अब के भनेर पर्यटकलाई आउन आग्रह गर्ने?

जेष्ठ १४ - संविधानसभाको विषयमा आ-आफ्नो माग समावेश गर्न बन्द गरिरहेका समूहले सायदै ध्यान दिएका होलान् उनीहरूका गतिविधिले देशको विदेशी मुद्राको आर्जन प्रभावित भइरहेको छ ।१० वर्षे द्वन्द्वपछि विस्तार नेपालको छवि बनिरहेका बेला फेरि अशान्ति हुन थालेपछि पाहुनाको आकर्षण घट्न थालेको छ । अपि्रल महिनामा दैनिक १ हजार ७ सयभन्दा बढी पर्यटक नेपाल आएका थिए । मे महिनामा औसत १ हजार ३ सय पर्यटक आइरहेको तथ्यांक अध्ययागमन विभागको छ ।यो महिनाको २६ दिनसम्म कुल ३४ हजार ७६ पर्यटक आएका छन् । जबकि अघिल्लो महिनाको यही अवधिमा ४६ हजार २ सय ६३ पर्यटक आएका थिए । नेपाल... 

एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाटा) का महासचिव मधुसूदन आचार्यका अनुसार शुक्रबार ठूलो समूह (१०/१५ जना) मा आएका पर्यटकलाई चितवनलगायत पर्यटकीय गन्तव्यमा पुर्‍याइए पनि अन्य गतविधि सञ्चालन गर्न पाइएको छैन । 

'तर अधिकांश पाहुनालाई होटलको कोठाभित्र राख्नुको विकल्प छैन,' उनले भने । शुक्रबार पनि नेपाल पर्यटन बोर्डले 'क्राइसिस सेल' अन्तर्गत पर्यटक आवागमन सहज बनाउन पाँच सटल बस सञ्चालन गरेको थियो । 'अहिलेसम्म पर्यटकबाट अप्ठेरो भएको गुनासो आएको छैन,' बोर्डका प्रवक्ता आदित्य बरालले भने, 'तर यस्तै स्थिति लामो समय रह्यो भने गाह्रो हुन्छ ।'

अपि्रलदेखि जुन भारतीय पर्यटक बढी आउने मौसम हो । २०११ मा उनीहरूको संख्या २ लाख ६५ हजार पुर्‍याउने लक्ष्य छ । तर राजनीतिक अस्थिरताका कारण बुकिङ रद्द हुनुका साथै आएका पनि चाँडो फर्किन थालेका छन् ।'राजनीतिक अस्थिरताले पर्यटन वर्षको लक्ष्य मात्र होइन, यो मौसममा व्यवसायीहरूले गर्ने आम्दानीमा समेत नकारात्मक प्रभाव पारिरहेको छ,' ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का महासचिव राजेन्द्र बजगाईले भने ।

पर्यटन वर्षका लागि देशमा बन्द, हडतालजस्ता कार्य नगर्ने दलहरूको प्रतिबद्धताको आधारमा व्यवसायीहरूले 'नेपाल घुम्नका लागि सुरक्षित र सहज गन्तव्य हो' भनेर अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै आएका थिए । नेपालबारे प्रवर्द्धन गर्न कठिन भइरहेको नेपाल एसोसिएसन अफ टुर अपरेटर (नाटो) का पूर्वअध्यक्ष वसन्त मिश्रले भने ।

 'राजनीतिक दल र संगठनले पर्यटन क्षेत्र ज्यादै संवेदनशील छ भन्ने बुझ्नु जरुरी छ,' उनले भने, 'आउने वर्षका लागि नयाँ प्याकेज बनाएर प्रवर्द्धनको तयारी गरिरहेका थियांै । अवरोधयुक्त गतिविधिका कारण के भनेर उनीहरूलाई यहाँ आउन आग्रह गर्ने ?' स्रोत: कान्तिपुर 

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel