उपभोक्ताको मागअनुसार पेट्रोलियम पदार्थको सहज आपूर्ती हुननसक्दा बन्द भएका राजधानीका अधिकांश पेट्रोलपम्पहरू अझै सुचारु भएका छैनन् ।मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी सङ्घले बिहीबारदेखि सुरु गरेको अनिश्चितकालीन आन्दोलनले बढेको पेट्रोलियम पदार्थको अभाव कम गर्ने सम्झौता भएको भनिए पनि अझै घटेको छैन । अन्तर्राष्ट्रिय मूल्य समायोजन गर्नका लागि भन्दै १६ महिनामा छ पटक मुल्य वृद्धिद्घ गरी १०२ रुपिँया प्रतिलिटर पु¥याउँदा पनि उपभोक्ताको सास्ती घट्न सकेको छैन,झनै बढ्दो छ ।निगम र सङ्घबीच शुक्रबार बेलुका वार्तामार्फत सहमति बनिसके पनि उपभोक्ताले राहत महसुस गर्न सकेका छैनन्...
यता निगमले.भने सहमतिपछि बिदाका दिनहरूले गर्दा तत्काल राहत दिन नसकिएको जनाएको छ । शुक्रबार सहमति भयो, शनिबार बिदा अनि आइतबार भारतमा बिदा हुने भएकाले समस्या भएको नेपाल आयल निगमका उपमहाप्रबन्धक बच्चु काफ्लेले बताउनुभयो ।
यता निगमले.भने सहमतिपछि बिदाका दिनहरूले गर्दा तत्काल राहत दिन नसकिएको जनाएको छ । शुक्रबार सहमति भयो, शनिबार बिदा अनि आइतबार भारतमा बिदा हुने भएकाले समस्या भएको नेपाल आयल निगमका उपमहाप्रबन्धक बच्चु काफ्लेले बताउनुभयो ।
बुधबारदेखि राजधानीमा पेट्रोलियम पदार्थको सुलभ वितरण हुने उहाँको भनाइ छ । नेपाल आयल निगमले भारतीय आयल निगम (आईओसी)लाई तिर्न रहेको बाँकी बक्यौता नतिरेकै कारण भारतबाट आउने दुई तिहाई पेट्रोलियम पदार्थ कटौती गरिरहेका बेला बिहीबारदेखि पेट्रोलियम पदार्थको अभाव ह्वात्तै बढेको थियो ।
सङ्घको आन्दोलनका कारण बिहीबार आयल निगमले रक्सौलबाट पेट्रेलियम पदार्थ ल्याउन नसकेपछि राजधानीका पेट्रोलपम्पहरूमा उपभोक्ताहरूको लामो लाइन लाग्न थालेको थियो । थानकोट डिपोबाट समेत पेट्रोल पम्पलाई तेल बाँड्न नसक्दा बिहीबार र शुक्रबार उपत्यकाका अधिकांश पेट्रोल पम्प बन्द रहेका छन् भने पेट्रोल पम्पहरूमा उपभोक्ताहरूको चाँप बढेको थियो । कतिपयले वितरण गरेको पेट्रोलियममा लामो लाइन देखिन्थ्यो ।
निगमले बरौनी–अमलेखगन्ज तेल ढुवानी गर्ने ६१ वटा ट्याङ्कर रक्सौल–काठमाडौँ रुटमा सार्ने भनी गरेको निर्णयको विरोध गर्दै सङ्घले आन्दोलन सुरु गरेको थियो भने सहमतिपछि सो आन्दोलन फिर्ता लिइएको थियो । सङ्घअन्तर्गत रहेका करिब तीन सय ट्याङ्करले रक्सौलबाट काठमाडौँसम्म तेल ढुवानी गर्छन् ।
रक्सौल–काठमाडौँ रुटमा ट्याङ्कर थप्ने निगमको निर्णयले डेढ अर्ब रुपियाँको लगानी डुब्ने अवस्थामा पुगेको सङ्घको दाबी रहिआएको छ । स्रोत: अनलाइन खबर