नेपाल टेलिकमका करोडौं मूल्यका उपकरण पानीमा ढुबे

प्राविधिक रुपमा उपयुक्त नभएको जान्दा-जान्दै नेपाल टेलिकमका केही कर्मचारीले लाभका लागि उपकरण राख्ने गोदाम स्वीकृत गरेको कारण करोडौं मूल्यका उपकरण पानीमा ढुबेका छन् ।नेपाल टेलिकम क्षेत्रीय कार्यालयले सुनसरीको दुहवी-३ मा रहेको निर्मल कोचरको गोदाम भाडामा लिएर भण्डार गरेका करिब चार करोडका विटीएस, सिडीएम लगायतका उपकरण वर्षातको कारण पानीमा डुबेका हुन् । विहीबार राती देखी गोदाममा दुई फीट पानी छिरेपछि भण्डार गरिएका उपकरणलाई शुक्रबार अन्यत्र सारिएको छ । चीनको जेटिई कम्पनीबाट ल्याईएका सामाग्रीहरुमा पानी पसेपछि संचालनमा समस्या आउने प्राविधिकले...


बताएका छन् । गोदाममा आईभीआर, विटीएस, सिडीएमए, रेक्टिफायर, मोडेम, एयरकण्डिसन, अप्टिकल वायर र अन्य उपकरण रहेको गोदाम इञ्चार्ज भवनी निरौलाले बताए ।सामाग्री रहेको गोदाम भाडामा लिने बेलामा प्राविधिक रुपमा उपयुक्त नभएको कर्मचारीहरुले बताएपछि क्षेत्रीय प्रमुख श्यामसुन्दर प्रसाद यादवले पाँच पटक सम्म गोदामको निरीक्षण गरेका थिए । गोदाम प्राविधिक रुपमा उपयुक्त नहुदा नहुदै यादवले 'टेलिकमले लिन्छ भनेपछि गोदामवालाले पाँच छ लाख खर्च गरेकाले उसैको स्वीकृती गर्ने' निर्णय गरेको टेलिकम स्रोतले बताएको छ ।मासिक १ लाख २५ हजारमा लिइएको उक्त गोदामसंगै छ वटा अन्यको बोलपत्र परेको थियो । गत वर्षको असोजमा भएको टेण्डर छनौटमा अन्य गोदाम संगै साल्ट ट्रेडिङ लिमिटेडको गोदाम पनि छनौटको सुचीमा परेको थियो । ३० हजार महंगो भएकाले साल्ट ट्रेडिङको गोदाम छनौटमा परेको थिएन । तर टेलिकम स्रोतले सरकारी गोदाम भाडामा लिंदा कमिसन निमिल्ने भएकाले अनुपयुक्त हुँदाहुँदै दुहवीको कोचरको गोदामलाई स्वीकृती गरिएको बतायो ।

क्षेत्रीय प्रमुख यादवले साल्ट ट्रेनिङको गोदाम मंहगो भएकाले सस्तो बोलपत्रलाई स्वीकृती दिनु पर्ने नियम भएकाले दुहवीको कोचरको गोदामलाई स्वीकृती दिएको बताए । कर्मचारी यूनियनहरुको विरोधको बावजुद पनि अनुपयुक्त हुँदाहँदै स्वीकृती दिएकोबारे अस्विकार गर्दै भने, 'यूनियनको काम भनेकै जे मा पनि विरोध मात्र गर्नु हो ।' दुहवीका स्थानियले ड्याम थुनेकाले गोदाम भित्र पानी प्रवेश गरेको उनले बताए ।मोवाईल शाखा इञ्चार्ज तथा बरिष्ठ इन्जिनियर रविन्द्र थापाले गोदाममा पानी पसेर के कति उपकरण विग्रीयो भनेर परिक्षण पछि मात्र भन्न सकिने बताए । उनले भने, 'साइडमा लगेर जडान गरेपछि मात्र उपकरण चल्ने नचल्ने थाहा हुन्छ नत्र पत्ता लाग्न गाह्रो हुन्छ ।'विटिएस र रेक्टिफायर भित्र पानी पसेको भए ति उपकरण प्रयोगमा ल्याउन नसकिने उनले बताए । एउटा बिटीएस सिस्टमको करिब ५० लाख रुपैयाँ पर्छ । त्यो गोदाम करिब छ वटा विटिएस राखिएको थियो ।

नेपाल दुरसंचार कर्मचारी संघका क्षेत्रीय अध्यक्ष मोहन फूयलले कात्तिक महिनामा गोदाम हेरेर यूनियनहरुले उपयुक्त छैन भनेर विरोध गर्दा गर्दै पनि उपकरण राख्ने काम गरिएकाले अहिलेको क्षति ब्यहोर्नु परेको बताए । पहिले कति उपकरण क्षति भएको हो त्यसको यकीन गरी प्राविधिक रुपमा अनुपयुक्त हँुदाहुँदै त्यहि गोदामलाई सदर गर्ने उपर छानविन गर्नु पर्छ भन्ने माग क्षेत्रीय प्रमुखसंग राखेको फूयलले बताए ।राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकमका क्षेत्रीय अध्यक्ष रमकान्त चौधरीले पानीले गोदाम डुब्नुलाई प्राकृतिक प्रकोपका रुपमा मात्र लिन नमिल्ने बताए । चौधरीले भने, 'उपयुक्त नभएको गोदाम नै हचुवाको भरमा स्विकृती गर्ने काम भएको छ जस्ले टेलिकमलाई क्षति पुर्‍याएको छ यस्को छानबिन गरि दोषी  उपर कारबाही हुनु पर्छ ।'

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel