केहि समय पहिले भारतीय र पछिल्लो चरणमा नेपाली संचारमाध्यममा निरन्तर छाइरहेकि नेपाली छोरी मनिषा कोइरालाले आत्महत्याको प्रयास गरिन भन्दा धेरैलाई पत्यार नलाग्ला तर उद्योगी सम्राट दाहालसँग विवाह बन्धनमा बाँधिएपछि जीवनमा केहि खटपट सुरु भएको मनिषाको व्यक्तिगत जीवन पिडादायी भैरहेको समाचार आइरहँदा यो समाचारले अचम्म भने नपार्न सक्छ ।हिँडे पनि, सुते पनि, बसे पनि चर्चा पाइरहने मनिषाले तीन साताअघि आफ्नो जीवनलीला आफै समाप्त पार्ने कोसिस गरिन् । आत्माहत्याको कोसिससम्म पुग्नुको मुख्य कारण के थियो ? आफूले विवाह गरेको युवकसँगको खटपट । यति ठूलो ख्यातिआर्जन...
गरेकी नायिका एउटा जाबो पारिवारिक खटपट सहन नसकेर आत्महत्याको प्रयाससम्म कसरी पुगिन् ? भन्ने कुरा भने आश्चर्यजनक छ ।
गरेकी नायिका एउटा जाबो पारिवारिक खटपट सहन नसकेर आत्महत्याको प्रयाससम्म कसरी पुगिन् ? भन्ने कुरा भने आश्चर्यजनक छ ।
स्रोतका अनुसार मनिषामाथि दुई तीनवटा कुरामा श्रीमान् सम्राट दाहालले 'टर्चर' दिन थालेका छन् । पहिलो हो, मनिषासँग भएको ठूलो धनराशि । एक जमानामा भारतभरि नै सबैभन्दा बढी कमाइ गर्ने नायिकाको रूपमा मनिषाको नाम थियो । करिब एक दशकसम्म उनले जम्मा गरेको धनराशि निकै ठूलो छ । यो सम्पत्ति आफ्नो नाममा पार्ने प्रयत्नमा सम्राट छन् । तर मनिषा मानिरहेकी छैनन् ।
अर्को कारण हो, सन्तान जन्माउने सम्बन्धमा उत्पन्न विवाद । अहिले मनिषा ४१ वर्ष भइन्, सम्राट ३८ वर्ष । सामान्यतया महिलाले ३५ वर्ष कटेपछि पहिलो सन्तान जन्माउन जोखिम मानिन्छ । त्यो जोखिम उठाउने पक्षमा मनिषा थिइन्, तर श्रीमान् सम्राटको व्यवहारका कारण उनकी आमाले अवरोध सिर्जना गरेको बुझिएको छ । यस विषयलाई लिएर पटक पटक यी दम्पतीबीच भनाभन भइरहेको बताइन्छ ।
तेस्रो कारण हो, राजतन्त्र पुनर्बहाली अभियानमा मनिषा सरिक हुनु । राजतन्त्र पुनर्बहाली अभियान्ताहरूले मनिषामार्फत भारतमा लबिङ गरिरहेको श्रीमान् सम्राटलाई मन परेको छैन । राजतन्त्र पुनर्बहालीकै सिलसिलामा मनिषा पटक पटक भारत जाने गरेकी छन् । सम्राटलाई राजनीतिप्रति चासो भएर उनले अवरोध सिर्जना गरेका भने होइन, उनले त मनिषाको केटाहरूसँगको भेटघाटलाई शंका गरेका छन् । जसका कारण मनिषाले मानसिक मात्र होइन, शारीरिक यातना पनि बेहोर्नुपरेको स्रोतले बताएको छ ।
श्रीमान्को आग्रहलाई सुनुवाइ नै नगरी उनले तीन साताअघि भारतीय दूतावासका दुईजना कर्मचारी र पूर्व शाहज्यादी सिताष्मालगायतलाई बेलुकीको खाना खाने गरी घरमा बोलाइन्, जुन कुरा सम्राटको इच्छा विपरीत थियो । पाहुनाहरू फर्किसकेपछि सम्राट र मनिषाबीच भनाभन भएको समाचार स्रोतले जनाएको छ ।
स्रोतका अनुसार करिब एक महिनाअघिको एक रात १ बोतल वाइन एक्लै घुटुघुटु पिएकी मनिषा घरको भुइँतलाबाट माथिल्लो तलामा गइन् । दास्रो तलाको भयाङमाथि रहेको झल्लरी लाइटको अंकुशेमा पछ्यौराको एउटा फेर बाँधिन् । बारमा अडेसा लगाउँदै पछ्यौराको अर्को छेउले घाँटीमा बाँध्दै थिइन्, बारमा उनको खुट्टा चिप्लियो, उनी लडिन् र सामान्य घाइते भइन् । घाँटीमा पछ्यौराको छेउ बाँधिइसकेपछि बार भाँचिएको भए चाहिँ उनको इहलीला त्यहीँ समाप्त हुने थियो, तर सौभाग्यवश गाँठो पार्न नभ्याउँदै भयाङको बारबाट उनको खुट्टा चिप्लियो, उनी लडेपछि मात्रै परिवारका सदस्यले चाल पाए ।
मनिषाको तत्कालै उपचार भयो, तर पछ्यौरा बाँध्दा लच्किएको झल्लरी लाइटको अंकुश अहिलेसम्म मर्मत गरिएको छैन । ढाड र पातामा चोट लागेर तीन साताको बेड रेस्टपछि मनिषा हिँड्डुल गर्न थालेकी छन् । तर श्रीमान्सँग बस्न भने उनले छाडेकी छन् ।
यी दम्पती बुढानिलकण्ठमा मासिक ७० हजार रुपैयाँ भाडामा एउटा घर लिएर बस्दै आएका थिए । सम्राट अहिले आफ्नै बाबुआमासँग बस्छन् र एउटा बैंकमा सामान्य जागिर खाने गर्छन्, स्रोतले भन्यो । उनीहरूबीच सम्बन्ध विच्छेदको चर्चा चले पनि मनिषाले भने सार्वजनिक गरेकी छैनन् । स्रोत: Solidarity