आगामी बैशाख २२ गते नेपालभरका २ दर्जन बढि हलमा रिलीज हुने चलचित्र फूलको पब्लिसिटी गर्ने क्रममा निर्माता चन्द्र वझा (श्रेष्ठ) आज बिहीबार नेपालगंज आईपुगेका छन् । गत बर्ष तिहार लगत्तै काठमाण्डौ, इलाम र नारायणघाटमा छायाँकन गरीएको चलचित्रमा चन्द्र वझा (श्रेष्ठ), यमनाथ दनै, सुनील श्रेष्ठ र क्रन्दन मास्केको लगानि रहेको छ ।
पश्चिममा कमै मात्र देखिने चलचित्रकर्मीहरू पछिल्लो समयमा भने यस क्षेत्रमा पनि पब्लिसिटी गरि राम्रो व्यवसायको आश राखेको देखिन थालेको छ ।
यति मात्र हैन सुटिङका लागि पनि चलचित्रकर्मीहरूले पश्चिमलाई आफ्नो गन्तव्य
बनाउन थालेका छन् । चलचित्रकर्मीहरू मोफसलमा चलचित्रको सुटिङ तथा प्रचार प्रसार गर्ने क्रममा पश्चिम दाङ, नेपालगंज हुदै महेन्द्रनगरसम्म पुग्न थालेका छन् ।मित्रता सिने मुभिज प्रालिको ब्यानरमा निर्मीत पहिलो चलचित्र फूलका कार्यकारी निर्माता सन्जित कुमार (बब्लु) हुन् । एक दशक बढि चलचित्र बितरकमा लामो अनुभब बटुलेका चन्द्र श्रेष्ठले फिल्मीखबरसँग कुरा गर्दै आफ्नो पहिलो चलचित्र हाँस्यप्रधान र त्रिकोणात्मक प्रेम कथामा आधारित र यो चलचित्रमा धेरै मेहनत गरेकै कारण सफल व्यापार गर्नेमा आशावादी रहेको बताए ।

शिब रेग्मीको निर्देशन, रेखा पौडेलको संगित रहेको चलचित्रमा राजबल्लभ कोइराला, गरिमा पन्त, निरज बराल, राजाराम पौडेल, किरण केसीको मुख्य भुमिका रहेको छ ।