विश्व सर्च इन्जिन गुगलले ‘टिन एज’मा प्रवेश गर्‍यो

११ असोज-विश्वको सर्वाधित चलनचल्तीको सर्च इन्जिन गुगल मंगलबार ‘टिन एज’मा प्रवेश गरेको छ । १३ औं वर्ष प्रवेशको उत्सव मनाउँदै गरेको गुगलले आफ्नो होमपेजमै जन्मदिनको ‘डुडल’ राखेको छ ।ल्यारी पेज र सर्जे ब्रिनले चार वटा कम्प्युटरका साथमा सन् १९९८ मा सुरु गरेको गुगल इंक अहिले सफलताको सर्वोच्च शिखरमा छ । त्यतिबेला उनीहरूले १ लाख डलर दाउमा राखेका थिए, यो विश्वासका साथ कि इन्टरनेट सर्च इन्जिले विश्व बदल्न सक्छ । अहिले त्यो लगानी बढेर खर्बमा पुगेको छ । पछिल्लो तथ्यांकअनुसार यसको खुद सम्पत्ति १ खर्ब ९० अर्ब डलर छ ।१९९८ सेप्टेम्बर ४ मा ल्यारी र सर्जेले गुगललाई इन्कर्पोरेसन...

मा दर्ता गरेका थिए भने गुगल.कम डोमेन सेप्टेम्बर १५ मा दर्ता भएको थियो । तर, उनीहरूले औपचारिक जन्मदिन सेप्टेम्बर २७ तारिखमा मनाउँछन् ।
ल्यारी र सर्जेले स्ट्यानफोर्ड विश्वविद्यालयमा पीएचडी गर्दा गुगलको जन्म भएको हो । त्यतिबेला उनीहरूलाई ‘गुगल गाइज’ भनिन्थ्यो । गुगल इंकले सन् २००४ मा पहिलो पटक सेयर खुला गरेको हो । त्यसलगत्तै एरिक स्केमिड्ट पनि यो टिममा थपिए र सन् २०२४ सम्म सँगै काम गर्ने अठोट लिए । अहिले मुख्यालय रहेको क्यालिफोर्नियाको माउन्टेन भ्युमा कम्पनी २००६ मा सरेको हो ।
‘टिन एज’मा प्रवेश गरेको गुगलले पछिल्लो समय सामाजिक सञ्जालको हस्ती फेसबुकसँग सबैभन्दा बढी प्रतिस्पर्धा गर्दैछ । ओर्कुटदेखि सामाजिक सञ्जालमा छिरेको गुगलले त्यसपछि ल्याएका ‘वेभ’ ‘बज’ कुनै चलेनन् । हालसालै विभिन्न सामाजिक सञ्जालको मिश्रणजस्तो देखिने ‘गुगल प्लस’ ल्याएपछि भने ऊ फेसबुकको सच्चा प्रतिस्पर्धी बनेको हो । अहिले फेसबुकले नयाँ–नयाँ विशेषता थप गर्दै लगेपछि गुगल चिन्तित छ ।गुगल अहिले त्यस्तो ठाउँमा छ, जसले इन्टरनेटमा को सफल हुन्छ र को पत्तासाफ हुन्छ भन्ने भविष्यवाणी गर्न सक्छ । इन्टरनेटको संसारमा गुगल ‘किंगमेकर’ भएको छ ।
गुगल अहिले सर्च इन्जिनमा मात्रै सीमित छैन । इमेल (जिमेल), विज्ञापन (एड्सेन्स), मोबाइल अपरेटिङ सिस्टम (एन्ड्रोइड), इन्टरनेट ब्राउजर (गुगल क्रोम), फोटो संग्रह (पिकासा वेब), भिडियो (यूट्युब), कम्पयुटर अपरेटिङ सिस्टम (क्रोम ओएस) लगायतका बहुआयामिक क्षेत्रमा विस्तार भइसकेको गुगलको अर्को आकर्षक ‘प्रडक्ट’ गुगल अर्थ हो । विश्वभरका ठाउँ ग्लोबमै जस्ताको तस्तै देखाउने गुगल अर्थ प्रयोग गर्नेहरूको संख्या गनिसाध्य छैन ।
गुगलले विश्वभर रहेका आफ्ना डेटा सेन्टरमा १० लाखभन्दा बढी सर्भर राखेको छ । प्रत्येक दिन करिब १ अर्ब वटा ‘सर्च रिक्वेस्ट’ आउँछन् यसमा । विकिपिडियाका अनुसार एक दिनमा करिब २४ पेटाबाइट (१ पेटाबाइट . १०२४ टेराबाइट) डेटा चलाइन्छ, गुगलबाट ।
वेबसाइट सूचीकरण गर्ने साइट एलेक्साका अनुसार गुगल विश्वमा सबैभन्दा बढी खोलिने साइट हो, जसलाई फेसबुकले पछ्याइरहेको छ । तेस्रो नम्बरमा गुगलकै यूट्युब छ । चौथो नम्बरमा याहु छ भने सातौंमा गुगलकै ‘प्रडक्ट’ ब्लगर.कम छ ।
पछिल्लो समय गोपनीयता, कपीराइट र सुरक्षालाई लिएर गुगलको आलोचना हुँदै आएको छ । 

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel