क्यासिनो सञ्चालन सम्वबन्धी इजाजत शुक्रबारबाट रद्द

सरकारले राजधानीका चारवटा पाँचतारे होटलमा क्यासिनो सञ्चालन गर्दै आएको नेपाल रिक्रियसन सेन्टर (एनआरसी)को क्यासिनो सञ्चालन सम्वबन्धी इजाजत शुक्रबारबाट रद्द गरिदिएको छ ।असार २ गते भएको मन्त्रीस्तरीय निर्णयअनुसार शुक्रबारसम्म सरकारलाई बुझाउनुपर्ने बक्यौता रोयल्टी नबुझाएमा एनआरसीलाई दिइएको क्यासिनो सञ्चालन सम्बन्धी इजाजत स्वत रद्द हुने पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सार्वजनिक सूचना जारी भएको थियो ।एनआरसीको इजाजत रद्द भए पनि त्यसअन्तर्गत रहँदै आएको होटल सोल्टीस्थित क्यासिनो नेपाल, होटल एभरेष्टस्थित क्यासिनो एभरेष्ट, क्यासिनो हायातस्थित क्यासिनो... 


तारा सम्बन्धित होटलको जिम्मामा गएको छभने होटल अन्नपूर्णस्थित क्यासिनो अन्ना अन्नपूर्ण इन्टरनेसनल नामको कम्पनीको जिम्मामा गएको छ ।

सरकारले एनआरसीलाई २०५० माघ ४ गते क्यासिनो सञ्चालन इजाजत दिएको थियो । राजधानी र पोखराको फूलबारी होटलमा रहेका अन्य क्यासिनोहरू यसअघि नै एनआरसीबाट मुक्त भई सम्बन्धित होटलहरूले सञ्चालन गर्दै आएका छन् ।

एनआरसीको सञ्चालन भारतीय रोकश बाधवाले सञ्चालन गर्दै आए पनि बक्यौता तिर्न अटेर गरेपछि सरकारले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । उनी हाल फरार छन् । अमेरिकी नागरिक आरडी टटलको स्वामित्वमा रहेको एनआरसीलाई बाधवाले तीन वर्षअघि विनालगानी कानुनी लडाइँमार्फत आफ्नो हातमा पार्न सफल भएका थिए । स्रोत: अनलाइन खबर 

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel