टेलिफोन सेवाका लागि अग्रस्थानमा रहेको नेपाल टेलिकमलाई जिएसएम मोबाइल फोन प्रयोगकर्ता संख्यामा भने निजी क्षेत्रको एनसेलले चुनौती पेस गरेको छ। गत महिना जिएसएम मोबाइलका ग्राहक संख्यामा नेपाल टेलिकमभन्दा अगाडि रहेर एनसेलले टेलिकमको ग्राहक संख्यालाई उछिनेको हो। नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस प्रतिवेदनअनुसार एनसेलको जिएसएम मोबाइल नेटवर्कका ग्राहक संख्या ४७ लाख ८५ हजार ७ सय १५ छन्। गत वर्ष यही समयमा २४ लाख १२ हजार ४ सय ९७ ग्राहक रहेको एनसेलले आक्रामक व्यापारिक रणनितिलाई अवलम्बन गर्दै एकै वर्षमा दोब्बर ग्राहक.बढाएको हो...
प्राधिकरणको एमआइएस रिपोर्टअनुसार नेपाल टेलिकमका ग्राहकको संख्या ४७ लाख १० हजार ६ सय ७७ छ। यसअनुसार एनसेलका ग्राहक टेलिकमका ग्राहकभन्दा ७५ हजार ३८ बढी छन्। दूरसञ्चारको क्षेत्रमा स्थापनाकालदेखि नेतृत्व गरिरहेको सरकारी स्वामित्वको नेपाल टे लिकमलाई पछि पार्दै एनसेलले अघि बढ्ने योजना तय गरेको छ। एक वर्षअघि स्पाइस नेपालको मेरो मोबाइलबाट नाम परिवर्तन भएर एनसेल बनेपछि यसले आक्रामक रूपमा बजार विस्तार गरेको हो।
प्राधिकरणको एमआइएस रिपोर्टअनुसार नेपाल टेलिकमका ग्राहकको संख्या ४७ लाख १० हजार ६ सय ७७ छ। यसअनुसार एनसेलका ग्राहक टेलिकमका ग्राहकभन्दा ७५ हजार ३८ बढी छन्। दूरसञ्चारको क्षेत्रमा स्थापनाकालदेखि नेतृत्व गरिरहेको सरकारी स्वामित्वको नेपाल टे लिकमलाई पछि पार्दै एनसेलले अघि बढ्ने योजना तय गरेको छ। एक वर्षअघि स्पाइस नेपालको मेरो मोबाइलबाट नाम परिवर्तन भएर एनसेल बनेपछि यसले आक्रामक रूपमा बजार विस्तार गरेको हो।
गत आर्थिक वर्षको असार मसान्तसम्म टेलिकमका जिएसएम ग्राहक एनसेलका भन्दा १० लाख बढी थिए। चालू आर्थिक वर्षको पहिलो आठ महिनामा एनसेलले १८ लाख ४० हजार उपभोक्ता थप्यो। त्यस अवधिमा टेलिकमका ७ लाख ५० हजार मात्र ग्राहक थपिए।
निजी क्षेत्रको एनसेलले उपभोक्तालाई आकर्षण गर्ने विभिन्न योजना र सहज रूपमा सिम उपलब्ध गराउने व्यवस्था गरेकाले ग्राहक उच्चदरमा बढेका हुन्। 'जिएसएम मोबाइल क्षेत्रमा सबैभन्दा बढी ग्राहक भएको कम्पनी हुने' घोषणा गरेको एनसेलका प्रमुख कार्यकारी पासी काइस्ते नीनको भनाइ पनि अहिले आएर सफल भएको छ। एनसेलले यसअवधिमा सेवाको शूल्कमा कटौती र भ्यालु एडेड सर्भिसमा ध्यान दिएको थियो। प्राधिकरणका अनुसार फागुनमा टेलिकमले १८ हजार ८ सय १९ ग्राहक थप गरेको थियो। यस अवधिमा एनसेलले भने ३ लाख ६ हजार सिम वितरण गर्यो। एनसेलले चैतसम्ममा आफ्ना ग्राहक ५० लाख पुगेको घोषणा गरिसकेको छ।
'गुणस्तरीय सेवामार्फत धेरै उपभोक्तालाई आकर्षण गर्न सफल भएका छौं,' एनसेलकी कर्पोरेट कम्प्युनिकेसन म्यानेजर सञ्जु कोइरालाले भनिन्, 'यो हाम्रो अभूतपूर्व सफलता हो।' रि-ब्रान्डिङपछि उपभोक्ताको एनसेलप्रतिको विश्वासमा नाटकीय परिवर्तन आएको उनले बताइन्। मुलुकभर एउटै महसुल लागू गरेको एनसेलको यो सफलताका लागि युरोपको पाँचौँ ठूलो दूरसञ्चार सेवाप्रदायक कम्पनी टेलिया सोनेराको सहयोग लगानी कारक रहेको सञ्जुको धारणा छ।
ग्रामीण क्षेत्रमा पनि सेवा विस्तार गरेकाले उपभोक्ताको संख्यामा उच्च वृद्धि हुन सहयोग पुगेको कम्पनीले जनाएको छ। कम्पनीले सन् २०११ मा १० करोड अमेरीकी डलर लगानी गर्ने घोषणा पनि यसअघि नै गरिसकेको छ।
सबैभन्दा बढी आम्दानी र ग्राहक भएको जिएसएम नेटवर्कमा अगाडि भएपछि दूरसञ्चार सेवाका अन्य क्षेत्रमा प्रतिस्पर्धा गर्न एनसेललाई सजिलो भएको छ। नेपाल टेलिकमले पनि एनसेलको यो चुनौतीलाई प्रतिस्पर्धाकै रूपमै बुझेको छ। यसअघि उपभोक्ताले भनेको बेलामा सिम दिन नसकेको र गुणस्तरमा गुनासो आउँदा पनि मागअनुसार काम गर्न नसक्दा कम्पनीको हित नभएको भन्दै अव कम्पनीले गुणस्तरीय सेवा प्रदान गर्नुका साथै सहज सिम वितरण गर्ने योजना बनाएको छ। स्रोत: साप्ताहिक