क्यासिनोमा जुवा खेल्ने नेपालीलाई कडा सजाय गर्ने

गृह मन्त्रालयले तारे होटलमा सञ्चालन हुने जुवाघर (क्यासिनो) मा जाने नेपालीलाई कडा सजाय गर्ने गरी जुवासम्बद्ध कानुनको मस्यौदा तयार पारेको छ । गृहले जुवा ऐन, २०२० लाई खारेज गर्न मस्यौदा गरेको 'जुवा वा सट्टाबाजी खेल्ने वा खेलाउने कार्यलाई नियन्त्रण गर्न विधेयक' मा जुवा खेल्नेलाई बिगोबमोजिम जरिवाना र एक वर्षसम्मको कैद सजाय गर्न सकिने प्रावधान राखिएको छ । बिगो नखुलेको अवस्थामा ५० हजार रुपैयाँ जरिवाना हुने मस्यौदामा उल्लेख छ ।यसअघि क्यासिनोमा पक्राउ परेका नेपाली १ सय रुपैयाँ जरिवाना तिरेर छुट्दै आएका थिए । जुवा ऐनमा २०२० मा जुवाडेलाई यही सजाय थियो । पाँच दशक.पुग्न लागेको... 


ऐनलाई समसामयिक संशोधन गरी सजाय कडा बनाउन लेखा समितिले गृहलाई निर्देशन दिएको थियो । 'नरम सजायको कारण जुवा खेल्ने, अवैध जुवा सञ्चालन गर्ने प्रवृत्ति प्रोत्साहित भएकाले सजाय कडा बनाइएको हो,' गृहसम्बद्ध स्रोतले भन्यो । क्यासिनोमा नेपाली प्रवेश गर्न नपाउने मस्यौदामा उल्लेख छ ।

गृहले सल्लाह नगरी मस्यौदा तयार पारेको भन्दै पर्यटन मन्त्रालय असन्तोष व्यक्त गरेको छ । क्यासिनो पर्यटकीय गतिविधिमा पर्ने भएकाले यससम्बन्धी कुनै पनि निर्णय गर्दा पर्यटनसँग समन्वय गर्नुपर्ने पर्यटन कानुन महाशाखाका रञ्जनकृष्ण अर्यालले बताए । 'थाहै नदिई कानुन मन्त्रालयमा पुर्‍याइएछ,' उनले भने । कानुन मन्त्रालयबाट मस्यौदा फिर्ता आएपछि आवश्यक लागे पर्यटनको राय मागिने गृह प्रवक्ता सुधीरकुमार शाहले बताए । पर्यटनले सर्तसहित नेपाली नागरिकको प्रवेश खुला गर्ने गरी क्यासिनो सञ्चालनसम्बन्धी कार्यविधि बनाउन प्रयास गरिरहेको छ । तर जुवासम्बद्ध ऐनमा नेपालीको प्रवेश निषेध भए कार्यविधिको यस्तो प्रावधान प्रभावकारी हुन्न ।   कुनै सार्वजनिक महोत्सव, मेला, प्रदर्शनी आदिमा मनोरञ्जनका लागि कुनै सानोतिनो चल सम्पत्ति पाउने वा गुमाउने गरी सरकारको स्वीकृति लिई सञ्चालन गर्न सकिने व्यवस्था छ । मेलापातमा जुवा नियन्त्रण गर्ने नाममा प्रहरीले लाभ खोज्दा विवाद झडप हुने गरेकाले यस्तो प्रावधान थपिएको सम्बद्ध स्रोतले जनाएको छ ।  

संशोधित मस्यौदामा जुवा खेल्न कुनै साधन वा सम्पत्ति राख्न नपाउने, च्याँखे थाप्न नपाउने, सट्टाबाजी गर्न नपाउने, त्यसका लागि अरूले सहयोग गर्न नपाउने व्यवस्था गरेको छ । पटके कसुर गर्नेलाई प्रत्येकपटक एक/एक महिनाका दरले थप कैद सजाय हुने व्यवस्था पनि संशोधित मस्यौदामा छ । यस्तै सरकारी वा सार्वजनिक लाभको पदमा रहेको व्यक्ति जुवा वा सट्टाबाजीमा संलग्न भएको प्रमाणित भए अन्य व्यक्तिलाई हुने सजायमा एक महिनाका दरले थप कैद सजाय हुनेछ । ऐनअनुसार कसुर गर्न प्रयोग भएका वा प्रयोजनका लागि राखिएका तथा जुवाबाट आर्जित सम्पूर्ण चल/अचल सम्पत्ति सरकारले जफत गर्न सक्छ ।

यस्तै सञ्चालित जुवाघरले संशोधित ऐन जारी भएपछि ऐनअनुसार ६ महिनाभित्र इजाजत नवीकरण गर्नुपर्नेछ । क्यासिनो इजाजतको अवधि जतिसुकै बाँकी रहे पनि आर्थिक वर्ष समाप्त हुनासाथ एक वर्ष पूरा भएको मानिने मस्यौदामा उल्लेख छ । ऐनअन्तर्गत इजाजतपत्रको अवधि बढीमा पाँच वर्षको हुनेछ । सञ्चालकले अवधि पूरा हुनु एक महिनाअगाडि नै नवीकरण गराउनुपर्नेछ । ऐनले कसुर ठहर्‍याएका गतिविधि गरे ६ महिनाका लागि इजाजतपत्र रद्द गर्न सकिने व्यवस्थासमेत गरेको छ । कारबाहीमा चित्त नबुझ्ने सञ्चालकलाई पैंतालीस दिनभित्र पुनरावेदन अदालतमा जान सक्ने अधिकार दिइएको छ । स्रोत: कान्तिपुर 

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel