आगामी मंसिर १६ गतेदेखि सार्वजनिक प्रदर्शन हुने फिल्म ‘पर्खि राख है’ को गीति संग्रहको आज दिउँसो एक हुल चलचित्रकर्मीले विमोचन गर्दैछन् । नयाँ वानेश्वरस्थित अनमोल क्याटरिङमा अहिले भरखरै प्रारम्भ भएको सांगीतिक कार्यक्रममा फिल्ममा कलाकार तथा प्राविधिकहरुले यो संग्रह सार्वजनिक गर्ने सञ्चारकर्मी नरेश भट्टराईले बताएका छन् ।आज विमोचन भैरहेको फिल्मको गीति संग्रहमा ६ गीत समावेश छन् । ‘झिलिमिलि साँझ…’ शीर्षकको तिहार सम्बन्धि गीत गायिका अञ्जु पन्तले गाएकी छिन् । फिल्मका अन्य गीतहरुमा उदितनारायण झा, सञ्जिवनी, मञ्जिरा, राजेशपायल राई, जावेद अलि आदि गायक...
गायिकाको पाश्र्व गायन छ । फिल्मका गीतहरु सुरेश अधिकारी, ज्ञानु शिरिश, विपीन किरण, स्व.झलकमान गन्धर्वले रचना गरेका हुन् ।

दिदी र दाजुभाईबीचको प्रेमलाई फिल्मको मुख्य विषयवस्तु बनाइएको निर्देशक ढकाल बताउँछन् । निर्देशक ढकालका अनुसार फिल्मको स्क्रिप्ट लेख्न मात्र ६ महिना लागेको थियो ।
निर्माण भएको लामो समयसम्म रिलीज हुन नसकेको पनि अहिले आएका मंसिर १६ गते देखि देशव्यापी प्रदर्शन हुने निश्चित भएकोमा निर्देशक ढकाल सहित फिल्मका प्रस्तुतकर्ता दील श्रेष्ठ समेत हषिर्त छन् । यही फिल्ममार्फत दिल श्रेष्ठ नायकको रुपमा डेब्यू गर्दैछन् ।
फिल्ममा दिल श्रेष्ठका अतिरिक्त मुकेश ढकाल, संचिता लुईटेल, मेलिना मानन्धर, निष्तेज निरौला, शुरविर पण्डीत, विद्या कार्की, मिथीला शर्मा आदि कलाकारले अभिनय गरेका छन् । फिल्ममा सुरेस अधिकारीको संगीत, हिमाल केसीको द्वन्द्व, वसन्त श्रेष्ठ र कविराज शिव शर्माको नृत्य निर्देशन छ । दिपक वज्राचार्यले यो फिल्मको छायांकन गरेका हुन् ।