबै ढुंगा शालिग्राम हुन् त ? मुस्ताङको शालिग्राम युवा क्लबका सल्लाहकार तोप्री गुरुङ भन्छन्, "अधिकांश भक्तजनहरू निकै भ्रममा छन् । तिनीहरूले भनेजस्तो त्यहाँका खोलामा भेटिने सबै ढुंगा शालिग्राम होइनन् ।" 

तैपनि यहाँ आइपुगेकाहरू खोलाको बगरै रत्तिाउने गरी ढुंगा बटुल्नमा तँछाडमछाड गर्छन् । उनीहरूको व्यवहार देख्दा लाग्छ, तिनीहरू मुक्ति क्षेत्रको दर्शन गरेर पुण्य कमाउन होइन, हजारौँ खर्च गरेर बगरमा मिल्किएका ढुंगा बटुल्न आएका हुन् । तर, उनीहरूले बुझेजस्तो सबै काला र डल्ले ढुंगा शालिग्ा्राम होइनन् । काला रङका डल्ले ढुंगालाई फुटाउँदा भित्रपट्ट िसेतो चक्र निस्के मात्रै त्यो शालिग्राम हुन्छ । 

शालिग्रामले मुस्ताङ जिल्लालाई संसारमै चिनाएको छ । तर, सक्कली शालिग्राम कुन ठाउँमा पाइन्छ भन्ने धेरैलाई थाहै छैन । खासमा उपल्लो मुस्ताङको सुर्खाङ गाविसमा पर्ने ध्ये गाउँ नजिकै रहेको कालो पहाड नै शालिग्रामको खानी हो । हाल विश्वभरकिा मठ, मन्दिरमा पूजाका लागि सजाइएका तथा काठमाडौँको पशुपति, ठमेल, वसन्तपुर तथा पोखराको लेक साइडमा बिक्रीका लागि राखिएका सक्कली शालिग्रामहरू ध्ये गाउँबाटै ल्याइएका हुन् । यस गाउँका खेतबारीमा पनि शालिग्राम भेटिन्छ । यहाँ एउटा डल्ले ढुंगाको पाँचदेखि ५० रुपियाँसम्म पर्छ । 

मुस्ताङबाहिरका कतिपय ठाउँमा कालीगण्डकी बगरबाट ल्याइएका काला ढुंगालाई कुँदेर नक्कली शालिग्राम बनाएर बिक्री गर्नेको पनि कमी छैन । ध्ये गाउँका पेमाछवाङ गुरुङ भन्छन्, "तीर्थयात्रीका रूपमा आउने गलत मानिसका कारण ध्ये गाउँको पहिचान पनि संकटमा पर्दै गएको छ ।" उनका अनुसार सक्कली शालिग्राम पाइने ठाउँ ध्ये गाउँको नजिकै रहेको कालोमाटे पहाड हो । यस पहाडको दुईतिर सेतो र गेगराने डाँडो छ । त्यसैको शिरदेखि तल ध्ये खोलासम्म जोडिएको कालो पहाड छ । यही कालोमाटे पहाडमा ५० ग्रामदेखि चार किलोसम्म तौल भएका शालिग्राम पाइन्छन् ।  स्रोत: नेपाल 

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..9 Seconds Cancel