टेलि सिरियल "मेरी बास्सै" बाट हास्य क्षेत्रमा धुर्मुसका नामले चर्चित सीताराम कट्टेलले दर्शकहरूलाई मनोरञ्जन दिन एउटै सिरियलमा विभिन्न रूप र शैली अपनाउँदै आएका छन् । धुर्मुसबाहेक एमाले नेता केपी ओलीको क्यारिकेचर गरेर समेत प्रशंसा बटुलेका सीताराम अब भने एकसाथ चार वटा भूमिकामा देखिने भएका छन् । उनले सुरुदेखिको धुर्मुस र ओलीको चरित्रबाहेक पनि यतिबेला स्वामी खडानन्द नामको ज्योतिषीको भूमिकामा चर्चा बटुलिरहेका छन् ।
आइतेको भूमिकामा पनि दर्शकहरूले आफूलाई रुचाएकोमा सीताराम कम्ती पुलकित छैनन् ।'हरेक चरित्र एकअर्कासँग फरक रहेकाले तिनमा अभिनय गर्ने म एउटै सीताराम हुँ भन्ने पनि कति दर्शकलाई थाहा रहेनछ,' उनले आफूले भूमिकालाई न्याय गर्न सकेकैले त्यस्तो भएको हुन सक्नेमा सन्तुष्ट देखिँदै भने ।
उनले चार-चार वटा पात्रमा अभिनय गर्नु चुनौती भए पनि दर्शकले अत्यधिक रुचाइदिएपछि निरन्तरता दिन जोस आएको पनि बताए । केही पहिले उनी 'मेरी बास्सै' मै पनि हरिवंश आचार्यले छुट्टाछुट्टै आठ सिरियलमा अभिनय गरेका आठ भूमिकालाई एकैचोटि नक्कल गरी प्रस्तुत भएका थिए ।
त्यसो त उनी 'मेरी बास्सै' का लागि १४ भूमिका निर्वाह गरिसकेको सुनाउँछन् । दर्शकहरूले भविष्यमा अझै नयाँ-नयाँ चरित्रमा देख्न पाउने उल्लेख गर्दै उनले भने, 'त्यत्ति हो त्यो खेल्ने सीताराम हो भनेर चिन्नुहुन्छ कि हुन्न ।'

Nepalese Rupee Converter