लण्डन । समयमै संविधान जारी हुनुपर्ने माग गर्दै बेलायतमा रहेका नेपाली युवाहरुले शनिवार लण्डनस्थित नेपाली दूतावास अगाडि प्रदर्शन गरेका छन् ।पछिल्लो समय देशको कमजोर राजनीतिक स्थितबाट चिन्तित बनेका नेपाली युवाहरुले मध्यान्हबाट दूतावासअघि विरोध प्रदर्शन सुरु गरेका थिए । सयभन्दा बढी संख्यामा उपस्थित युवाहरुले १५ मिनेट विभिन्न नारा लगाउँदै, गीत गाउँदै प्रदर्शनलाई संगितमय बनाएका थिए । प्रदर्शन राजनीतिक आन्दोलन नभई शान्ति र संविधानको लागि विशुद्व नागरिक अभियान भएको कार्यक्रमका एक आयोजक लेक्स लिम्बुले बताए । शान्ति र संविधानमा ऐक्यवद्वता जनाउँदै कार्यक्रममा सहभागी
भएकोमा उपस्थित.सबैलाई धन्यवाद दिई कार्यक्रमको थालनी गरेका थिए ।ब्यवस्थापिका-संसदका सभामुख सुवास नेम्वाङलाई लेखेको ज्ञापनपत्र बेलायतका लागि नेपाली राजदूत डा. सुरेसचन्द्र चालिसेलाई अर्का आयोजक प्रदिपकुमार सिंह, लिम्बु र मिस युके नेपाल नविना गुरुङले संयुक्तरुपमा बुझएपछि विरोध कार्यक्रमको समापन भएको थियो ।राजदूत चालिसेले ज्ञापनपत्र बुझ्दै समयमै संविधानको निर्माण, देशमा शान्ति र राजनीतिक स्थिरताको मागबारे नेपाल सरकारलाई अवगत गराउने आश्वासन दिए ।