३० साउन-आफन्त मार्ने शृंखलामा पछिल्लोपटक सोमबार कञ्चनपुरमा अर्को दर्दनाक घटना भएको छ । भीमदत्त नगरपालिकानिवासी धर्मानन्द नाथ फरार भएका छन् भने उनकी आमा, श्रीमती, छोरा र छोरीको हत्या भएको छ । परिवारका चारैजनाको हत्या गरेर धर्मानन्द फरार भएको हुनसक्ने प्रहरी अनुमान छ । तर, उनी पनि कुन अवस्थामा छन् भन्ने अनुसन्धान भइरहेको छ । भीमदत्त नगरपालिका-९ मटैना निवासी धर्मानन्दकी ५० बर्षिय आमा हरिना, २४ बर्षिय श्रीमती धाना, ६ बर्षिय छोरा रवि र तीन बर्षिय छोरी रेनुकाको हत्या भएको छ । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका अनुसार साँझ सँगै सुतेका पाँचजनामध्ये बिहान...
चारजनाको शव भेटिएको छ । उनीहरू सबैलाई घाँटीमा डोरीले कसेर मारिएको छ । परिवारका पाँचैजना आइतबार साँझसम्म राम्रै अवस्थामा रहेको छिमेकी तथा नातेदारले बताएका छन् । 'ठीकै थिए, झै-झगडा पनि भएको थिएन,' छिमेकी नातेदार कलावती नाथले भनिन् । साँझ धर्मानन्द र धानाले घाँस काटेरसमेत ल्याएको उनले बताइन् । 'राति पनि होहल्ला केही सुनिएन,' धर्मानन्दकी काकी नाता पर्ने कलावतीले भनिन् । बिहान गाई र बाच्छो खेतमा धान खाइरहेको देखेपछि उनले बोलाएकी थिइन् । 'डाँको लगाएँ, तर कोही बाहिर आएन । गाई र बाच्छो लिएर गोठमा लगे । बाँध्न खोज्दा दाम्लो काटेको देख्ने कलावतीले भनिन् । त्यसपछि घरभित्र आउँदा सबै मरेको देखेको उनले बताइन् ।

प्रहरी निरीक्षक चक्र शाहीका अनुसार चारैजनाको घाँटीमा डोरीले बाँधेको निलडाम छ । चारैजनाको घाँटीमा गहिरो घाउ पनि छ । बिहान छिमेकीले उनको घरमा जाँदा ढोका खुलै राखेका थिए । धाना, रवि र रेनुकाको एउटा कोठामा तथा हरिनाको अर्को कोठामा हत्या गरिएको छ । धर्मानन्द, धाना र दुई छोराछोरी एउटै कोठामा सुत्ने गरेको र उनकी आमा हरिना छुट्टै कोठामा सुत्ने गरेको छिमेकीले बताए । उनीहरू सुत्ने कोठामा रहेका नेपाली र भारतीय नम्बरका दुईवटा फोन भित्तामा रहेको फ्ल्याकमाथि राखिएका थिए ।
रातिसँगै सुतेका धर्मानन्द बिहान भने भेटिएका छैनन् । उनी मानसिक रूपमा पहिलेदेखि नै केही समस्यामा रहेकोे गाउँलेले बताएका छन् । उनका बुबा करविर नाथ भारतको मुम्बईमा छन् भने दाइ वीरभद्र नाथ सशस्त्र प्रहरीका इन्स्पेक्टर हुन् । उनी परिवारसहित काठमाडौंमा बस्दै आएका छन् । घरमा पाँचजना मात्रै रहेका थिए ।
सामूहिक हत्या गरिएपछि गाउँनै शोक र त्रासमा डुबेको छ । परिवारकै हत्यारा फेरि गाउँमा र्फकेर अर्को आतंक फैलाउन सक्ने भनेर गाउँभरि त्रास छाएको छ । जिल्ला प्रहरी कार्यालयले पनि प्रहरीको एउटा टोली सो गाउँमै राखेको जनाएको छ । सोमबार गाउँले कामधाम छाडेर घटना भएको घरमा भेला भएका थिए । सो क्षेत्रका विद्यालय पनि बन्द रहे । बालक रवि स्थानीय सौकार बोर्डिङ स्कुलमा यु-केजीमा अध्ययनरत थिए ।
हत्या गरिएका चारैजनाको शव पोस्टमार्टमका लागि प्रहरीले महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पताल पुर्याएको छ । धर्मानन्दको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक शाहीले बताए । धर्मानन्दको तस्बिर दिएर भारतीय सुरक्षाकर्मीलाई पनि सीमामा सुरक्षा जाँचका लागि आग्रह गरिएको प्रहरीले जनाएको छ ।