म तीजको ब्रत बस्दिनँ। थाहा पाएदेखि अहिलेसम्म बसेको रेकर्ड छैन। यसोभन्दा मलाई नास्तिक भन्नु पनि गलत हो। मेरो भगवानप्रति गहिरो आस्था छ। बरु साउनका सोमबारको ब्रत बस्छु। साउनको ब्रतबस्दा भने दिनमा एकपटक चोखो र शुद्ध खाना खान्छु। फलफुल तथा जुस पिउछु। तीजको ब्रत भने मलाई राम्रो लागेर पनि कहिल्यै बस्न मन लागेन। सानी हुँदादेखि यौवन उमेरसम्म पनि मलाई तीजमा ब्रत बस्न कसैले कर गर्दा पनि गरेनन्। शुटिङ भएन भने डबिङ, त्यो पनि भएन भने भेटघाट र सिटिङमा मेरा दिनहरू बित्छन्। छवि -निर्माता छविराज ओझा) सँग विवाह भएपछि पनि मैले ब्रत बस्नु परेको छैन र बस्ने मन पनि छैन। भनिन्छ
तीजको ब्रत लोग्नेका लागि बस्नुपर्छ रे। मेरो लोग्ने भने पनि यो क्षेत्रका अभिभावक भने पनि छवि नै हुन्। मैले ब्रत बस्दा मेरो लोग्नेले 'मेरी स्वास्नी तीजको ब्रत बसेकी छिन्, उनले त्यो ब्रत मेरा लागि बसेकी हो' भनेर बुझ्नु पनि त पर्यो। कथंकदाचित म तीजको ब्रत बसेँ भने छवी त 'यो पागल भइछ' भनेर हास्छन् पो होला। मैले अहिलेको मितिसम्म छविको गोडा ढोगेकी छैन। म महिला-पुरुषको अधिकार समान हुन्छ भन्ने कुराको पक्षधर हुँ। त्यसैले म आफू कुनै पुरुषका अगाडि झुक्न वा उसको गोडा ढोग्न सक्दिनँ। फेरि तीजमा कतिपय महिला आफ्नो लोग्नेको गोडा धोएको पानी पिउँछन रे। म त्यसलाई पुरुषले आफू समाजको सबैभन्दा उपल्लो हुँ भनी दर्शाउन परापूर्वकालदेखि बनाएको नियम मान्छु। तीजमा ब्रत बस्दा निराहार र पानी पनि नपिइ बस्नुभन्दा रहेछन्। यो त महिलाप्रतिको अन्याय भएन र ?

ब्रत बस्नु स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो हो। सातामा एकदिन ब्रत बस्न सके राम्रो हो। व्रत बस्ने बहानामा 'बढता' खाने र पिउनेले झन खराब गर्छ। जुस वा फलफूल तथा एक छाक सादा खाना खाएर ब्रत बस्नु राम्रो हुन्छ, तर केही पनि नखाई चौबिस घण्टा ब्रत बस्नु भनेको कुनै पनि पक्षबाट राम्रो हुँदैन र त्यसले अन्त्यमा हानी नै गर्छ। त्यसैले पनि म तीजको व्रत बस्दिनँ।
त्यो दिन महिलाहरू रातो पहिरनमा सजिएर नाच्दै गाउँदै मन्दिरतिर पुगेको देखेकी छु। उनीहरूलाई देख्दा मलाई रमाइलो लाग्छ, तर मैले चलचित्रमा बाहेक व्यावहारिक जीवनमा कहिल्यै सौभाग्यका प्रतिक मानिएका सिन्दुर, पोते, चुरा वा त्यस्ता सामग्री लगाएकी छैन। समाजका लागि उनी श्रीमान् भए पनि वास्तविक जीवनमा अभिभावकसरह भएकाले मलाई त्यस्ता कुरामा कहिल्यै 'प्रेसर' गरिएन। नेपाली दिदीबहिनीह रूले आफ्नो रहर र हैसियत अनुरुप तीज जसरी मनाउन चाहनु हुन्छ, त्यसरी मनाउनु हुन्छ। म भने तीजको रमझमबाट धेरै टाढा छु। सायद यो बर्ष पनि कतै शुटिङमै व्यस्त हुन्छु।