नेपाल टेलिकमले एक करोड लाइन थप्ने

४ साउन-नेपाल टेलिकमले चालू आर्थिक वर्षमा एक करोड लाइन मोबाइल थप गर्ने भएको छ । कम्पनीले सेकेन्ड जेनरेसन (टुजी), थर्ड जेनेरेसन (थ्रीजी) र लङटर्म इभोलुसन (एलटीई) लगायतका सेवामा आगामी साताभित्र एक करोड लाइनको टेन्डर आह्वान गर्ने घोषणा गरेको हो ।  कम्पनीले चालू आवको योजना तथा कार्यक्रमबारे जानकारी दिन बुधबार गरेको कार्यक्रममा तारसहित र तारबिनाको प्रविधिमा आधारित ब्रोडब्यान्ड इन्टरनेट सेवा व्यापक बिस्तार गर्ने जनाएको छ । ‘भ्यालु एडेड’ सेवा कम्पनीको मुख्य आम्दानीको स्रोत भएको जानकारी दिँदै कम्पनीका प्रबन्ध निर्देशक विश्वनाथ गोयलले व्यापकता बिस्तार गर्ने योजना रहेको...

बताए । प्रयोगमा रहेका टेलिफोन सेवालाई कम्पनीले ‘आईपी सीडीएमए’ प्रविधिमा रूपान्तरण गर्ने भएको छ । ‘आइपी सीडीएमए’मा रूपान्तरण भएपछि ग्राहकले हालको भन्दा गुणस्तरीय सेवा पाउने प्रबन्ध निर्देशक गोयलको दाबी छ ।
कम्पनीले गाउँ–गाउँमा ब्रोडब्यान्ड सबै सहरमा ‘फोन अन डिमान्ड’ भन्ने सरकारको लक्ष्यबमोजिम कार्यक्रमलाई अगाडि बढाएको छ । अघिल्लो वर्ष टेन्डर आह्वान गरिसकेको जीएसएम लाइनमध्ये चालू आवमा १२ लाख ३७ हजार ७ सय लाइन थप गर्न लागेको छ । आधारभूत टेलिफोनतर्फ ३३ हजार लाइन वितरण गर्ने लक्ष्य राखिएको छ । सीडीएमए प्रविधिमा आधारित ३ लाख ८३ हजार लाइन टेलिफोन वितरण गर्ने योजना अगाडि सारिएको छ । २० लाख आईपी सीडीएमए टेलिफोन बिस्तार कार्यका लागि उपकरण जडान एवं सेवा वितरण कार्य अघि बढाइनेछ । आईपी सीडीएमएको वितरणपछि ब्रोडब्यान्ड सेवाको पहुँच ग्रामीण क्षेत्रमा पुग्ने विश्वास टेलिकमको छ ।  
कम्पनीले १०० र ५० का रिचार्ज कार्डको मागलाई मध्यनजर गर्दै इलेक्ट्रोनिक पिनलेस रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । सबै गाउँ विकास समितिमा सन् २०१२ सम्ममा वाईम्याक्स प्रविधिमा आधारित ब्रोडब्याड डाटा सेवा बिस्तार गर्न २ लाख लाइन बिस्तार गर्न लागिएको छ । कम्पनीले धेरै नेपाली बसोबास गरेका १० मुलुकमा अन्तर्राष्टिय अन्तरआबद्धता गर्ने कम्पनीको योजना छ । कम्पनीले चालू आवभित्रका आयोजनाका लागि १४ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरेको छ । कम्पनीका ग्राहक असार मसान्तसम्म टेलिफोनतर्फ कुल ग्राहक ६८ लाख ८९ हजार र इन्टरनेटतर्फ १० लाख ५० हजार छन् ।
कम्पनीले २०६७/६८ को कुल आय २८ अर्ब १८ करोड रुपैयाँ हुने अनुमान गरेको छ । अघिल्लो आवमा २७ अर्ब २२ करोड रुपैयाँ आम्दानी भएको थियो । अघिल्लो वर्ष २०६७/६८ को आयभन्दा गत वर्षको आय २.९६ प्रशितले वृद्धि भएको हो । कम्पनीले सबै सेवामा गरी १७ अर्ब ४९ करोड १९ लाख रुपैयाँ सरकारलाई राजस्व बुझाएको छ ।  
‘शुल्क घट्दैन, गुणस्तरीय सेवा दिन्छौँ’
नेपाल टेलिकमले चालू आर्थिक वर्षमा सेवाको शुल्क नघटाउने स्पष्ट पार्दै गुणस्तर सुधार गर्ने जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक विश्वनाथ गोयलले यस वर्षको कार्यक्रममा सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै गुणस्तर सुधारलाई प्राथमिकता दिएको बताएका छन् ।  
कम्पनीले सेवाको गुणस्तर सुधार्न जीएसएम तथा सीडीएमए मोबाइल सिस्टमको रेडियो फ्रिक्वेन्सी अप्टिमाइजेसन कार्यलाई व्यापक रूपमा सञ्चालन गर्न लागेको छ । ग्राहकको समस्यालाई ध्यानमा राखी आधारभूत टेलिफोन तथा जीएसएम पोस्टपेड मोबाइलको महसुल कार्डबाटै राख्ने तयारी गरिएको छ । प्रबन्ध निर्देशक गोयलले कात्तिक मसान्तसम्म ग्राहकले आधारभूत टेलिफोन र पोस्टपेड मोबाइलको बिल कार्डबाटै तिर्न सक्ने बताए । स्रोत: कारोबार 

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel