जाजरकोट खलंगाको वडा नम्बर ८ ले पायो १० करोड

श्रावण ३ - एउटा वडाले वर्षमा कति बजेट पाउला ? जाजरकोट खलंगाको वडा नम्बर ८ भने यस्तो भाग्यमानी परेको छ जसले गत आर्थिक वर्ष १० करोड रुपैयाँको विकास पाएको छ ।द्वन्द्वकालमा जर्जर भएका खलंगा-८ का पीपे, मैदे र रिम्ना गाउँमा शान्ति प्रक्रियापछि विकासे कार्यक्रमको ओइरै लागेको हो । सदरमुकाम नजिकैको गाउँमा खानेपानी तथा सरसफाइ, लघु जलविद्युत्, सिँचाइ, सडक, विद्यालय भवन, सहिद पार्क र सहिद स्मृति भवन निर्माण गरिएका छन् । सरकारले गाउँमा खानेपानी तथा सरसफाइमा १ करोड १७ लाख, विद्युत्मा १ करोड १२ लाख, सडकमा झन्डै ७ करोड, सिँचाइमा ७० लाख, विद्यालय भवन बनाउन १२ लाख ५१ हजार...

 र सहिद पार्क तथा स्मृति भवनलाई ३६ लाख ८० हजार खर्च गरेको छ ।जिविसको एक चौथाइ बजेट यस वडामा खर्च गरिएको छ । ठूलो परिमाणको लगानीअनुरूप विकास निर्माणका काम पनि सन्तोषजनक भएको जिल्ला इन्जिनियर अशोककुमार साहले बताए । जिल्लास्तरमा पीप-रिम्नालाई एक वर्षअघि नमुना गाउँ घोषणा गरिएको थियो । गाउँ बीचबाटै ८ किलोमिटर सडक निर्माण भएको

छ । यो डोल्पा जोड्ने राजमार्गका रूपमा विकास गरिएको हो । भेरी नदीको पानी खाने र नदीको किनारमै खुला दिसापिसाब गर्नेले स्वच्छ पिउने पानी र शौचालय प्रयोग गर्ने गरेका छन् ।

स्वच्छ खानेपानी सुविधाबाट करिब ३ सय ५० परिवार लाभान्वित छन् ।

करिब १२ किलोवाट विद्युत् उत्पादनले गाउँ झिलीमिली भएको छ भने १४ किलोवाटको अर्को योजना निर्माण हुने क्रममा छ । भेरी त्रिवेणी मावि रिम्नामा छात्रा शौचालयसहितको १० कोठे भवन पनि बनेको छ । त्यसैगरी ३ सयभन्दा बढी सहिदको सम्झनामा स्मृति भवन र पार्क बनेको छ । माओवादीले स्मृति भवनमा सबै सहिदको तस्बिर राख्ने जनाएको छ ।

देशमा शान्ति स्थापनापछिका चार वर्षमा खलंगा गाविसअन्तर्गत पर्ने यो वडाले विकास निर्माणमा तीव्रता पाएको हो । पीपे-रिम्ना गाउँमा विकासे संघसंस्थाको ओइरो लाग्ने गरेको छ । द्वन्द्वका बेला सबैभन्दा पीडित यो गाउँलाई विकासको दृष्टिले नमुना बनाउन माओवादी जिल्लास्तरको नेतृत्वले बढी जोड दिएको हो । सशस्त्र द्वन्द्वमा वडा ८ का २६ जनाको ज्यान गएको थियो भने दुई जना बेपत्ता छन् ।

विद्रोहीबाट एक र राज्य पक्षबाट २५ जना मारिएका थिए । रिम्नामा एउटै घरका कुन्त खड्का, भाइ लक्ष्मण र मनसरा गरी तीन जना मारिएका थिए । 'द्वन्द्वमा सबैभन्दा बढी स्थानीयले ज्यान गुमाएको वडा भएको नाताले विकासका लागि अन्यत्रभन्दा बढी प्राथमिकता दिएका हौं,' माओवादी जिल्ला इन्चार्ज गगन खड्काले भने ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel