सन् २०११ को मिस नेपालको उपाधि धरानकी मलिना जोशीले जितेकी छिन् । मंगलबार भएको फाइनल प्रतिस्पार्धामा १८ सुन्दरीलाई पछि पार्दै २३ वर्षीया मलिनाले एमबीए विद्यार्थी मलिना जोशी १८ प्रतिस्पर्धीलाई पछि पार्दै यस वर्षको मिस नेपाल विजयी भएकी भएकी हुन् । एमबिए पढ्दै गरेकी २३ वर्षीया नयाँ मिस नेपाल जोशी पूर्वी सहर धरानकी स्थायी बासिन्दा हुन्। उनी ३ वर्षदेखि काठमाडौं बस्दै आएकी थिइन्। मलिनाले आगामी मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्। विज्ञापन क्षेत्रमा करिअर देख्ने मलिना नृत्य, संगीत र मोडलिङमा पनि रुचि राख्छिन्। अनुपमा गुरुङ फस्ट रनरप भइन् भने सकेन्ड रनरअपको...
उपाधि सरिना मास्केले जितिन्। त्यस्तै मिस ब्युटी हेयरको उपाधि अनुपमा गुरुङ, मिस फोटोजेनिक मनिषा विष्ट, मिस ब्युटिफूल स्माइल प्रतीभा श्रेष्ठले जितिन्।
उपाधि सरिना मास्केले जितिन्। त्यस्तै मिस ब्युटी हेयरको उपाधि अनुपमा गुरुङ, मिस फोटोजेनिक मनिषा विष्ट, मिस ब्युटिफूल स्माइल प्रतीभा श्रेष्ठले जितिन्।
मिस पर्सनालिटी नम्रता दाहाल, मिस ब्युटीफूल कम्लेक्सन नीता योगी, मिस ट्यालेन्ट विष्णु चेम्जोङ र मिस पपुलर नेहा पौडेल भएकी छन्।
'आई एम द टप अफ द वल्र्ड' मंगलबार मिस नेपाल घोषित भएपछि सुनसरीकी मलिना जोशीले यसरी खुसी व्यक्त गरिन् ।
मिस नेपालको ताज जितेपछि आफूलाई संसारकै उत्कृष्ट भनेकी उनले त्यसलाई प्रमाणित गर्ने गतिलो मौका एक सातापछि लन्डनस्थित अल्र्स कोर्ट एक्जिविसन सेन्टरमा आयोजना हुने मिस वल्र्डमा पाउने छिन् । १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको ताज जितेकी हुन् । उनले ताजसँगै ५० हजार रुपैयाँ पनि हात पारिन् ।
१२ रुबी जडित चमकदार क्राउनलाई मलिनाले एक वर्षका लागि आफ्नो बनाएकी हुन् । बेलायती डिजाइनर बिल क्राउनले तयार पारेको ताज यो वर्षदेखि रनिङ क्राउनमा बदलिएको छ । हिडन ट्रेजरले बर्सेनि गर्ने मिस नेपालकी उनी १६ औं विजेता बनिन् ।प्रमुख निर्नायक यशोवर्द्धन प्रधानले उत्कृष्ट पाँच प्रतिस्पर्धीलाई सोधेको 'यदि महिलाले मात्र यो विश्वमा राज्य गर्ने अवसर पाए भने सन् १९५० सम्ममा विश्वको स्वरूप कस्तो हुन्थ्यो होला ?' भन्ने प्रश्नमा उनले 'महिलाहरूले मात्र अवसर पाए भने होइन, शासन नै गर्न थालिसके' भन्ने जवाफ दिँदै आफूले पनि त्यसको प्रतिनिधित्व गर्ने बताएकी थिइन् । गतवर्षकी मिस नेपाल सदीक्षा श्रेष्ठले ताज पहिर्याइदिँदा पाँच फिट छ इन्च अग्ली २३ वर्षीया मलिनाले हर्षका आँसु झारिन् । एमबीएमा अध्ययनरत मलिना गतवर्षको मिस एन्जेलमा समेत 'इन्टेलेक्ट टाइटल अवार्ड' हात पार्दै उत्कृष्ट पाँचमा पुगेकी थिइन् ।
पौने तीन घन्टासम्म चलेको प्रतियोगितामा चितवनकी अनुपमा औरा गुरुङ फस्ट रनरअप बनिन् । ताजसहित ३५ हजार रुपैयाँ विजेता उनले नोभेम्बर १२ मा थाइल्यान्डमा हुने मिस अर्थमा प्रतिनिधित्व गर्नेछिन् । चितवनकै सरिना मास्केले सेकेन्ड रनरअप हुँदै २५ हजार रुपैयाँ हात पारिन् । यसै वर्षदेखि थपिएको थर्ड रनरअप र फोर्थ रनरअपमा क्रमशः भक्तपुरकी मनीषा विष्ट र वीरगन्जकी नेहा पौडेल चुनिए । नेहाले दर्शक मतका आधारमा पपुलर च्वाइस अवार्ड पनि हात पारिन् ।
उत्कृष्ट पाँचमा पुगेका सुन्दरीलाई यस पटक आयोजकले पाँचै अवार्ड दिएपछि अन्तिममा बाँकी रहेको मिस नेपाल विजेता घोषणाअघि नै 'ओपन सेक्रेट' बनेको थियो ।
















Nepalese Rupee Converter
