वासिङ्टन, १ साउन-अब विश्व विनिमय परिदृश्यबाट अमेरिकी डलरको प्रभुत्व हट्ने भएको छ । विश्व आर्थिक वृद्धिका प्रमुख वाहकका रूपमा केही विकासशील देशहरू प्रस्तुत भएका र वित्तीय विनिमयमा अमेरिकी डलरमा थोरै मात्र निर्भर भएपछि यो अब विश्व सञ्चिति मुद्रामा तीनमध्येको एक मात्र हुने भएको हो । प्रमुख तीन मुद्राहरूमा युरो, डलर र रेम्बिनी कायम रहने प्रसिद्ध इतिहासविद् पाउल केनेडीले ब्लुमबर्ग विजनेस विक म्यागेजिनमा उल्लेख गरेका छन् ।केनेडीले पछिल्ला साताहरूमा बैंकर र अर्थशास्त्रीहरूको तातो बहसलाई उल्लेख गर्दै विश्वको एक मात्र सञ्चिति मुद्रामा अमेरिकी डलरले आफ्नो स्थान गुमाउने चर्चा...
चलेको जनाएका छन् ।युआन (रेम्बिनी) को.लगातार अधिमूल्यन र चीनको विशाल पुँजी बचतले युआनलाई सञ्चिति मुद्राको रूपमा स्थापित गर्नुभन्दा ठ्याक्कै अगाडिको समय भएको संकेत गरेको उनको तर्क छ । यो अवस्थालाई जून २ को वालस्ट्रिट जर्नलले चीनको बढ्दो वित्तीय शक्ति भनेर उल्लेख गरेको छ ।
चलेको जनाएका छन् ।युआन (रेम्बिनी) को.लगातार अधिमूल्यन र चीनको विशाल पुँजी बचतले युआनलाई सञ्चिति मुद्राको रूपमा स्थापित गर्नुभन्दा ठ्याक्कै अगाडिको समय भएको संकेत गरेको उनको तर्क छ । यो अवस्थालाई जून २ को वालस्ट्रिट जर्नलले चीनको बढ्दो वित्तीय शक्ति भनेर उल्लेख गरेको छ ।
यसैबीच मुडी रेटिङ एजेन्सीले जून २ मा विशाल सरकारी घाटा सही अवस्थामा नआउने हो भने चाँडै नै सरकारी क्रेडिट रेटिङ घटाउने र अमेरिकाको क्रेडिटमाथि प्रश्न खडा हुने बताएको छ । “तल्लो अवस्थाको रेटिङको अर्थ उच्च ब्याजदर हो र अमेरिकाले आफ्नो असाधारण अवस्था गुमाउँदैछ,” केनेडीले चेतावनी दिए ।
अमेरिकी डलरको भविष्य अनिश्चित भएको अवस्थामा विदेशी विनिमयलाई धेरै टोकरीमा वितरण गर्नुपर्ने संवेदनशील अवस्था सिर्जना भएको केनेडीको टिप्पणी थियो । वास्तवमा ६१ प्रतिशत विदेशी विनिमय मात्रै डलरमा रहेको छ र यो प्रत्येक वर्ष घट्दो अवस्थामा छ ।
“समग्रमा २०५० बाट विश्वको तीन सर्वाधिक ठूला अर्थतन्त्रमा अमेरिका, युरोपेली संघ र चीन रहनेछन् । त्यसैले यीमध्ये कुनचाहिँको काधमा सञ्चिति मुद्राको भार रहन्छ,” उनको भनाइ छ ।
यदि यो अवस्था २०२५ मै आए वा १० वर्षपछि आए अवस्था अमेरिकाको लागि बोझिलो हुने केनेडीको तर्क छ । अमेरिकाले आफ्नो विशाल ऋणको चुलिबाट मुक्ति पाउन बढी डलर छाप्छ भने अन्य देशहरूले त्यसो गर्दैनन् ।
विश्वका बाँकी राष्ट्रहरूले अन्य विकल्प रोज्न सक्छन् भने मुडी र यसका भगिनी रेटिङ एजेन्सीहरूले अमेरिकाको क्रेडिङ रेटिङलाई घटाउन सक्छन्, त्यसपछि अमेरिका अन्य सामान्य देशहरूकै तहमा परिणत हुन सक्छ । अमेरिकाले पनि अन्य देशहरू जस्तै जर्मनी र स्वीजरल्यान्डले जस्तै कर, खर्च र घाटाको आन्तरिक नियमहरू स्वीकार गर्नुपर्ने हुन्छ । स्रोत: कारोबार