अघिल्लो शुक्रवार एकै पटक ४ वटा नयाँ नेपाली फिल्म रिलिज भएको नेपालमा यो शुक्रवार एउटा पनि नयाँ फिल्म रिलिज नहुने भएको छ । संयोज कस्तो परेको छ भने, बलिउडमा पनि यो शुक्रवार कुनै पनि नयाँ फिल्म रिलिज नहुने भएका छन् । यसबाट अघिल्लो शुक्रवार नै रिलिज भएका ४ वटा नेपाली फिल्मलाई फाइदा पुग्ने भएको छ । यसको सोझो फाइदा एनबि महर्जनको निर्देशनमा बनेको पहिलो फिल्म ‘बजार’ तथा नयाँ निर्देशक निश्चल बस्नेतको फिल्म ‘लूट’ लाई भएको छ । काठमाडौंमा लूटले राम्रो व्यापार गरिरहेको छ भने ‘बजार’ ले पनि आफ्नो बजार तताइरहेको छ । अझै एक हप्ता सम्म यी फिल्म सिनेमा हलमा प्रदर्शन भैरहने भएपछि...
निर्माताहरु लाभान्वित हुने भएका हुन् । काठमाडौं बाहिर मात्र रिलिज गरिएको ‘सडक’ लाई पनि यसले फाइदा पुर्याएको छ । पहिलो पटक नायक अर्जुन कार्कीले शसक्त भूमिका निर्वाह गरेको फिल्म ‘बजार’ को बजारबाट यसका निर्माता मधुकुमार श्रेष्ठ सन्तुष्ठ छन् ।
निर्माताहरु लाभान्वित हुने भएका हुन् । काठमाडौं बाहिर मात्र रिलिज गरिएको ‘सडक’ लाई पनि यसले फाइदा पुर्याएको छ । पहिलो पटक नायक अर्जुन कार्कीले शसक्त भूमिका निर्वाह गरेको फिल्म ‘बजार’ को बजारबाट यसका निर्माता मधुकुमार श्रेष्ठ सन्तुष्ठ छन् ।
‘बजार’ मा समाजको वास्तविकतालाई हुबहु चित्रण गरिएको छ । बजारको प्राविधिक पक्ष पनि सबल मानिएको छ । यो फिल्ममा मानिसका असीमित सपना तथा आवश्यकताहरू पूरा गर्न मानिसले नराम्रो बाटो समात्न सक्छ भन्ने कुरालाई पनि सन्देशका रूपमा प्रस्तुत गरिएको छ। फिल्ममा राजेश हमालले रमेश खरेलको भूमिका निर्वाह गरेका छन्। बजारमा राजेश हमाल, अर्जुन कार्की, जयकिशन बस्नेत, अरुणिमा लम्साल, मिथिला शर्मा, दिनेश डिसी, सुशील पोखरेल, हेमन्त बुढाथोकी, नागेन्द्र रिजाल, दिपक क्षेत्री आदि कलाकारको महत्वपूर्ण मुख्य भूमिका छ। चलचित्रको कथा ब्रजेश खनालले लेखेका हुन् भने यसमा वसन्त सापकोटा र बिनोद खम्बुको संगीत छ ।
युवापुस्ताका दर्शकले मन पराएको ‘लूट’ ले भने मल्टिप्लेक्सहरुमा राम्रो व्यापार गरिरहेको छ । माधव वाग्ले तथा नगेन्द्र महर्जनले निर्माण गरेको यो फिल्ममा अधिकांश कलाकार नयाँ छन् । सौगात मल्ल, महेश शाक्य, दयाहाङ राई, ऋचा शर्मा आदि कलाकारले यो फिल्ममा मुख्य भूमिका निर्वाह गरेका छन् ।














Nepalese Rupee Converter
