गायिका सिन्धु मल्ल करिब सात वर्षपछि आफ्ना स्रोता दर्शकमाझ आउने भएकी छिन्। "झलझली आँखामा...." "कहाँ हो कहाँ..." जस्ता लोक, आधुनिक र फास्ट गीतहरुमामा निक्कै चर्चा कमाएकी सिन्धुले "कस्तो मिठो पीडा" नामक एल्बम निकाल्दै संगीतमा पुनरागमन गर्दैछिन्। संगीत क्षेत्र अहिले सुस्ताउँदो अवस्थामा भए पनि आफ्नो उपस्थिति प्रभावकारी बनाउन चाहेको बताउछिन उनी । तीन दर्जनभन्दा बढी गीत गाइसकेकी उनी, घाँटीको समस्याले केही समय गायनबाट टाढिएकी थिइन्। स्वास्थ्य तथा वैवाहिक जीवनको कारण पनि अल्मलिएको बताउँछिन्। पछिल्लो समय लोकगीतको बजार खस्केको बुझेकी सिन्धु लोकगीत गाएर चर्चा कमाए पनि टिकिरहन अरु शैलीका गीत समेत गाउनु पर्ने उनको अनुभव छ।
सिडीको बिक्री घट्नुमा पनि स्तरकै खोट देख्छिन् उनी। महोत्सवहरूमा निकै व्यस्त सिन्धुले हालै जापान र अस्ट्रेलियामा आयोजित कार्यक्रमहरुमा गीत गाएकी थिइन्।
"कहाँ" नामक आधुनिक एल्बम र तीज कलेक्सनपछि निकाल्न लागेको "कस्तो मीठो पीडा" एल्बममा सबै खाले स्रोताको चित्त बुझाउने लक्ष्य लिइएको छ। सात गीत रहेको एल्बममा यादव खरेल, श्रीपुरूष ढकाल, दयाराम पाण्डे र राजकुमार बगरको शब्द छ। एल्बममा उनकै पति सुदाम थापाको परिकल्पना तथा संगीत रहेको छ ।