प्रहरी प्रधान कार्यालयले १४ पुसमा भूमिगत अपराधको गढ भनिने बाँकेको जयसपुर क्षेत्रमा थालिएको लागूऔषध गिरोहविरुद्धको 'अपरेसन जुलियट' रोक्यो। दुई सय महिला प्रहरीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका करबि १ हजार ५ सय सुरक्षाकर्मी रत्तिो हात फर्किएपछि सुरक्षा अधिकारीहरू छक्कै परे। किनभने, आदेश 'माथि'बाटै आएको थियो। त्यसपछिका दिनमा प्रहरी स-साना अपरेसनमा मात्रै सीमित भएको छ।"दुई नम्बरी र लागूऔषधका व्यापारीको दबाबमा अन्तिम अवस्थामा अपरेसन असफल बनाइएको हो," एक सुरक्षा अधिकारी भन्छन्, "गिरोहको पहुँच कहाँसम्म छ भन्ने यही घटनाले प्रस्ट पार्छ।" तर, प्रहरी उपरीक्षक...
महेशविक्रम शाह आफ्नै योजना अनुरूप अपरेसनका लागि दौडिन थालेको संयुक्त टिमलाई गाउँको संवेदनशीलताका कारण रोक्नुपरेको बताउँछन्। भन्छन्, "गिरोहलाई राजनीतिक संरक्षण दिन हस्तक्षेप भएको होइन।"सशस्त्र, नेपाल प्रहरी, जिल्ला प्रशासन, राष्ट्रिय अनुसन्धानलगायत सुरक्षा निकायको संयुक्त योजना अनुरूप अपरेसन जुलियटद्वारा जयसपुरको आतंक ध्वस्त गर्ने उद्देश्य थियो। ठूलो परमिाणमा हतियार र लागूऔषध नियन्त्रणमा लिन सकिने निष्कर्षसहित सम्भावित जोखिमको समेत विश्लेषण गरी योजना बनेको सुरक्षा अधिकारीहरू दाबी गर्छन्। गत मंसिरमा पनि योजना बनाउन नपाउँदै त्यसको सूचना प्रहरीभित्रैबाट चुहेर तस्कर र लागूऔषध व्यापारीकहाँ पुगेकाले शाहको पहिलो अपरेसन प्रयास विफल भएको थियो।

तर, पटक-पटकका अपरेसन रोकिए पनि प्रहरी भने चुप छैन। लागूऔषध गिरोहलाई निस्तेज पार्न उसले स-साना अपरेसन चलाइरहेको छ। १० चैतमा नेपालगन्ज भन्सार कार्यालयछेउमै प्रहरीले छापा मार्यो। १४ पुसमा गरनिे भनिएको अपरेसनको तुलनामा यो अपरेसन भने निकै सानो थियो। हतियार र लागूऔषध लुकाइसकेकाले फेला पार्न नसके पनि गढभित्र छिरेर प्रहरीले आफ्नो उपस्थित देखायो। तेस्रो प्रयासमा लागूऔषधका स्थानीय दुई नाइके पक्राउ परे। प्रहरीको उपस्थितले गाउँमा थोरै भए पनि साहस पलाएको छ। पक्राउ परेका लागूऔषधका नाइके पुत्तन खाँ र जिलेदार खाँबाट प्रहरीले थप सूचना संकलन गररिहेको छ। नौवटा लागूऔषध मुद्दा लागिसकेका पुत्तन खाँ पहिले रक्िसा चलाउँथे। तर, राजनीतिक दलका नेताको संरक्षणमा लागूऔषधबाट उनी अहिले करोडपति भएका छन्। स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्तालाई मासिक खर्च दिएर आफूले अवैध कारोबार चलाउँदै आएको पुत्तनले स्वीकार गरसिकेको प्रहरी स्रोतको दाबी छ।
प्रहरी सक्रियतापछि लागूऔषध कारोबारमा संलग्नविरुद्ध अहिले स्थानीय बासिन्दा प्रहरीको सहयोगमा उत्रेका छन्। जसका कारण कब्जा जमाएर बसेका तस्कर र लागूऔषधका नौ जना व्यापारी गाउँ छाडेर हिँडेको प्रहरीले सूचना पाएको छ। "गिरोहका सदस्य तितरबितर भएका छन्," प्रहरी उपरीक्षक शाह दाबी गर्छन्, "प्रहरी र स्थानीयबासी मिलेपछि अवैध धन्दा गर्नेहरू ठेगान लाग्छन्।"अपराध जगत्का कुख्यात व्यक्तिले सीमापारबिाट ल्याउने लागूऔषध केही प्रहरीसँग मिलेर कारोबार चलाउँदा बस्ती बदनाम भएकाले पनि जयसपुरबासी संगठित रूपमा गिरोहविरुद्ध उत्रेका हुन्। कुनै बेला सुरक्षा निकायका उच्च व्यक्तिहरूसमेत लागूऔषध सेवनकर्ता र कारोबारका संरक्षक भएकाले स्थानीय बासिन्दा कसैसँग बोल्नसमेत डराउँथे। यही कारणले गाउँ छिरेर प्रहरीले पनि छापा मार्ने आँट गर्न सकेको थिएन। तर, अहिले स्थानीयबासीलाई संगठित गर्न प्रहरी सफल भएको छ।
२५ हजार जनसंख्या रहेको जयसपुरमा अहिले लागूऔषध कारोबारमा ९० प्रतिशत कमी आएको प्रहरीको दाबी छ। नज्मा खाँ र छोरा सन्नी खाँसहित नौ जनाभन्दा बढी फरार छन्। लागूऔषध खाने र बिक्री गर्नेको घुइँचोले त्रसित जयसपुरकी सोनी कुरेसी भन्छिन्, "अहिले निर्धक्क छौँ। गाउँमा कारोबार नहुँदा हामीलाई पनि आनन्द छ।" तर, स्थानीय बासिन्दालाई तस्करले धम्की दिने क्रम बढेकाले प्रहरीले यसबारेमा नयाँ सुरक्षा रणनीति बनाइरहेको छ। प्रहरी उपरीक्षक शाह भन्छन्, "हामी जुनसुकै हिसाबले पनि स्थानीयबासीलाई सुरक्षा दिन सक्षम छौँ।" स्रोत: नेपाल