१७ साउन-ऊर्जा मन्त्रालयले ७ सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेती आयोजना बनाउन आवश्यक १ खर्ब रुपैयाँ जुटाइदिन अर्थमन्त्रालयलाई अनुरोध गरेको छ ।ऊर्जासचिव बालनन्द पौडेलले अर्थसचिव कृष्णहरि बाँस्कोटालाई सोमबार पत्राचार गरी सकेसम्म आफ्नै स्रोतबाट, नभए वैदेशिक सहयोगबाट भए पनि वित्तीय व्यवस्थापन गर्न आग्रह गरेका हुन् । “आयोजना सरकारबाटै बनाउन आवश्यक रकम व्यवस्था गर्न अर्थलाई अनुरोध गरिएको हो,” ऊर्जा सहसचिव श्रीरन्जन लाकौलले भने ।वित्तीय व्यवस्था भएपछि आयोजना निर्माणको प्रारूपलगायत विस्तृत कार्ययोजना सार्वजनिक गरिने जानकारी उनले दिए । “विकास...
समिति, कम्पनी वा विद्युत् प्राधिकरणमार्फत कुन प्रारूपमा आयोजना विकास गर्ने हो, मन्त्रालयले चाँडै निर्णय गर्नेछ,” उनले भने, “अर्थले वित्तीय व्यवस्था गरिदिए आयोेजना तत्काल अघि बढाउन सकिने अवस्था छ ।”
समिति, कम्पनी वा विद्युत् प्राधिकरणमार्फत कुन प्रारूपमा आयोजना विकास गर्ने हो, मन्त्रालयले चाँडै निर्णय गर्नेछ,” उनले भने, “अर्थले वित्तीय व्यवस्था गरिदिए आयोेजना तत्काल अघि बढाउन सकिने अवस्था छ ।”
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वेस्ट सेती हाइड्रोइलेक्ट्रिकलाई दिएको अनुमतिपत्र खारेज गरी ऊर्जा मन्त्रालयलाई आयोजना निर्माणका लागि पहल गर्न निर्देशन दिएको थियो । सोही निर्देशनबमोजिम ऊर्जाले आफ्नै प्रयासमा आयोजना बनाउने योजना तयार गरी रकम माग गरेको लाकौलले स्पष्ट पारे ।
सरकार र वेस्ट सेतीबीच सन् १९९७ जुन २७ मा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो । पीडीए भएको १५ वर्ष बितिसक्दा पनि उसले वित्तीय व्यवस्था गर्न नसकेपछि सरकारले उसको अनुमति खारेज गरेको हो । १५ वर्षको अवधिमा १० पटक पीडीए संशोधन भइसकेको छ । १० औं संशोधनअनुसार कम्पनीलाई सन् २०१० डिसेम्बर ३१ मा वित्तीय व्यवस्था गर्न अन्तिम समय दिइएको थियो ।
आयोजनाको अध्ययन अस्ट्रेलियाको स्नोई माउन्टेन इन्जिनियरिङ कर्पोरेसन (स्मेक)ले गरेको हो । आयोजनामा सबैभन्दा बढी सेयर स्वामित्व उसैको थियो ।
कम्पनीको सेयर संरचनाअनुसार पश्चिम सेतीमा स्मेकको २६ प्रतिशत, एसियाली विकास बैंक (एडीबी)को १५, चाइना नेसनल मेसिनरी इम्पोर्ट एक्सपोर्ट कर्पोरेसन (सिमेक) को १५, इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिस लिमिटेड (आईएलएफएस) को १५, स्पेसल पर्पोज भेहिकल (एसपीभी) को १४ र नेपाल सरकारको १५ प्रतिशत स्वामित्व बनाइएकोे थियो ।
आयोजनामा १५ प्रतिशत सेयर स्वामित्वमा लगानी गर्न एडीबीले नेपाल सरकारलाई साढे ४ करोड अमेरिकी डलर दिने सहमति जनाएको थियो । आयोजना निर्माणका लागि १ अर्ब ६० करोड अमेरिकी डलर आवश्यक पर्ने स्मेकको अध्ययनले देखाएको छ । अध्ययनअनुसार आयोजनाबाट वार्षिक ३ हजार ३ सय गिगावाट विद्युत् उत्पादन हुनेछ ।आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) स्मेकले नै तयार गरेको हो । उसले आयोजनाको डीपीआर तयारलगायत अन्य काममा गरी कुल ३ करोड ४० लाख अस्ट्रेलियन डलर लगानी गरेको बताएको छ ।
यसैगरी आयोजनाबाट उत्पादित बिजुली बिक्रीका लागि भारतको पावर ट्रेडिङ कर्पोरेसन लिमिटेड (पीटीसी) सँग २५ वर्षसम्मका लागि (पीपीए) गर्ने सैद्धान्तिक सहमति भएको थियो । कम्पनीले आयोजना बनेपछि १० प्रतिशत अर्थात् ७५ मेगावाट निःशुल्क बिजुली दिने सहमति जनाएको थियो । सुदूरपश्चिमको डोटी जिल्लामा पर्ने पश्चिम सेती अहिलेसम्मकै ठूलो लगानीको जलाशययुक्त आयोजना हो ।
कम्पनीका निर्देशक हिमालयबहादुर पाण्डेका अनुसार एडीबीले धोका दिएपछि आयोजना बन्न नसकेको हो ।
यता, चीनको थ्रि गर्जेज कपोरेसनले पश्चिम सेती आयोजना बनाउन ऊर्जा मन्त्रालयमा प्रस्ताव गरिसकेको छ । यो चीनको ठूलो जलविद्युत् प्रवद्र्धक हो । यसले चीनमा १८ हजार मेगावाटको थ्रि गर्जेज परियोजना निर्माण गरिसकेको छ । स्रोत: कारोबार